देशभरका दुईसय कलेजमा आज स्ववियु निर्बाचन हुँदै, ठूला क्याम्पसमा भने तालाबन्दी

काठमाडौं, फागुन १८- विद्यार्थी संगठनहरुकै विवादका कारण आजका लागि तोकिएको स्ववियु निर्वाचन जम्मा ४० प्रतिशत कलेजमा मात्र हुँदैछ ।त्रिभुवन विश्वविद्यालयअन्तर्गतका करीब दुई सय कलेजमा मात्र चुनाव हुनेछ भने बाँकी कलेजमा चुनाव नहुने भएको हो ।तोकिएको समयमा ४० प्रतिशत क्याम्पसमा मात्र उम्मेदवारी मनोनयन भएकाले ती क्याम्पसमा मात्र आज मतदान गरिनेछ । जसअनुसार ६० वटा आंगिकमध्ये विवाद […]

यो चुनाव मेरो मात्र होइन, राष्ट्रकै परीक्षा हो : प्रधानमन्त्री

काठमाण्डौं,फागुन १७-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसमा देखिएको असन्तुष्टी संवोधन गर्न संविधान संशोधन गर्ने विश्वास दिलाउँदै निर्वाचनमा सहभागी हुन अपिल गर्नु भएको छ । आज राष्ट्रवासीलाई संबोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मधेसको असन्तोष मत पत्रमार्फत ब्यक्त गर्न आग्रह गर्नुभयो । २० वर्षदेखि हुन नसकेको स्थानीय निर्वाचन घोषणा गर्दा आफूलाई संशय भन्दा गौरवबोध भएको भन्दै प्रधानमन्त्री प्रचण्डले यो […]

नलगाड क्याम्पसमा राजन रानाको नेतृत्वमा निर्विरोध स्ववियु गठन

जाजरकोट,फागुन १७-माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले नलगाड बहुमुखी क्याम्पस दल्ली जाजरकोट क्यम्पसमा स्ववियुमा विजय हासिल गरेको छ। नलगाड क्याम्पसमा राजन रानाको नेतृत्वमा निर्विरोध स्ववियु गठन भएको क्रान्तिकारीका सचिव खेम बहादुर सिंहले जानकारी दिए। उपाध्यक्षमा रणबहादुर परियार, सचिवमा जनम पुन, सहसचिवमा लोकेन्द्र खड्का, कोषाध्यक्षमा रविन्द्र ओली निर्वा्चित भएका छन्। सदस्यहरुमा दीपक पुन, पुर्णीमा पुन, […]

स्थानीय निर्वाचन स् १ करोड ४० लाख मतदाता, २१ हजार केन्द्र तोक्ने तयारी

काठमाडौं,फागुन १७- स्थानीय तह निर्वाचनका लागि देशभर २१ हजार मतदान केन्द्र हुनसक्ने निर्वाचन आयोगले जनाएको छ। मतदाताको संख्या बढेको र निर्वाचन हुने स्थान समेत हेरफेर हुने भएकाले २१ हजार मतदान केन्द्र हुनसक्ने आयोगको अनुमान छ। सरकाले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन कार्यान्वयन नगर्दा निर्वाचन हुने स्थान निर्क्यौल हुन सकेको छैन। जसले गर्दा आयोगलाई मतदान केन्द्र […]

जुम्लाको सिंजा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा खत्री

जुम्ला, फागुन १७- जुम्लाको सिंजा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अमरसिंह खत्री चयन हुनुभएको छ । नेपाल विद्यार्थी संघका खत्री सर्वसम्मत सभापतिमा चयन हुनुभएको हो ।उपाध्यक्षमा नेपाल क्रान्तिकारी विद्यार्थी संघका रवि बडुवाल र सचिवमा अखिल क्रान्तिकारीका तिर्थ तिरुवा चयन हुनुभएको छ । यसैगरी कोषाध्यक्षमा सविता आचार्य, सहसचिवमा भुपिनन्द जैसी  तथा सदस्यमा धनमान रोकाय र गोविन्द रोकाया […]

