बग्दादको उर्जा केन्द्रमा आत्मघाती आक्रमण

काठमाडौं, भदौ १८- इराकको बग्दादस्थित एक उर्जा केन्द्रमा आत्मघाती आक्रमण आक्रमण हुँदा सात जनाको मृत्यु भएको छ ।इराकी सुरक्षाबलको पोशाकमा आएका आत्मघाती आक्रमणकारीहरुले ऊर्जा केन्द्रमा आक्रमण गरेका हुन् । सैनिक पोशाक र ग्रिनेडसहितको सशस्त्र हतियारधारी तीन जनाले गरेको आक्रमणमा परी सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य १२ घाइते भएको इराकी अधिकारीहरुले जनाएका छन् । राजधानी […]

वाणिज्य दूतावास बन्द गर्न अमेरिकाको रुसलाई आदेश

एजेन्सी,भदौं,१६- अमेरिकाले रुसलाई सान फ्रान्सिस्कोस्थित उसको वाणिज्य दूतावास बन्द गर्न आदेश दिएको छ ।रुसको अनुचित कारवाहीको जवाफस्वरुप भन्दै अमेरिकी सरकारले शनिबारसम्ममा न्यूयोर्क र वासिंटनमा रहेका वाणिज्य दूतावास र संलग्न कार्यालयहरु बन्द आदेश दिएको हो । यसैगरी व्यापारिक अरु दुई मिशन पनि बन्द गर्न अमेरिकाले रुसलाई भनेको छ । गत महिना रुसले उसको देशमा रहेका अमेरिकी […]

उत्तर कोरियामाथि कारबाहीको विकल्प नरहेको ट्रम्पको चेतावनी

काठमाडौं, भदौ १५- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामाथि कारबाहीको विकल्प नरहेको बताउनु भएको छ ।राष्ट्रपति ट्रम्पले ट्वीटमार्फत् उत्तर कोरियाको सैन्य अभियानको समाधान अब वार्ताबाट खोज्न नसकिने बताउनु भएको हो । उहाँले उत्तर कोरियाको मिसाइल कार्यक्रमका कारण उत्पन्न परिस्थितिको समाधान वार्ताबाट हुने नदेखिएको स्पष्ट पार्दै अब कारबाहीको विकल्प नरहेको बताउनुभयो  । आफूहरुले विगत २५ वर्षदेखि […]

क्षेप्यास्त्र प्रहार लगत्तै उत्तर कोरियाको सीमानजिकै ८ ओटा बम खसाईयो

एजेन्सी,भादौ,३०- उत्तर कोरियाले जापानी आकाश हुँदै समुद्रमा क्षेप्यास्त्र प्रहार गरेपछि त्यसको प्रतिक्रियास्वरुप दक्षिण कोरियाले सीमाक्षेत्रमा ८ ओटा बम खसाएको छ । उत्तर कोरियाले मंगलबार बिहान ६ बजे मध्यम दूरीको क्षेप्यास्त्र परीक्षण गरेको घण्टाभरमै दक्षिणले सो बम खसाएको हो। दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले चार ओटा एफ–१५के लडाकु विमानबाट ८ ओटा एमके ८४ बम खसाइएको जनाएको छ […]

उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गर्यो

काठमाडौं, भदौ १३/  उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको छ । यस पटक उत्तर कोरियाले प्रहार गरेको मिसाइल जापानको उत्तरी क्षेत्रमाथिबाट गएर समुद्रमा खसेको छ । आज बिहान उत्तर कोरियाले जापानको जमिन माथिबाट जाने गरी मिसाइल प्रहार गरेको हो । सुरक्षात्मक चुनौतीका कारण जापानले मिसाइल ध्वस्त पार्नका लागि केही प्रयास नगरेको पनि अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् […]

