ब्रेकिङ न्यूज

हाम्रो-बारेमा

 

दिपेन्द्र सारु मगर

          दिपेन्द्र सारु मगर
       ( CEO Founder )

बिहानी अनलाईनको परिचय ,
पृष्ठ भूमि :
बिहानी अनलाईन डटकम समुदाय स्तरबाट देश विदेशमा छरिएर रहेका सम्पुर्ण नेपाली माझ यहि २०७३ साउन ३० गते आईतबार देखि अविराम देश विदेशमा घटेका घट्नाको सत्य तत्थ्य सूचनाका बारेमा जानकारी दिनको लागि यो बिहानी अनलाईन डटकम खोलिएको कुरा सबैलाई जानकारी गराउन चाहान्छु । यस बिहानी अनलाईन डटकमले तपाई समक्ष पुर्याउने समाचारका मुख्य कुराहरु तल प्रस्तुत गरिएको छ ।

हामी तपाईलाई यस अनलाईनबाट तपाईका समाजमा घटेका अप्रिय राम्रा नराम्रा घटनालाई सत्य तथ्य छान बिनको आधारमा निश्पक्ष ढङ्गबाट लेख्नेछौ । साथै यति मात्र नभएर देश विदेशमा घटेने घट्नको विस्तृत जानकारी, साथै राजनीतीक घटना क्रमका समाचार , मनोरञ्जनका सामाचार , स्वास्थ्य क्षेत्रका समाचार,यहाँका पर्यटकिय समाचार, शिक्षा क्षेत्रका समाचार, कृषि समाचार, वन सम्बन्धी समाचार,बेरोजगारिका समाचार, वृद्ध,वृद्धाका बारेमा समाचार ,बालबालीका समाचार,यौन हिंसा दुराचारका समाचार,देश विकाशका समाचार,वातावरण सम्बनधी समाचार,वैदिशकि हस्तक्षेप सम्बन्धीका समाचार, खेलकुदका समाचार,दैविक प्रकोप, जस्ता अन्य खबरहरु पनि यस अनलाईनमा राखिने बारे तपाई सबैलाई अवगत गराउन चाहान्छु । यी कुरा भनरिहँदा हामीलाई  खुसी लागिरहेको छ । खुशी यो मानेमा लागिरहेको छ कि त्यो खुशीमा तपाई पनि उक्तिकै हकदार हुनुहुन्छ र हामी तपाईको निरन्तर योगदान प्रति आभारी पनि छौं । देश विदेशका समाचारलाई घरमै या भनौ जहाँसुकै जस्तो अबस्थामा रहँदा पनि अब एकै साथ मोबाईल,ट्याब,ल्यापटप,कम्प्युटरमा हेर्न र पढ्न मिल्ने गरि सेवा सुविधाको डिजिटल अनलाईन सुचना प्रविधी हात हातमा ल्याई पुर्याएका छौ ।  त्यसै सन्दर्भमा तपाईले यस बिहानी अनलाईन डटकम बाट ताजा समाचार स्वस्फूर्त रुपमा पढ्न पाउनु हुनेछ भन्ने अपेक्षा गरेका छौ । तत्पश्चात बिहानी अनलाईन यहाँहरुकै निम्ती संचालन गरिएको छ ।

यहाँको प्रतिष्ठानबाट जारी गर्नुपर्ने सूचना, विज्ञापन,गाँउ,ठाँउ लगायतको जानकारीका लागि एउटा ऐतिहासिक पृष्ठभूमि बोकेको यस बिहानी अनलाईन डटकम सँग हातेमालो गर्नु हुनेमा विश्वास छ । यसले तपाई हाम्रो सम्बन्धलाई बलियो त बनाउनेछ आम नेपालीहरु सञ्चारको आत्याधुनिक माध्यम टेलीभीजनको पहुँचमा छैनन् । अनि पत्रपत्रिका धेरै नेपालीहरुले किनेर पढ्ने समाथ्र्य राख्दैनन् । तसर्थ अहीले नेपालीका लागी शहर देखी ग्रामिण भेग सम्म आम नेपालीका आगन, खेतबारी र बारी कान्ला सम्ममा पुग्ने भनेको नै मोबाईल,ईन्टरनेट प्रविधी सबै भन्दा सरल सहज र सजिलो माध्यम बनेको छ । यस कारण जनचेतनाको अभियान चलाउन अहीले सबै भन्दा उपयुक्त माध्यम पनि अनलाईन सेवा नै हो भन्दा कसैको दुई मत नहोला ।

यही यर्थाथ लाई मध्यनजर राख्दै बिहानी अनलाईन डटकम बाट देश बिदेशका तजा समाचार अझै यथासक्य चाँडो तथस्थ ,अथार्त शसक्त रुपमा अगाडी बढाउने उद्देश्यका साथ खोलीएको फेरी पनि विधिवत रुपमा जानकारी गराउन चाहान्छु। यो कुरालाई हार्दिकता पूर्वक ग्रहण गरी एउटा ऐतिहासिक पृष्ठभूमि बोकेको बिहानी अनलाईन संग हातेमालो गर्नु हुनेमा विश्वास छ । यससँगै नयाँ जोशका साथ हाम्रो सम्बन्ध स्थापित हुनेमा विश्वास लिँदै निरन्तर सहयोग, सद्भावको अपेक्षाका साथ,तपाईलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । यो बिहानी अनलाईन डटकम बाट तपाईको हित प्रर्वद्धनमा उल्लेख्य सहयोग त पुग्छनै, यसले सामुदायीक स्तर र व्यक्ती विशेषलाई प्रोत्साहन त गर्छ नै त्यो प्रोत्साहनलाई योगदानका रुपमा उच्च मुल्याँकन गदै निरन्तर यहाँहरुको सेवामा तत्पर रहने कुरा विश्वास दिलाउन चाहन्छु । साथै बिहानी अनलाईन लाई हेर्नुहुने सबै पाठक वर्ग प्रती हर्दिक कृतज्ञता धन्यवाद अर्पण गर्दछु ।

                                 धन्यवाद ।।जय बिहानी अनलाईन डट.कम ।।  

                 BIHANI ONLINE TEAM

सम्पादक

सम्पादक :- एस.बि. साउँद,काठमाण्डौं, नेपाल 

सह -सम्पादक :-

सह -सम्पादक :-

सह -सम्पादक :-

सल्लाहाकार

रञ्जीता ढकाल थापा

रञ्जीता ढकाल थापा नेपालगंज ५ बाँके
   सल्लाहाकार

संवाददाता

14517518_1174198602618208_4071893226224326190_n

ईन्द्र कार्की भिमदत्त नगरपालिका
मतेना ९ कञ्चनपुर संवाददाता

14484892_525481034321088_8381882266773366699_n

रोशन घर्ती काभ्रे ३ जुम्लेपानी   दाङ
संवाददाता

14798847_318817625148956_877217427_n

सिर्जना बर्देवा
राखाबङ्देल खोटाङ
संवाददाता

 

 

© 2016 -2017 @ bihanionline.com. Powered By Deependra saru magar