डडेल्धुराबाट डोटी जादै गरेको स्कुल बस दुर्घटना : १६ जनाको मृत्यु

काठमाडौं,मंसिर,६- डडेलधुराबाट डोटी जादै गरेको स्कुल बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । डोटीबाट डडेल्धुरा मेला हेर्न आएर फर्किँदै गरेको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । से १ ख २९३ नम्बर बस दुर्घटनामा परेको हो । उग्रतारा मन्दिरमा मेला हेरेर फर्किने क्रममा डडेलधुराको गन्यापधुरा गाउँपालिकाको रुडुवा खोलाको भीरबाट ३ सय मिटर तल खस्दा १६ […]

नेपालगंज शहरमा पनी हर्न निशेध

नेपालगन्ज,मंसिर,१- नेपालगञ्जलाई शनिवार देखि हर्न निषेधित शहर घोषणा गरिएको छ ।बढ्दो सवारी चापका कारण ध्वनि प्रदूषण बढेपछि नेपालगञ्जलाई ‘नो हर्न’ क्षेत्र घोषणा गरिएको हो । सीमा नाका जमुनाहबाट आज औपचारिक रुपमा हर्न निषेधित क्षेत्रको शुरुवात गरिएको छ । ‘हर्न निषेधित शहर, हामी सबैको रहर’ नारासँगै एक समारोहकाबीच निमित्त प्रमुख जिल्ला अधिकारी बिश्वराज न्यौपानेले हर्न निषेध कार्यक्रमको […]

डोल्पामा जिप दुर्घटना १० को मृत्यु , दुईको जिवितै उद्दार

डोल्पा,कार्तीक,१९- डोल्पाको कालागौडा भन्ने स्थानमा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । घटना स्थलबाट दुई जनालाई भने जिवितै उद्दार गरिएको छ । डोल्पाको सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ कालागौडाबाट भेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको डोल्पाका प्रहरी प्रमुख डीएसपी अवदेश विष्टले पुष्टि गर्नु भएको हो […]

बाँकेको कोहलपुरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु

कोहलपुर,कार्तिक,१६- बाँकेको कोहलपुर नगरपालिकाको विद्युतरोड नजिक सवारी दुर्घटना हुदा दुई जनाको घटना स्थलमा ज्यान गएको छ । अाज साझ अन्दाजी ७ बजेतिर कोहलपुर बिद्युतरोडमा बा-६-च- ८२९९ नम्बरको कारले भे-८-५ २४६६ नम्बरको मोटरसाइकलाई ठक्कर दिदा मोटरसाइकल चालक बर्दिया जिल्ला भुरिगाउका काशिचन्द्र न्यौपाने र मोटरसाइकलमा सवार इन्द्र प्रसाद भट्टराईको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको […]

दशैँको समयमा उपत्यकामा १४ जनाको मृत्यु

काठमाण्डौं,कार्तीक,८- काठमाडौँ उपत्यकामा दशैँको समयमा भएको सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार घटस्थापनादेखि पूर्णिमासम्म उपत्यकाका विभिन्न स्थानमा भएको दुर्घटनामा चालक तथा पैदलयात्रुको मृत्यु भएको हो। महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले तीव्र गतिमा जथाभावी सवारी साधन चलाएका कारण धेरै दुर्घटना भएको जानकारी दिनुभयो । ‘दशैँको समयमा सडक […]

सुर्खेतको गजेनिमा गाडी दुर्घटना हुँदा ३२ यात्रु घाईते

नेपालगंज,कार्तीक,५- दैलेखबाट सुर्खेत आउँदै गरेको फोर्स गाडी सुर्खेतमा दुर्घटनाहुँदा ३२ यात्रु घाइते भएका छन् ।बा ५ ख ६२०५ नम्बरको फोर्स गाडी सुर्खेत–दैलेख सडक खण्डको कटकुवा गजेनीमा सोमबार दुर्घटनाहुँदा उनीहरु घाइते भएका हुन् । घाइते हुनेमा नारायण नगरपालिका–२ कुसाडाका ४ वर्षीय महेन्द्र सिजापती, नेपालगञ्ज उप–महानगरपालिका–३६ का १७ वर्षीय दिलकुमार चन्द, दैलेख भैरवी गाउँपालिका–३ का ३१ वर्षीय […]

पैदल यात्रीलाई मोटरसाईकलले ठक्कर दिँदा सख्त घाईते

नेपालगन्ज,अशोज,२५- बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १० सुर्खेतरोडमा पैदल हिडिरहेका पैदल यात्रीलाई सोही दिशा तर्फ गईरहेको मोटरसाइकलले ठक्कर दिदा दुई जना घाइते भएका छन् । स्थानीय नेपालगन्ज जमुना सडकमा बि-पी- चोक देखि जमुनाहा तर्फ पैदल यात्रा हिडिरहेका जिल्ला बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका बाबु गाउँ बस्ने बर्ष ४ महिनाकी बालिका अास्था चौहान, निज बालिकाकी अामा सामान्य […]

बर्दियामा बस पल्टिँदा १३ जना घाईते २ जना सिकिस्त

नेपालगन्ज,अशोज,१४- बर्दियाको राजापुर देखि नेपालगन्ज अाउदै गरेको ना-७-ख ७३२८ नम्बरको बस मधुवन नगरपालिका खाता भन्ने ठाउँमा सडकमा पल्टिँदा १३ जना सख्त घाइते भएका र दुई जनाको अबस्था गम्भीर रहेको छ। घाइतेहरुलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा ल्याईएको थियो । घाइते हुनेहरुमा बर्दिया जिल्ला मधुवन न-पा- ५ बस्ने वर्ष १८ को श्यामलाल थारु […]

ट्याकटरले किच्दा एक जनाको मृत्यु

ओखलढुंगा,असोज,१३- ओखलढुंगाको मानेभञ्ज्यागं गाउँपालिका १ मोलीमा ट्याकटरले किचेर एक जनाको मृत्यु भएको छ । को २ त ४६८० नम्बरको ट्याकटरले गएराती १० बजे तिर किचेर दर्शरथ राईको घटना स्थलमै मृत्यु भएको हो । ओखलढुंगा बाट मोलीको सिंचाई कुलोको सामान लिएर गएको ट्याक्टरमा सामान अनलोड गर्न चडेका राईको ट्याक्टर बाट खसेर बिचको टायरमा चेपिदा मृत्यु भएको […]

घुर्मीमा जिप दुर्घटना,१ विदेशी नागरिकको मृत्यु,८ घाईते

उदयपुर,असोज,१- उदयपुरको घुर्मीमा जिप दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ । काठमाण्डौबाट ओखलढुंगातर्फ आउँदै गरेको ना १ ज ७९६९ नम्बरको जिप उदयपुरको कटारी नगरपालिका १४ घुर्मी बजार नजिक दुर्घटना भएको हो । दुर्घटनमा विदेशी नागरिक हुलेस सेभेलको घटना स्थलमै ज्यान गएको घुर्मीका ट्राफिक इन्चार्ज रामकुमार साहले जानकारी दिनुभयो । उहाँका अनुसार जिप सडकबाट […]