रोजा अफ्तारमा काँग्रेस उम्मेदवारको भव्य स्वागत

 बाँके,असार, ३- धार्मीक सद्भावको शहर नेपालगन्जमा काँग्रेसबाट नेपालगन्ज उपमहानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारलाइ भव्य स्वागत गरिएको छ । मुस्लीम समुदायको पवित्र पर्व रमजानका अवसरमा वडा नम्बर ५ मा गएराती आयोजना गरिएको रोजा अफतार कार्यक्रममा काँग्रेसका मेयर उम्मेदवार डा.सुरेश कुमार कानोडिया र उपमेयर उम्मेदवार उमा थापामगरलाइ भव्य स्वागत गरिएको थियो । बहुभाषी , बहुजाती ,बहुधार्मीक समुदायको […]

आज त्रिशूल जात्रा

काठमाडौ,असार,३- असार कृष्ण अष्टमी (भलभल अष्टमी) का दिन आज देवपत्तनमा त्रिशूल जात्रा मनाइँदैछ । कन्या र कुमारलाई त्रिशूलमा उने जसरी २० हात अग्लो थामको टुप्पोमा उत्तानो पारेर मनाइने यो जात्रा त्रासदीपूर्ण र कहालीलाग्दो मानिन्छ । अमालकोट कचहरी कार्यालयले यो जात्रा आयोजना गर्दै आएको छ । किम्बदन्ती अनुसार बालबच्चा मारेर खाने नागर्जुनको राक्षसलाई तिम्रा सन्तानको पनि […]

राप्रपाका घोराही मेयर डा.योगीको सर्वाधिक चर्चा

भानुभक्त बस्नेत दाङ, जेठ,२५ – घोराही उपमहानगरपालिकाका राप्रपाबाट मेयर पदका उमेद्वार डा.भोलानाथ योगी विभिन्न वडाहरुमा हुने सभाहरुमा सहभागी हुनुभएको छ । चुनावी कार्यक्रम अन्तरगत आज वडा नम्बर १२ मा भएका सभाहरुमा उहाँ सहभागी हुनुभएको छ । हिराबहादुर बहकरीको अध्यक्षता एवं राप्रपाका केन्द्रीय सदस्य मीना विश्वकर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै योगीले धर्म संस्कृति संरक्षण र […]

हाम्रो सनातन हिन्दू धर्म नै सनातनी जीवन पद्धति

के.पि खनाल क्षेत्र, कैलाली,लम्कि, जेठ,१३- यस आर्यावर्तको ( याँहा आर्य – आर्यहरुको वाचक भएको र आवर्त भनेको तिनीहरुको केन्द्रस्थान रहेकोले यो ठाउँलाई आर्यावर्त भनिएको हो भन्नेकुरा प्रत्येक नेपालीहरुले बुझ्न सक्नु पर्दछ ) प्रमुख धर्म सनातन हिन्दूधर्म हो | यसमा प्राचीनता ,विशालता समेटिन सकेको कारणले गर्दा यसलाई ‘सनातन हिंदू धर्म’ भनिएको हो | यहूदी , ईशाइ […]

घोडेजात्रा पर्व आज मनाईंदै

काठमाडौं, चैत १४ – हरेक वर्ष चैत कृष्ण औँशीका दिन बालबालिकालाई भूत, प्रेत पिशाचलगायतका नकारात्मक तत्वले दुःख नदियोस् भनी मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ ।चैत कृष्ण चतुर्दशीका दिनलाई पिशाच चतुर्दशी पनि भनिन्छ । परापूर्वकालमा काठमाडौं उपत्यकामा बालबालिकालाई भूत, प्रेत पिशाच नामका कु तत्वले दुःख दिने गर्थे । यी तत्वले बालबालिकालाई दुःख नदिउन् भनी चतुर्दशीका दिन […]

बाँकेमा आजको होली मिलन कार्यक्रमहरु कहाँ कहाँ छन् (पुरा पढ्नुहोस्)

बाँके,फागुन ३०-  नेपाल साँस्कृतीक संघ क्षेत्रीय कार्यसमिती बाँकेले आज कोहलपुरमा होली मिलन कार्यक्रम गर्ने जनाएको छ । आपसमा रङ र अबीर दलेर खुशीयाली साटासाट गर्दै होली मिलन कार्यक्रम गर्न लागिएको नेपाल साँस्कृतीक संघ बाँकेका सभापती सन्तोष राज पौडेलले जानकारी दिनुभएको छ । उहाँले आज दिउँसो १ बजेबाट शुरु हुने होली मिलन कार्यक्रममा उपस्थिति हुन सबैलाई […]

तराईमा आज होली मनाईंदै

काठमाडौं, फागुन ३०- आज तराईका जिल्लामा  धुमधामसँग फागु अर्थात होली पर्व मनाईंदैछ । आपसमा रङ र अबीर दलेर खुशीयाली साटासाट गर्ने क्रम बिहानैदेखि सुरु भएको छ ।वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यस पर्वमा एक आपसमा रंग र अबीर लगाउने चलन छ । होलीको अवसरमा तराईका जिल्लामा जोगिरा समेत गाउने चलन छ । होली […]

आज होली पर्व मनाईंदै, सुदुरपश्चिममा बेग्लै रौनक

काठमाडौं, फागुन २९ – काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा उल्लासपूर्वक आज होली पर्व मनाईंदै छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र […]

महाशिवरात्री पर्व धुमधाम मनाईंदै, देशभरका शिव मन्दिरमा भीड

बाँके, फागुन १३ – महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज मनाइँदैछ ।हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक महादेवको पूजा(आराधना गरिरहेका छन् ।फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अतिप्यारो दिनका रूपमा […]

शुक्ल पूर्णिमादेखि शुरु भएको श्रीस्वस्थानी व्रतकथा आज पूजाआजा गरी समापन

बाँके,माघ, २८-हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्ने गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आज पूजाआजा गरी समापन गरिएको छ । व्रत बस्ने प्रत्येक महिला÷पुरुषले महिनाभरी स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी […]