सुदूरपश्चिमका हिमाली जिल्लाहरुमा हिमपातले जनजीवन प्रभावित

बाजुरा,पुस १०-सुदूरपश्चिमका हिमाली जिल्लाहरुमा पानी परेसँगै परेको हिमपातले जनजीवन प्रभावित भएको छ । सुदूरपश्चिमका हिमाली क्षेत्रमा बिहीबार बेलुकीदेखि परेको  हिमपातका कारण जनजीवन कष्टकर भएको हो । पानी परेपछि कृषक भने खुसी भएका छन् । हिमपातले बाजुराका दुर्गम गाविसबाट सदरमुकाम आउने नागरिकहरु बिचबाटोमा अलपत्र परेका छन् । हिमपातका कारण जिल्लाकै उच्च क्षेत्रमा रहेका विच्छ्याँ, दहकोट, पाण्डुसैन, […]

कैलालीमा गौहत्या गरिएको विरोधस्वरुप बन्दले जनजीवन कष्टकर

इन्द्र कार्की कैलाली,पुस १०-कैलालीको गोदावरी गाविसस्थित भ्यागुतेमा पौष ५ गते  गौहत्या गरिएको भन्दै विरोधस्वरुप आज गरिएको सुदूरपश्चिम बन्दले यहाँको जनजीवन कष्टकर बनेको छ । हिन्दूवादी सङ्घसङ्गठनद्वारा संयुक्त रुपमा गरिएको बन्दका कारण यस क्षेत्रमा यातायात, व्यापार, व्यवसाय सबै ठप्प भएको छ । बन्दकर्ताले गौहत्यामा संलग्न हुनेको खोजी गरी कडा कारबाहीको माग गर्दै धनगढी, अत्तरियालगायत क्षेत्रमा प्रदर्शन […]

चुन ढुंगा उत्खनन बन्द गर्न युवा मञ्चको वैठक

जंंग रेउले घोराही,पुस १० -दाङको लुहारपानी गाविस वडा नं.९ बचेनीमा संघर्षशिल युवा मञ्चको बैठक बसेको छ । मञ्चको शनीबार वसेको वैठकमा खमारी र बचेनी बिचमा रहेको चुन ढुंगा खानी बन्द गर्न निर्णय गरेको हो । गाउँका केही जान्ने बुझ्ने व्यक्तिले आफू खुसी सहमती गरेर खानी उत्खनन गर्न सहमती गरेको भन्दै उक्त कार्य तत्काल बन्द गराउँने […]

वाणिज्य कार्यालय नेपालगन्जमा साढे दुई वर्षदेखि प्रमुखविहीन

बाँके,पुस १०-बाणिज्य कार्यालय नेपालगन्ज साढे दुई वर्षदेखि प्रमुखविहीन छ । कार्यालय प्रमुखविहीन हुँदा उपभोक्ता हित संरक्षण ऐन अन्तरगत् मुद्दा चलाउन नसकिएको निमित्त प्रमुख सुनिल खनालले वताउनुभयो ।  खनाललाई तीन महिनाको लागि काजमा दुई महिना अघि सरकारले नेपालगन्ज बाणिज्यमा खटाएको थियो । उपभोक्ताको हकहितमा प्रतिकुल असर पु¥याए उपभोक्ता हित संरक्षण ऐन अन्तरगत् मुद्दा चलाइने गरिन्छ । […]

ज्योती चर्च लगायत नेपालगंजका विभिन्न चर्चमा कार्यक्रम गरी क्रिसमस मनाईयो

बाँके,पुस १०-इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव आज नेपालगंजका विभीन्न चर्च लगायत देशभरका चर्चहरुमा विविध कार्यक्रम आयोजना गरी मनाएको छ । दुई हजार १६ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो । कुमारी मारियमको कोखबाट येशुको जन्म भएको हो । मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएका थिए […]

आज देशभर क्रिसमस मनाइँदै,आज सार्वजनिक बिदा

काठमाडौं, पुस १०-  इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव डिसेम्बर २५ का दिन आज क्रिसमस मनाइरहेका छन् । देशभरका गिर्जाघरमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।दुई हजार १६ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो । कुमारी मारियमको कोखबाट येशुको जन्म भएको हो । मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी […]

बाँकेको खजुरामा व्यापारिक महोत्सवको तयारी,सचिवालय गठन हुँदै

बाँके पुस १०-बाँकेको खजुरामा व्यापारिक महोत्सवको तयारी गरिएको छ । खजुरामा पहिलो पटक कृषि पर्यटन प्रवद्धन,साँकृतृक एवं एतीहासिक धार्मीक मुबेतवा बाबा प्रथम व्यापारिक महोत्सव आयोजन ागर्न लागिएको हो । आधुनीक युवा सञ्जाल खजुराको आगामी पुस १५ गते सचिवालय गठन गरेर तयारी तिव्र बनाउने सञ्जाल अध्यक्ष तिलक वीर सुनारले जानकारी दिनुभयो । उहाँले माघ १० गतेदेखी […]

वाड न ३ को वाड भेला सम्पन्न

मधु पौडेल बाँके,पुस ९-नेपालगंज उपमहानगरपालिका को वाड न ३ को वडा भेला सम्पन्न भएको छ ।प्रत्येक वर्ष नेपालगंजका विभिन्न  वडामा वार्षिक योजना तर्जुमा लागि वडा भेला हुने गर्दछ जसमा वडा वसीहरुले आफ्नो वडा हुने वा गरीने विकास निर्माणका साथै लक्षितवर्ग, महिला तथा बालबालिका का लागि भेला भै योजना तर्जुमा गर्ने गर्दछन । गत वर्ष देखी […]

अन्तरक्रिया तथा अनुगम कार्यक्रम आज नेपालगंजमा सम्पन्न

मधु पौडेल बाँके,पुस ९-गरिव निवारण कोषकार्यक्रम गाविस सचिव ,पत्रकारसंग स्थानिय सेवा प्रदायक संयुक्त अनुशिक्षण तथा अन्तरक्रिया तथा अनुगम कार्यक्रम आज नेपालगंजमा  सम्पन्न भएको छ । गरिवी निवारण कोष काठमाडौ तथा आयोजक स्थानिय विकास कोष तथा समर्पण नेपाल ,नेपालगंज र गरवी निवारण कोष ले गरेको कार्यक्रयको सभापतित्व जिल्ला विकास समिति बाके प्रमुख हरि प्याकुरेल गनु भएको […]

नेपालगन्जमा सरसफाई कार्यक्रममा स्थानीयबासी, व्यापारीलगायतको सहभागिता बढ्दै

बाँके,पुस ९-प्रत्येक शनिवार विहान सवैको स्वःस्फुर्त सहभागितामा नेपालगन्जमा सरसफाई कार्यक्रम हुंदै आएको छ । उक्त अभियानमा स्थानीयबासी, व्यापारीलगायतको सहभागिता बढ्दै गएको उपमहानगरपालिकाका कार्यकारी प्रमुख गिरीराज ज्ञवालीले वताउनुभयो । आज विहान नेपालगन्जको त्रिवेणी मोड र न्युरोड क्षेत्रमा सरसफाई गरिएको छ । कार्यक्रममा काठमाण्डौं वाग्मती सरसफाईका अभियान्ता डाक्टर लक्ष्मी पौडेलले सवैको सहयोग तथा सहकार्यमा वाग्मतीको सरसफाई गरिए […]