मनोनयन दर्ता भएका २२ क्याम्पसमा चुनाव हुन्छ : शिक्षाध्यक्ष सुधा त्रिपाठी

काठमाडौं,फागुन, १७ -शिक्षाध्यक्ष डा. सुधा त्रिपाठीले स्ववियु चुनाव स्थगित नहुने बताउनु भएको छ । त्रिवि अन्तरगत ६० आंगिक क्याम्पसमध्ये २२ वटामा मात्रै मनोनयन दर्ता भएका छन् । र, ती क्याम्पसहरुमा भोली बुधबार स्ववियु चुनाव हुन्छ । आइतबारसम्म २४ वटा क्याम्पसमा मनोनयन दर्ता भएकोमा गोरखा क्याम्पस र काठमाडौंको जनप्रशासनमा तालाबन्दी भएको छ । यसले गर्दा २२ […]

अवरोधका कारण ६० प्रतिशत क्याम्पसमा स्ववियु चुनाव नहुने

काठमाडौं, फागुन १७-  विद्यार्थी संगठनहरुकै विवादका कारण फागुन १८ मा निर्धारित स्ववियु निर्वाचन धेरैजसो क्याम्पसमा नहुने भएको छ ।त्रिभुवन विश्वविद्यालयका अनुसार अब फागुन १८ मा जम्मा ४० प्रतिशत क्याम्पसमा मात्र स्ववियु चुनाव हुनसक्ने भएको छ ।तोकिएको समयमा ४० प्रतिशत क्याम्पसमा मात्र उम्मेदवारी मनोनयन भएकाले अब ती क्याम्पसहरुमा मात्र चुनाव हुने भएको हो । सत्तारूढ कांग्रेसनिकट […]

पिडितलाई न्याय दिलाउने पुनरुत्थान पार्टीको प्रतीवद्धता

मधुपौडेल, बाँके,फाल्गुन १७-सर्वोच्च अदालतको २०६२ बैशाख ८ र २०६८ चैत्र २० मा स्थानीय तहमा समेत दैविक प्रकोप उद्धार समितिको गठन गर्न ,जिल्ला भु संरक्षण समिति गठन गर्न, संरक्षित जलाधार क्षेत्र घोषण गर्न ,नदी कटान जमिनको क्षतिपुर्ति उपलव्ध गराउन परमादेश÷निर्दैशनात्मक आदेश दिए पनि सरकारले उक्त आदेशको पालन नगरेको भन्दै पुनरुत्थान पार्टीै नेपालका एक भेलामा  आएका सहभागीले […]

नेपाल साँस्कृतीक संघ जिल्ला बाँकेको समिक्षा बैठक सम्पन्न

बाँके,फागुन १६-नेपाल साँस्कृतीक संघ जिल्ला बाँकेको आज समिक्षा बैठक सम्पन्न भएको छ । सभापती सन्तोष राज पौडेलको सभापतित्वमा नेपालगंजको न्यु वाईन डाईन कटेज रेष्टुरेन्टमा बसेको बैठकले नेपाल साँस्कृतीक संघको केन्द्रिय अधिवेशनमा सहभागी हुँदा गरिएको क्रियाकलाप सम्बन्धी छलफल गरेको हो । नेपाल साँस्कृतीक संघको केन्द्रिय अधिवेशनमा निकालीएको र्यालीमा बाँकेबाट सहभागी भएका कलाकारहरु सफल भएको र यहाँका कलाकारहरुले […]

मेरो सपनामा दलित समुदायको साथ रह्यो : प्रधानमन्त्री दाहाल

काठमाडौं, फागुन १६-  प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सपनामा दलित समुदायको साथ रहेको बताउनु भएको छ । आज बिहान विश्व दलित संगठनका प्रतिनिधिहरुको भेटमा प्रधानमन्त्री दाहालले भने, ‘दलित समुदाय राज्यबाट सबै हिसाबले उत्पीडनमा पारिएको समुदाय हो । राजतन्त्र र एकात्मक सत्ताले दलितहरुलाई विभेद गर्‍यो, हामीले त्यसका विरुद्ध संघर्ष गर्‍यौं । सबै जाति, क्षेत्र, वर्ग, लिंग र […]