स्ववियु सिद्धार्थ क्याम्पस बाणगंगा द्धारा जनप्रतिनिधीलाई सम्मान

अराजसिंह वेल्वासे/

कपिलवस्तु,साउन,२६-

 स्वतन्त्र विद्यार्थी युनियन सिद्धार्थ क्याम्पस बाणगंगा कपिलवस्तुले बिहीबार एक कार्यक्रमको आयोजना गरि बाणगंगा नगरपालिकाका नब निर्बाचित जनप्रतिनिधीलाई सम्मान गरेको छ । स्ववियु सभापति शुसिल खत्रिको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष झबिलाल पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा क्याम्पस प्रमुख बालाराम ज्ञवाली बाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्याल, क्याम्पस संचालक समितिका सदस्य एवम वडा नं ११ का वडा अध्यक्ष सोमनाथ अर्याल, स्नानातकउत्तर अध्ययनगत विद्यार्थी तथा बुद्धभुमि नगरपालिका वडा न ३का वडा अध्यक्ष बिकास आचार्य लगायतले बोल्नुभएको थियो ।
सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोख्रेलले जनप्रतिनिधीलाई क्याम्पसका समस्याका बारेमा जानकारी गराउनुभएको थियो ।

साथै विद्यार्थीका हक अधिकारका निम्ती स्ववियुले श्रहनीय काम गरेको भन्दै खुसि व्यक्त गर्नुभयो । त्यस्तै उपमेयर अर्यालले क्याम्पसको उन्नतिका लागि नगरपालिका बाट आफुले सक्दो सहयोग गर्ने प्रतिबध्धता व्यक्तगर्नुभयो ।

साथै स्ववियुलाई रचनात्मक कार्यक्रम गर्दै अघि बढन सुझाब दिनु भएको थियो । सोही सम्मान कार्यक्रममा ३ सय बढीको उल्लेखनिय सहभागिता रहेको थियोे । कार्यक्रममा स्वागत मन्तव्य स्ववियु सदस्य सागर घिमिरेको गर्नुभएको थियो भने संचालन स्ववियु सचिव दिनेश चौधरीको रहेको थियो ।