
चार पक्षका १ सय ४९ सांसदको हस्ताक्षरसहित उनीहरु अहिले राष्ट्रपति कार्यालय पुगेका हुन् ।
चारपक्षीय छलफलमा सहभागी एक नेताका अनुसार उनीहरुले कांग्रेस सभापति देउवाको नेतृत्वमा नयाँ सरकार गठन दाबी गर्न लागेका हुन्।
संसदमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, नेपाल समूहका २७ र जनता समाजवादी पार्टीको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षका गरी १४९ सांसदको हस्ताक्षर जुटेको हो।