भेरीको शेयर सदस्य भेटघाट कार्यक्रम कोहलपुर ८ पिपरिमा

 मधुपौडेल, बाँके,जेठ,१५- भेरी सहकारी बित्तीय संस्था लि. नेपालगंज बांकेको पकेट यरिया मानिने कोहलपुर-८ , पिपरिमा शेयर सदस्य भेटघाट तथा जिज्ञासा , सुझाव संकलन कार्यक्रम ग्रीन हेभेन कटेजमा संन्थाका संस्थापक सदस्य हालका संचालक सदस्य पदम बाहादुर भन्डारिज्युको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा पुराना र नयाँ सदस्य बिच एकै थलोमा भेटघाट, परिचय भएको थियो भने संस्थाका […]

थर्ड एलायन्सद्धारा रमजानको शुभ कामन व्यक्त

रन्जीता ढकाल थापा, बाँके,जेष्ठ, १४- मुसलमान समुदायको महान पर्व रमजान पर्व आज देखि शुरु भएको छ । एक महिनासम्म चल्ने रमजानमा मुसलमान धर्मावलम्बीहरुले उपवास बस्ने गर्दछन । जसलाई ‘रोजा’ भनिन्छ । आजबाट सुरु भएको रोजाको तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स)ले रमजान पर्वको अवसरमा मुस्लिम समुदाय तथा अन्य समुदायलाई शुभकामना व्यक्त गरेको छ । […]

प्रदेश नं. ७ मा ठूला उद्योग खुल्ने क्रम तीव्र

काठमाडौं, जेठ,१४- पछिल्ला केही वर्षयता प्रदेश नं. ७ मा ठूला उद्योग खुल्ने क्रम तीव्र भएको छ । चामल, खाने तेललगायत परम्परागत साना उद्योगमा निर्भर यो प्रदेशमा पछिल्लो एक दशकमै चामल र तेल लगायत मैदा, चिनी, बिस्कुट, दानाका ठूला उद्योगसमेत खुलेका छन् । पछिल्ला केही वर्षमा कञ्चनपुरमा दुईवटा ठूला चिनी उद्योग खुलेका छन् जसको लगानी करिब […]

सुदुरको काखमा बसेको अछामको इतिहास

के.पि खनाल क्षेत्र, अछाम, जेठ,१३- अछाम नेपालको सुदुरपश्चिमाञ्चल विकासक्षेत्रमा रहेको सेती अञ्चलको पहाडी जिल्ला हो । अछाम जिल्ला नेपालमा १४ अञ्चल र ७५ जिल्लामा बिभाजन हुनु भन्दा पहिल्य अर्थात वि.स. २०१८ साल अगाडी सम्म ठूलो जिल्लामा रहेको थियो । यसमा अहिलेको डोटी, बझाङ, वाजुरा समेत रहेको थियो । त्यतिवेला प्रशासन हेर्नको लागी गौडा डोटीमा रहेको […]

बाजुराको ब्रहमतोला गाविस पूर्ण खोप युक्त गाविस घोषणा

 रमित बि.क. बाजुरा,जेष्ठ,१२- “स्थानिय स्वामित्व सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ बुढीगंगा नगरपालिका साविकको ब्रहमतोला गाउँविकास १२ औँ गाविसको रुपमा पूर्ण खोप  युक्त गाविस घोषणा गरिएको छ । गाविसमा रहेका १२ महिना देखि २३ महिना मुनिका बालबालिकाहरुले सबै किसिमका खोप पाए पछि गाविसलाइ पुर्ण खोप युक्त घोषणा गरिएको हो । खोप […]

सार्वजनिक नहर मिचि माछापालन पोखरी निर्माण हुदै

इन्द्र कार्की महेन्द्रनगर,बैशाख,१२       धनगढी उपमहानगरपालिका वडा नं. ११ जोकैया र बेला जोड्ने सिंचाइ नहर मिचिएको छ । बेला स्थित रहेको बाँध नजिक करिब ८०० मिटर बराबरको नहर मिचिएको हो । धनगढीको सेतोपुल जोड्ने मुख्य नदिमा बाँध बनाइ बेला स्थित पुर्व र पश्चिममा दुइतर्फी नहर सञ्चालन गरिएको थियो । नहरमा डोजर लगाइ माटो सम्याएर […]

सामुदायिक रेडियो बुढीनन्दा कोल्टीले परिक्षण प्रशारण सेवा सुरु

 रमित बि.क.रेडियो पौरखी, बाजुरा,जेठ ११- सुचना र समृद्धिको आवाज भन्ने मुल नाराका साथ बाजुराको कोल्टीमा स्थापित सामुदायिक रेडियो बुढीनन्दा ९६.५ मेगाहर्जले आजबाट आफ्नो परिक्षण सेवा सुरु गरेको छ । उत्तरी क्षेत्रका नगरपालिका र गाउँपालिकाका स्थानियहरु सुचनाको पहुँच भन्दा बाहिर रहेको र अब सुचना सम्प्रेषण गर्ने सहज हुने रेडियोका स्टेशन मेनेजर नहकुल जोशीले बताउनुभएको छ । […]

राहत चामलका लागि सडक खन्दै सुत्केरी

बाजुरा,जेठ,१०- कपालमा सेतो फेटा, थकित अनुहार तैपनि मीठो हाँसो । बाजुरा स्वामीकार्तिक–३ वाईकी ३२ वर्षीया जौकला कठायत अहिले सुत्केरी छिन्। उनको साथमा छ, ३५ दिनको बच्चा । सुत्केरी हुँदा प्रशस्त पोषणयुक्त खानेकुरा खानुपर्छ र आराम पनि त्यति नै गर्नुपर्छ। तर, जौकलालाई भने ३५ दिनको बच्चा काखमा च्यापेर सडकमा काम गरिरहेको देखिन्छ। सुत्केरीको बेला सडकमा काम […]

अझै ६ लाख पाठ्यपुस्तक अभाव

काठमाडौं,जेठ,१०- शैक्षिक सत्र सुरु भएको डेढ महिना हुन लाग्दा पनि अझै पाठ्यपुस्तक अभाव छ। विद्यालय तहको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र आफैँले संकलन गरेको तथ्यांकअनुसार अझै पनि ६ लाख थान पाठ्यपुस्तक बजारमा अभाव छ जनक शिक्षा केन्द्रका निर्देशक कपिल पोखरेलले अघिल्लो वर्षजस्तो पुस्तक अभाव नभए पनि अझै ६ लाख थान पाठ्यपुस्तक आवश्यक […]

भूकम्पप्रभावितलाई निर्ब्याजी ३ लाख ऋण

काठमाडौं,जेठ,९- भूकम्पप्रभावितले आवास निर्माणका लागि सामूहिक जमानीमा ३ लाख रुपैयाँसम्म ऋण पाउने भएका छन्। चालु आथिएक वर्षको बजेटमा उल्लेख भएको ‘विपन्न वर्गमा रहेका भूकम्पपीडितलाई सामूहिक जमानीमा निर्ब्याजी ऋण दिने व्यवस्था’ करिब एक वर्षपछि मात्र कार्यान्वयनमा आएको हो। गत साता मन्त्रिपरिषद्ले ‘भूकम्पपीडितहरूको घर निर्माणका लागि सामूहिक जमानीमा निर्ब्याजी ऋण उपलब्ध गराउने कार्यविधि ०७४’ स्वीकृत गरेपछि भूकम्पप्रभावितले […]