अधिकारीद्वारा एनआरएन सदस्यमा उम्मेदवारी

दिनेश खड्का / मलेसिया,भदौ,७-  सुदुरपश्चिम सेवा समाज मलेसियाका सचिव एंव चर्चित उद्घोषक अधिकारीद्वारा एनआरएन सदस्यमा उम्मेदवारी मनोनयन दर्ता मलेसिया भदौ ६। सुदुरपश्चिम एबं सात नम्बर प्रदेश अछाम पन्चदेवल नगरपालिका घर भई हाल केहि बर्ष देखि मलेसियामा कार्यरत चर्चित उद्घोषक गणेश अधिकारिले गैर आवासिय नेपाली संघ मलेसियाकोको आउँदो २०१७–२०१९ कार्यकालका एनआरएन मलेसियाको केन्द्रीय सदस्यका लागि उम्मेदवारी […]

गैरआवासीय नेपाली संघ मलेसियाको युवा संयोजक पदमा सिंहको उम्मेदवारी

मलेसिया,भदौ,६- सुदुरपश्चिम सेवा समाज मलेसियाका संरक्षक ज्ञानेन्द्र बहादुर सिंहले गैरआवासीय नेपाली संघ मलेसियाको युवा संयोजक पदमा मनोनयन दर्ता गराएका छन । नयाँ नेतृत्वको निर्वाचनका लागि युवा संयोजकमा पदमा उम्मेदवार एक महिना अघि घोषणा गरेका थिए। मलेसियामै गठित सुदुरपश्चिम सेवा समाजका बिभिन्न जिम्बेवारी पदमा रही कार्यकाल सकुसल निर्बाह गरिसकेका सिङले एनआरएन २०११-१५ केन्द्रीय सदस्य समेत रहेका […]

अमेरिकी जलसेनाको पानीजहाज दुर्घटनाग्रस्त

एजेन्सी,भदौं,५- अमेरिकी जलसेनाको पानीजहाज सिंगापुरको समुद्री क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । अमेरिकी जलसेनाको पानीजहाज अर्को व्यापारिक पानीजहाजसँग समुद्री क्षेत्रमा ठोक्किएको भन्दै खोज तथा उद्दार कार्य अघि बढिरहेको बताएको छ । क्षेप्यास्त्र नष्ट गर्ने क्षमताको ’यूएसएस जोन मक्केन’ लाइबेरियाको झण्डा रहेको अर्को पानीजहाजसँग ठोक्किदा क्षतिग्रस्त भएको बताइएको छ । अमेरिकी जल सेनाले खोज तथा उद्दार कार्य […]

जनसम्पर्क समिती क्यूस्यु फुकुओकाको क्षेत्रीय अधिवेशन हुने

 मिलन मगर/ जापान,भाद्र,१- जनसम्पर्क समिती क्यूस्यु फुकुओकाको क्षेत्रीय अधिवेशन हुने भएको छ । अधिवेशनको लागी उम्मेदवारी मनोनयन दर्ता अगष्ट १९ तारीखमा हुँदैछ । मनोनयन दर्ताका लागि  भोली किनयोबि (शुक्रबार )बिहान १० देखि १२ बजेसम्म समय तोकिएको छ ।मनोनयन दर्तासँगै चुनावी कार्यक्रम सुरु हुनेछ ।  मनोनयन दर्ताका बेला उम्मेदवारले उम्मेदवारी दिन खोजेको पदअनुसारको तोकिएको धरौटी रकम र आवश्यक […]

नेपाल आदिवासी जनजाति महासंघ जापानको क्युसु क्षेत्रमा क्षेत्रिय कमिटी गठन हुने

मिलन मगर/ जापान,साउन,३२- नेपाल आदिवासी जनजाति महासंघले जापानको क्युसु क्षेत्रमा क्षेत्रिय कमिटी गठन गर्ने भएको छ । सबै जनजातिहरुलाई एक ठाँउमा गोलबद्व गराउने साझा, छाता संगठनको रुपमा रहेको संस्था नेपाल आदिवासी जनजाती महासंघको क्षेत्रिय कमिटी जापानको क्युसु क्षेत्रमा गठन गर्न लागेको हो ।  यहि अगष्ट १४ तारिखका दिन फ़ुकुओका क्षेत्रमा बसोबास गर्दै आईरहनु भएका हस्त लामाको अध्यक्षतामा बसेको बैठकले नेपाल […]