शैक्षिक क्षेत्रलाई सुधार्न शिक्षामा लगानी आवश्यक :श्रीवास्तव

नेपालगन्ज,जेष्ठ ,०४-


रुम टु रिडको आर्थिक सहयोगमा पढ्नको लागि कोठाद्वारा संचालित बालिका शिक्षा कार्यक्रमको शुक्रवार सयुक्त अनुगमन गरिएको छ ।
पढ्को लागि कोठा कार्यक्रम अन्तरगत संचालनमा रहेको उक्त कार्यक्रमको सयुक्त अनुगमन कोहलपुर नगरपालिका खड्गवार स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा सयुक्त अनुगमन गरिएको हो ।

सयुक्त अनुगमनमा जिल्ला सम्मन्वय समिति बा“केका संयोजक अजय कुमार श्रीवास्तव, कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत, शिक्षा विकास तथा सम्मन्वय इकाईका प्रमुख राम सुरेश यादव, कोहलपुर नगरपालिका सामाजिक विकास शाखाका संयोजक नारायणी ओली, कोहलपुर नगरपालिकाका नगर शिक्षा प्रमुख अनन्त कुमार पौडेल, कोहलपुर नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष पत्रकार लगायतको टोलीले सयुक्त अनुगमन गरिएको हो ।

सयुक्त अनुगमन तथा समिक्षा बैठक कार्यक्रममा जिल्ला सम्मन्वय समिति बा“केका संयोजक श्रीवास्तवले स्थानिय तहमा शैक्षिक क्षेत्रलाई सुधार्नु छ भने शिक्षामा लगानी अनिवार्य गर्नुपर्ने कुरामा जोड दिनुभयो । शिक्षामा लगानी गरेमात्रा शिक्षामा विकास हुने भन्दै संयोजक श्रीवास्तवले विद्यालयमा गुणस्तरि शिक्षा प्रदान गर्न अभिभावक र शिक्षकको अहम भुमिका रहेको धारणा राख्नुभयो ।

प्रमुख अतिथि समेत रहनुभएका संयोजक श्रीवास्तवले शिक्षाको विकास नभएसम्म अरु क्षेत्रको विकास असम्भब रहेको जानकारी गराउनुभयो ।
यस्तै कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले रुम टु रिडले गरेको कार्य स्रहानिय रहेको बताउनुभयो । शिक्षा क्षेत्रमा राम्रो गर्दै आएको रुम टु रिडले दिर्घकालिन सोचको साथ अगाडी बढे अझ शिक्षा क्षेत्रमा फड्को मार्ने उहा“ले बताउनुभयो ।

पढ्को लागि कोठा कार्यक्रम अन्तरगत संचालनमा रहेको कार्यक्रममा बा“केका ११ विद्यालयमा लागु गरिएको छ जसमध्ये कोहलपुर नगरपालिकामा ८ र बा“की अरु गाउ“पालिकामा रहेको रुम टु रिडका कार्यक्रम व्यवस्थापक हेम बहादुर लम्सालले बताउनुभयो ।

कोहलपुरका ८ विद्यालयमा १६९३ जना विद्यार्थी आवद्ध रहेको समेत उहा“ले जानकारी गराउनुभयो । बा“केमा ११ र बर्दियामा ३७ गरि ४८ विद्यालयमा पढ्नका लागि कोठा कार्यक्रम संचालनमा रहेको छ । पढ्नका लागि कोठा कार्यक्रम लागु भएपछि विद्यालयको शिक्षामा सुधार आएको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रध्यापक अनन्त प्रसाद भट्टराईले जानकारी गराउनुभयो ।

यो कार्यक्रमले बालवालिकाहरुको क्षमता अभिबृद्धि, बोल्ने कला, शिक्षामा सुधार लगायत विभिन्न खाले प्रभाव परेको र विद्यार्थीहरु हर्षित भएको उहा“ले बताउनुभयो । अनुगमन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानिय जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।