अन्य महोत्सव भन्दा नेपालगन्जको प्रादेशिक महोत्सव स्तरिय बन्दै

नेपालगन्ज, फाल्गुन,१२
नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा यहि फाल्गुन १६ देखि २६ गते सम्म सन्चालन हुने प्रादेशिक महोत्सव २०७५ स्तरिय बन्ने भएको छ।

नेपालगन्जको कारकाँदो स्थित सडक डिभिजनको परिसरमा सम्पन्न हुने महोत्सवमा
३ सय बढी स्टल रहने आयोजक पक्षले जनाएको छ। महोत्सवलाई हरेक पक्षबाट सफल बनाउँन निरन्तर खटिरहेको पनि आयोजकले जनाएको छ।

नेपालगन्जमै सम्पन्न अन्य महोत्सव भन्दा प्रादेशिक महोत्सवलाई स्तरिय बनाउने समेत आयोजकले प्रतिबद्धता व्यक्त गरेको छ।

त्यस्तै महोत्सव अवधिभर आउने कलाकारको पनि टुंगो लागेको छ। सांस्कृतिक संयोजक तपेन्द्र शाहका अनुसार महोत्सवमा पशुपति शर्मा, बद्री पंंगेनी, रामजी खाँड, खुमन अधिकारी, प्रकाश सपुत, कृष्ण रेउले, सज्जन धामी, सन्तोष दवाडी, चन्द्र शर्मा, भुमिका गिरी, कला लम्साल, श्रीजु अधिकारी लगायतका कलाकारहरु आउने भएका छन ।

त्यसैगरी आधुनिक गायनतर्फ राजेशपायल राई, मेलिना राई, शिव परियार, राजनराज सिवाकोटी, यम बराल, कालीप्रसाद बासकोटा, रुपक डोटेल, समिर आचार्य, सिर्जना हाउडे माया र एन्जली रेग्मी रहेका छन् ।

महोत्सवलाई अझै रमणीय बनाउनको लागि
चर्चित हांस्यकलाकार मनोज गजुरेल, पुर्खा बा, ध्रुमुस, माग्ने बुढो (पोख्रेली), नमस्ते दिवाकर महोत्सवमा आउने भएका छन । पहिलो पटक महोत्सवमा जादुगर सुरज मायावी र नृत्यमा रुबिना अधिकारीलाई पनि आमन्त्रण गरिएको छ । हरेक वर्ष झै यो वर्ष पनि कल्चरल शो, डान्स प्रतियोगिता आयोजना गरिनेछ।

विशेष गरि स्थानीय ब्यापार प्रर्बद्धन र बहुउदेश्यीय सभाहल निर्माण गर्ने उदेश्यले महोत्सव आयोजना गर्न लागिएको प्रचार प्रसार समितिका संयोजक टंक बहादुर धामीले जानकारी दिए ।