सत्तारुढ दलकै सांसदद्वारा संविधान संशोधन विधेयकमाथि संशोधन प्रस्ताव दर्ता

काठमाडौं, फागुन १५ – सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकमाथि सत्तारूढ दलकै सांसदहरूले संशोधन दर्ता गराएका छन् ।पाँच नम्बर प्रदेश विभाजन गर्ने संशोधन विरुद्ध उभिदै आएका नेपाली कांग्रेसका तीन जना र माओवादी केन्द्रका एक जना सांसदले संशोधन हालेका हुन् । कांग्रेस सांसदहरू चन्द्र भण्डारी, धनराज गुरूङ र अमरसिंह पुन तथा माओवादी केन्द्रका टोपबहादुर रायामाझीले […]

विद्यालयको दौरा सुरुवाल र गुन्यु चोली हुनुपर्छ : सांसद अब्दुल

मधुपौडेल , बाँके,फागुन १५-अव विद्यालयको दौरा सुरुवाल र गुन्यु चोली हुनु पर्दछ भन्ने कुराको उदघोष माननिय सांसद अब्दुल हमित सिद्धिकी (भोला सिद्धकी)ले बताउनु भएको छ ।नेपालगंजको गोल्डेन एविसीको  वार्षिक उत्सवमा  सिद्धिकीले उक्त कुराको उदघोष गर्नु भएको हो । माननिय सिद्धिकीले अहिले हरेक विद्यालयमा नेपाली भन्दा फरक खालको पोसाकको कारणले नेपालीको पहिचान हराउदै गएमा आफु सबै […]

पत्रकार महासंघ बाँकेमा मुस्लिम पत्रकारको उत्साहजन प्रतिनिधित्व कादरी र खान भारी मतले विजय

सिमा खान बाँके,फागुन १५-  नेपाल पत्रकार महासंघको जारी निर्वाचनबाट मुस्लिम बहुल जिल्लामा मुस्लिम पत्रकारको प्रतिनिधित्व उत्साहजनक रहेको देखिएको छ । अहिलेसम्म आएको परिणामअनुसार महासंघको केन्द्रीय पार्षद, प्रदेश पार्षद, जिल्ला नेतृत्वदेखि पदाधिकारी र सदस्यसम्म मुस्लिम पत्रकारको सहभागिता राम्रो देखिएको छ । आलम खान प्राप्त मत १६१ प्रतिद्धन्दी रुबी साईले प्राप्त मत ८८ यसअघि कास्की जिल्लामा भएको […]

दलित समुदायका सांसद र अधिकारकर्मीको अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि

काठमाडौं, फागुन १४ – दलित समुदायका सांसद र अधिकारकर्मीको अन्तर्राष्ट्रिय सम्मेलन शनिबारदेखि ललितपुरमा सुरु हुँदैछ ।जात र कामका आधारमा गरिने भेदभाव विरुद्ध संसदमा आवाज उठाउने विषयमा केन्द्रित रहने सम्मेलनमा दलित समुदायका महिलाको आर्थिक अवस्था र पहुँच, लैंगिक समानता, न्याय, अधिकार तथा विपद व्यवस्थापनमा समान पहुँच लगायतका विषयमा छलफल र निर्णय गरिने आयोजक दलित सम्बन्धी अन्तर्राष्ट्रिय […]

स्ववियु चुनावको उम्मेदवारी दर्ता आज, मिनभवनमा आगजनी, त्रिचन्द्रमा ताला

काठमाडौं,फागुन,१४- आठ वर्ष पछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनमा आज उम्मेदवारहरुले उम्मेदवारी दर्ता गर्दैछन् । संशोधित कार्यतालिका अनुसार शनिबार सार्बजनिक विदा भए पनि स्ववियु चुनाव हुने काठमाडौं उपत्यकासहित देशभरका क्याम्पसहरुमा उम्मेदवारी दर्ताको कार्यक्रम राखिएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, आंगिक र नेपाल सँस्कृत विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा फागुन १८ गते स्ववियु निर्वाचन हुँदैछ […]

आजदेखि ३ दिन सीमा नाका बन्द

बाँके,फागुन ,१४-भारतको उत्तर प्रदेशमा फागुन १६ गते हुन लागेको विधान सभा २०१७ लाई मध्यनजर गरि नेपाल भारत सीमा नाका ३ दिनका लागि बन्द हुने भएको छ । भारतको बहराईच र श्रावस्तमा निर्वाचन हुनेभ भएकोले २४ घण्टा अघि नाका सिल गर्न लागिएको सूचना बाँके प्रशासनले जारी गरेको छ । फागुन १४ गते विहान ७ बजेदेखि फागुन […]

राप्रपाले संशोधनको विपक्षमा मतदान गर्छः गिरी

काठमाडौं, फागुन १२-राप्रपाका प्रमुख सचेतक दिलनाथ गिरीले संविधान संशोधन विधेयकको विपक्षमा आफ्नो पार्टीले मतदान गर्ने बताउनुभयो । रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा बोल्दै उहाँले संशोधन प्रस्ताव राष्ट्रिय हित विपरित भएकोले आफ्नो पार्टीले विपक्षमा मतदान गर्ने बताउनुभयो । भन्नुभयो ,‘एकचोटी संविधान संशोधन भैसक्यो, तर मधेशी मोर्चाले त्यसलाइए स्विकार गरेनन्, अहिले हामी यो सरकारको तेस्रो ठूलो घटक […]

एमालेको बुद्धि पलायो, अब संशोधनको पक्षमा मतदान गर्छः मन्सुर

काठमाडौं, फागुन १२-नेपाली कांग्रेसका केन्द्रीय सदस्य फर्मुल्लाह मन्सुरलले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको ढिलै भएपनि बुद्धि पलाएको बताउनु भएको छ। रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा उनले संविधान संविधान विधेयक प्रक्रिया रोक्न खोजिरहेको भए एमाले मधेशबाट पूर्ण रुपमा समाप्त हुने बताउनुभयो । भन्नुभयो एमालेको बुद्धि पलाएको छ। अब विपक्षमा मतदान गरे मधेशबाट सकिन्छ। विधेयक प्रक्रियामा लैजान […]

संसद बैठक सुचारु

काठमाडौं, फागुन १२- व्यवस्थापिका–संसदको अवरोध विहीबार ९आज०देखि खुलेको छ ।नेकपा एमालेसहितका विपक्षी दलहरु संविधान संशोधन विधेयकमाथिको छलफल अघि बढाउन सहमत भएपछि बैठक सुचारु भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलपछि विपक्षीहरु बैठकको अवरोध खुला गर्न तयार भएका थिए । सहमतिपछि बसेको बैठकमा संशोधन विधेयकमाथि छलफल सुरु भएको […]

संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्नुपर्छ: कर्ण

काठमाण्डौं,फागुन १२-मधेशी मोर्चाका नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्नुपर्ने बताउनु भएको छ । आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता कर्णले सरकारले संसदमा टेबुल गराएको संशोधन प्रस्तावमा उल्लेख गरिएका विषयहरु नागरिकता, भाषा र सिमांकन परिमार्जनसहित पारित गर्नुपर्ने बताउनु भएको हो । उहाँले भन्नुभयो नागरिकताको सवालमा वैवाहिक अंगीकृतलाई अधिकार दिने भनेको […]