भाइरल बनेका रेग्मी ‘म्यादी प्रहरी’ नै नभएको खुलासा, पोसाक दिने पनि नियन्त्रणमा

भाइरल बनेका रेग्मी 'म्यादी प्रहरी' नै नभएको खुलासा, पोसाक दिने पनि नियन्त्रणमाकपिलवस्तु,बैशाख,२२-प्रहरीले नियन्त्रणमा लिएको ‘म्यादी प्रहरी’ भनिएका नवराज रेग्मीले अर्काको पोसाकबाट भिडियो बनाएको खुलेको छ।

कपिलवस्तु जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका रेग्मीलाई सोधुपुछ गर्ने क्रममा उनी म्यादी नै नभएको खुलेको हो।

जिल्ला प्रहरी कार्यालयका एसपी दानबहादुर कार्कीले म्यादी प्रहरीको ड्रेस उपलब्ध गराउने पुरन भट्टराई रहेको बताउनुभयो। प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको छ।

‘दुई जनाले सल्लाह गरेरै भिडियो बनाएको देखियो। म्यादी प्रहरी रहेका पुरनले नवराजलाई ड्रेस उपलब्ध गराएर उक्त भिडियो बनाएका रहेछन्,’ उहाँले भन्नुभयो”।

कानुनले बर्जित गरेका शब्दहरु उच्चारण गर्दै भिडियो बनाएका रेग्मीलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको थियो। सोधपुछको क्रममा उनी म्यादी नै नभएको खुलेको थियो।

सार्वजनिक अपराध र अभद्र व्यवहार गरेको कसुरमा उनीहरुविरुद्ध मुद्द चलाइने प्रहरीले जनाएको छ।