सुचना र मानव अधिकार अुनसन्धान केन्द्रको होली मिलन कार्यक्रम सम्पन्न

मधुपौडेल बाँके,फागुन २९- सामाजिक सदभावको पर्व होली २०७३ लाई भिन्न रुपले पनि मनाउन सकिन्छ भन्ने कुराको उदाहरण नेपालगज बाकेका सम्पन्न एक होली मिलन तथा अन्तर घुलन कार्यक्रमले गरी देखाएको छ । युएनडिपी तथा सुचना र मानव अधिकार अुनसन्धान केन्द्र नेपालगंजको संयुक्त आयोजना तथा एक दर्जन अन्य संघसंस्थाको समुन्वयमा  भएको उक्त कार्यक्रममा कविहरुले आफ्ना कविता बाट […]

कमल थापामाथि १० आरोप लगाउँदै लोहनी राप्रपाबाट बाहिरिए आरोपसहित

काठमाण्डु, २९ फागुन- राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टी परित्याग गरेका छन् ।आईतबार डा. लोहनीले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आजैबाट पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। पार्टी एकतापछि चुनाव चिन्ह हलो राखिनुपर्ने अडान राख्दै लोहनीले पछिल्लो समय पार्टी नेतृत्व एकलौटी ढंगले चलेको, विधान नमानेको, निर्देशक समिति समेत गठन नगरेको आरोप लगाएका छन्।लोहनीले पार्टी […]

चैत ३ भित्र स्थानीय तहमा कर्मचारी खटाउन निर्वाचन आयोगको निर्देशन

काठमाडौं,फागुन,२९- निर्वाचन आयोगले ७४४ स्थानीय तहमा चैत ३ गतेभित्र पुग्ने गरी कर्मचारी खटाउन सरकारलाई निर्देशन दिएको छ । आयोगले आपसी समन्वय गरी कर्मचारीको खटनपटनको व्यवस्था मिलाउन सामान्य प्रशासन र स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको हो ।यसरी कर्मचारी खटाउनुअघि तत्कालैबाट निर्वाचन सम्बन्धी कार्य गर्न प्रत्येक स्थानीय तहमा कायम मुकायम वा निमित्त मुकरर गर्न र आयोगलाई जानकारी […]

आज होली पर्व मनाईंदै, सुदुरपश्चिममा बेग्लै रौनक

काठमाडौं, फागुन २९ – काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा उल्लासपूर्वक आज होली पर्व मनाईंदै छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र […]

नेपाल शिक्षक संघमा वीरेन्द्र यादवको सम्पुर्ण प्यानल विजयी

बाँके,फागुन २९- नेपाल शिक्षक संघ बाँकेको आठौं जिल्ला अधिवेशनले आगामी कार्यकालको लागि वीरेन्द्र कुमार यादवको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । नपालगंजको मंगल प्रसाद मा.वि.मा शनिबार भएको निर्वाचनमा यादव भारी मतले विजय हुनुभएको हो । अध्यक्ष सहित ३० पदमा स्पष्ट प्यानल सहित २ प्यानलबाट ६० जनाले उम्मेदवारी दर्ता गराएका थिए । कुल ११ सय […]

स्थानीय तहमा पर्याप्त कर्मचारी व्यवस्था गर्न निर्वाचन आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं, फागुन २९ – निर्वाचन आयोगले अहिले कायम भएका ७ सय ४४ वटा स्थानीय तहमा आगामी चैत ३ गतेभित्रमा पर्याप्त कर्मचारी व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।आयोगको शनिबार बसेको बैठकले आपसी समन्वय गरी कर्मचारीको व्यवस्था मिलाउन सामान्य प्रशासन मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो । साथै संघीय […]

सुचनाको हक सम्वन्धी एकदिने अनुशिक्षण कार्यक्रम पुरैनीमा

मधुपौडेल बाँके,फागुन २७- सुचनाको हक सम्वन्धी एकदिने अनुशिक्षण कार्यक्रम नेपालगन्ज २८ पुरैनीमा  भएको  छ ।  नेपालगन्ज उपमहानगरपालिका कार्यालयको सहयोगमा लक्षित विकास कार्यक्रम अन्र्तगत सुचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आयोजना गरेको हो ।कार्यक्रम वडा नगरिक संयोजक शिव कुमार वर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा  केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी  , पत्रकार महासंघका पुर्व अध्यक्ष शुक्रऋषि […]

बाँके लगायत देशभर आज मोर्चाको बन्दको आह्वान

बाँके,फागुन २७- सप्तरीमा भएको घटनाको विरोधमा मधेशी मोर्चाले आज देशव्यापी बन्दको आह्वान गरेको छ । घटनाको विरोध स्वरुप बन्द आश्वान गरिएको मोर्चा बाँकेले जनाएको छ । मोर्चाले यसअघि फागुन २४ र २५ गते दुई दिन सम्म मधेश बन्द आह्वान गरेको थियो । संघिय समाजवादी फोरम बाँकेका अध्यक्ष कमरुद्धिन राईले केन्द्रिय कार्यक्रम अन्तर्गत आज बाँकेमा पनि […]

जाजरकोट बस दुर्घटना ज्यान गुमाउनेको संख्या २६ पुग्यो : ३५ जनाको उपचार हुँदै

जाजरकोट,फागुन २७- जाजरकोटको बोहरा जिरो प्वाइन्ट नजिकै बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या २६ पुगेको छ । खलंगाबाट खाराका लागि छुटेको ना ३ खा २२ ७९ नम्बरको बस जिरो प्वाइन्ट नजिकै पासागाड खोलामा घुम्तीबाट खसेको हो ।  दुर्घटनामा घाइते भएका ३५ जनालाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि रुकुमको चौरजहारी अस्पताल रिफर गरिएको थियो । चौरजहारीबाट सेनाको […]

सूचनाको हक सम्वन्धी अनुशिक्षण, सूचना अधिकार समुह निर्माण

मधुपौडेल नेपालगन्ज , फागुन ,२६- सूचनाको हक सम्वन्धी एकदिने अनुशिक्षण कार्यक्रम नेपालगन्ज २३ इन्द्रपुरमा आज सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिका कार्यालयको सहयोगमा लक्षित विकास कार्यक्रम अन्र्तगत सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आयोजना गरेको कार्यक्रममा वडास्तरीय वडा नागरिक मञ्चका सदस्य, वडा कार्यालयका कर्मचारी, युवा, बालबालिका, संघसंस्थाका प्रतिनिधी लगायत गरि ३० जनाको सहभागिता रहेको […]