समाचार लेखेकै आधारमा सम्पादक भण्डारी र कार्यकारी सम्पादक भट्ट प्रहरी हिरासतमा

होम योगी,
महेन्द्रनगर,असार,३-

प्रहरी ज्यादतीविरुद्धको समाचार लेखेकै भरमा दैनिक मानसखण्डका सम्पादक खेम भण्डारी र कार्यकारी सम्पादक जी भट्ट पक्राउ परेका छन्। मदिरा खाएर होहल्ला गरेको’ भन्दै प्रहरीले दुई युवतीलाई सार्वजनिक मुद्दा चलाएको र त्यसपछिकाक घटनाक्रमलाई लिएर दैनिक मानसखण्डमा प्रकाशित समाचारको विषयलाई लिएर प्रहरीले सम्पादक भण्डारी र कार्यकारी सम्पादक भट्टलाई शनिबार दिउँसो फरफरक स्थानबाट पक्राउ गरेको हो।

सोही विषयलाई लिएर प्रहरीले भण्डारी र भट्टविरुद्ध उजुरी दायर गर्न लगाएर पक्राउ गरेको हो।सम्पाक भण्डारी शनिबार दिउँसो सवा १२ बजे भीमदत्त नगरपालिका १८ कटानस्थित पत्रिकाको कार्यालयबाटै पक्राउ परेका हुन्। भने कार्यकारी सम्पादक भट्ट महेन्द्रनगर बजारबाट पक्राउ परेका हुन्।प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव निरीक्षक महेन्द्र पाण्डे नेतृत्वको टोलीले भण्डारीलाई कार्यालयबाटै पक्राउ गरेको हो ।

मिडियामा सार्वजनिक समाचारमा आफ्नी छोरीको नाम उल्लेख गरेर चरित्र हत्या गरेको भन्दै अभिभावकले सार्वजनिक अपराध अन्तर्गत उजुरी दिएपछि पक्राउ गरिएको कञ्चनपुरका डीएसपी भीमप्रसाद दाहालले बताए।समाचार लेखेकै भरमा कुनैपनि पत्रकारलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको पत्रकारहरुको भनाइ छ ।

नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थी समाचार लेखेकै भरमा पत्रकारलाई हिरासतमा लिनु ‘गैरन्यायीयक’ हुने बताउछन्। ‘युवतीका बुवाले उजुरी दिएको भनिएको छ। तर, पत्रिकामा प्रकाशित समाचार। प्रहरी ज्यादतीविरुद्ध छ,’ अध्यक्ष अवस्थीले भने, ‘ प्रहरीले रिसीभी साँध्न उहाँहरुलाई पक्राउ गरेको हो। तत्काल रिहाईको माग गर्दछु।