अर्थतन्त्रको गलत आँकडा देखाएर भ्रमको खेती सुरु भयो : वरिष्ठ नेता पौडेल

दमौली,चैत्र,२२-

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई विभिन्न आश्वासन बाँडेर बाम गठबन्धनले भोट ल्याएको तर जनताको आश्वासन पूरा गर्न नसक्नेभएपछि अर्थतन्त्रको गलत आँकडा देखाएर फेरि भ्रमको खेती गर्न लागेको आरोप लगाउनुभएको छ ।

तनहुँको घिरिङ गाउपालिका वडा नम्बर दुईमा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले जनतालाई बाम गठबन्धनले बाँडेको आश्वासन अनुसारको काम गर्न नसेक्नेभएपछि अर्थमन्त्री युवराज खतिवडाले संसदमा झुट बोलेको बताउनुभयो ।

उहाँले भन्नुभयो–‘जनतालाई विभिन्न आश्वासन बाँडेर बाम गठबन्धनले भोट ल्याए । तर अहिले काम गर्न नसक्ने भएपछि अर्थतन्त्रको गलत आँकडा देखाएर फेरि भ्रमको खेती गर्न लागे । उनीहरु अहिले जनतालाई बाँडेको आश्वासन पुरा गर्न नसक्ने भएपछि नाटकमा लागेका छन् ।

वरिष्ठ नेता पौडेलले साँच्चै कम्युनिष्ठ एक भएका हुन भने कम्युनिष्ट व्यवस्था लागू गर्ने स्पष्ट पार्नभयो । पौडेलले भन्नुभयो–‘कम्युनिष्ठ एकताको अहिले नाटक मञ्चन भइरहेको छ । साँच्चै कम्युनिष्ट एकता भएको हो भने कम्युनिष्ट शासन लगाउथे तर यो मिलेर मुलुकको दोहन गर्ने राणनीति मात्र हो ।

 

उहाँले २०४८ सालमा कांग्रेसले कमजोर अर्थतन्त्रलाई सुधार गरेर मुलुकको विकास गरेको उल्लेख गर्दै कांग्रेसका कारण २०४८ सालको कमजोर अर्थतन्त्र अहिले कुन अवस्थामा पुगेको छ भनि प्रश्न गर्नुभयो । पौडेलले कांग्रेसले गाँउमा बाटो विजुली, शिक्षा स्वास्थ्य संचार पु¥याएको बताउदै अहिले कांग्रेसको उद्देश्य विगतको जस्तो गाँउमा बाटो विजुली, शिक्षा स्वास्थ्य संचार नभई गाँउमा आम्दानी गाँउमा नै रोजगारी पु¥याउने भएको बताउनुभयो ।नेपालवाणीबाट ।