खेलकुद सामग्री बितरण तथा सम्मान कार्यक्रम नेपालगन्जमा सम्पन्न

ज्ञानु सङ्गम खड्का/
नेपालगन्ज,माघ,१३-
“अन्तराष्ट्रीय जगतमा राष्ट्रीय पहिचानको लागि खेलकुद” भन्ने मुख्य नारा सहित नेपालगन्ज ब्याडमिन्टन क्लबद्वारा आयोजित खेलकुद सामग्री बितरण तथा सम्मान कार्यक्रम शनिबार नेपालगन्जको रङगशालामा सम्पन्न भएको छ।

नेपालगन्ज ब्यडमिन्टन क्लबका अध्यक्ष संजय थापाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा ११ जना महिला खेलाडी र १० जना पुरुष खेलाडी गरि २१ जना खेलाडिलाई टिसर्ट प्रदान गरिएको थियो भने ७ जना खेलाडीलाई र्याकेट बितरण गरिएको थियो।सो टिसर्ट सेन्चुरी इन्फोटेक ले उपलब्ध गरएको थियो भने र्याकेट खेलप्रेमिहरुले उपलब्ध गराएका थिए ।

सो कार्यक्रममा ब्याड्मिन्टन प्रेमी अनिल लाखेले ब्यक्तिगत रुपमा क्रीटिभ हेन्ड्स र कोहलपुर ब्याड्मिन्टन क्लबलाई आर्थिक सहयोग गरेका थिए।क्रीटिभलाई नगद रु.२५ हजार र कोहलपुर क्लबलाई नगद रु.१० हजार सहयोग गरिएको थियो भने सेन्चुरी इन्फोटेकको तर्फबाट अन्तरास्ट्रिय एम्पाएर सनम ईकवाल लाई पनि नगद रु.५ हजार प्रदान गरिएको थियो।

कार्यक्रममा पुर्वओलम्पियन सुरेन्द्र हमाल, ब्याड्मिन्टन प्रेमी होम पान्डे र ब्याड्मिन्टनका पुराना खेलाडी मोहम्मद हुसेनलाई सम्मान गरिएको थियो।प्रदेस न. ५ का प्रदेस सांसद सुरेन्द्र हमालको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा रा.खे.प का सदस्य बिनोद मैनाली,शान्ती सिङ,मध्यपश्चिम खेलकुद बिकास समितिका कार्यलय प्रमुख विश्णु शर्मा,जिल्ला खेलकुद बिकास समिती

बाँकेका कार्यलय प्रमुख बिरोध बिक्रम जिसि,मध्यपश्चिम खेलकुद बिकास समिति नेपालगन्जका उपनिर्देशक चन्द्र गुरुङ ,नेपाली क्रीकेट टिमका पुर्ब कप्तान एल.बि क्षेत्री, पत्रकार महासङ्घका पुर्व केन्द्रीय सदस्य क्षेत्रीका साथै खेलकुद पत्रकार सुनिल ररेग्मी लगाएतको उपस्थिती रहेको थियो।