काठमाडौं,जेठ,११-प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने भएको छ ।
संघीय संसदका महासचिव डा. भरतराज गौतमद्वारा सार्वजनिक प्रतिनिधिसभाको सम्भावित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७९/२०८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
यस्तै, दोस्रो सम्भावित कार्यसूचीमा उक्त नीति तथा कार्यक्रमाथि सांसदहरूले संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल हुनेछ ।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७९/२०८० को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको थियो ।
नीति तथा कार्यक्रममाथि अध्ययन गर्नका लागि बुधबारको समय छुट्याइएको हो ।बिहीबारदेखि लगातार छलफल हुने संघीय संसद सचिवालयले जनाएको ।