काठमाडौं, वैशाख,७-
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आफ्नो पहिलो स्थापना दिवसको अवसर पारेर आज शुक्रबार काठमाडौंमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।कार्यक्रममा राजपा अध्यक्षमन्डलका नेतासहित कार्यकर्ताहरुको उपस्थिति थियो ।
त्यसैगरी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानसेनापति राजेन्द्र क्षत्री, नेपालका लागि भारतका राजदूत मन्जिभसिंह पुरीलगायत विभिन्न दलका नेताहरु चियापान कार्यक्रममा पुगेका थिए ।
कार्यक्रममा सन्चारकर्मीहरुसँग कुरा गर्दै राजपा अध्यक्षमन्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफूहरु सरकारमा नजाने बताउनुभयो ।
अहिलेकै अवस्थामा सरकारमा सहभागी हुनुको कुनै औचित्य नभएको भन्दै नेता महतोले आफूहरु मधेसी जनताकैबीचमा रहेर काम गर्ने बताउनु भएको थियो ।
सोही कार्यक्रममा राजपाका नेता एवं प्रदेश नम्बर–२ का मन्त्री जितेन्द्र सोनलले केन्द्र सरकारले मधेसको हित चाहने भए संविधान संशोधनको विकल्प नभएको जिकिर गर्नुभयो । ईमेज खबरबाट