शैक्षिक महोत्सवको अवलोकन गर्ने दर्शकहरुको संख्या बढदै

डम्मर थापा मगर/

बाँके,पुस,३-

नेपालगंजमा जारी आठौं राष्ट्रिय पुस्तक प्रदशनी तथा शैक्षिक महोत्सव २०७४ को अवलोकन गर्ने दर्शकहरुको संख्या बढदै गएको छ ।  ऐतिहासिक रुपमा आयोजना गरिएको मेलामा शिक्षाप्रति रुचि राख्नेहरुको समेत उल्लेखनिय सहभागिता रहेको छ ।

महोत्सवमा आईतबार बहुभाषिक कवि गोष्ठी सम्पन्न गरीएको थियो । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती  रहेको प्रचार प्रसार संयोजक बसन्त लामिछानेले बताउनुभयो ।

राष्ट्रिय कलाकार शंकर विसी, रमेशराज भटराई, टिका पुन, अञ्जुली अधिकारी, रोजिना अधिकारी र संगिता थापाले आ आफ्नो प्रस्तुती राख्नु भएको थियो । मेलामा शनीबार मात्र ५२ हजार बढीले अवलोकन गरेका छन्, भने ४१ लाख बढीको कारोबार भएको जनाएको छ ।