
टोकियो,फागुन,१८-नेपाल मगर संघ जापानले ४३ औं राष्ट्रिय मगर एकता दिवस मनाएको छ।
आज आईतवार टोकियो स्थित सिनओकुबोमा रहेको रोयल गार्डेन रेष्टुरेण्टमा एक अनौपचारिक कार्यक्रम गर्दै राष्ट्रिय मगर दिवस कार्यक्रम मनाएको हो।

कार्यक्रममा उपस्थित अतिथिहरुले छोटो मन्तव्य राख्दै राष्ट्रिय मगर एकता दिवसको शुभकामना व्यक्त गरेको थिए।आफ्नो शुभकामना मन्तव्य राख्ने क्रममा नेपाल मगर संघ जापानका पूर्व अध्यक्ष तथा अहिलेको विदेश विभाग प्रमुख ओम काउचा मगरले आजको दिन आफ्नो भेषभुषा,भाषा संस्कृती र परम्परागत चलिआएको कुरालाई कसरी जगेर्ना गर्ने यसको समिक्षा गर्ने दिन रहेको बताउनुभयो।
उहाँले अगाडी भन्नुभयो हाम्रा पुर्खाहरुले दमन हुन लागेको भाषा संस्कृतीलाई जगेर्ना गर्नको लागि वि.सं २०३९ साल फागनु १५ गते स्वर्गीय हेम बहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङ्घाली परिवार संघको स्थापना भएको सम्झना गर्दै उहाँहरुले लडेर ल्याएको अधिकारलाई अवको पुस्ताले नाच गानमा मात्र सिमित नभई आफ्नो हक अधिकारको संरक्षणको निम्ती सजग भएर अगाडी लाग्नु पर्ने बताउनुभयो।
यसैगरी : नेपाल मगर संघ जापानका पूर्व अध्यक्ष तथा हालको संरक्षक थानु राना मगरले आफूहरुले जापानमा मगर संघको नेतृत्व गर्दा यस्ता कार्यक्रम गर्न निकै कठिन रहेको बताउदै भन्नुभयो त्यो बेला कलाकार पाउनै गारो खोज्नै गारो परेको स्मरण गर्दै अहिले त्यस्तो परिस्थिति नभएको हुदाँ कार्यक्रम गर्न सहज भएको बताउदै यस्ता कार्यक्रमलाई सबै मगर समुदाय मिलेर अझै प्रभावकारी ढंगले अगाडी लैजानु पर्ने बताउनुभयो।
उहाँले “भन्नुभयो” मगर समुदायका भाषा, संस्कृतिको रक्षा र अधिकार प्राप्तीका लागि स्थापना भएको लाङ्घाली परिवार संघ पछि नेपाल मगर संघमा परिवर्तन भएको बताउदै अग्रजले गरेको यो कार्यलाई कहिल्यै भुल्न नहुने बताउनुभयो।
यस्तै : नेपाल मगर संघ जापानका सल्लाहकार लक्ष्मण घर्ती मगरले शुभकामना मन्तव्य राख्ने क्रममा मगर समुदायको यो राष्ट्रीय एकता दिवसका दिन नेपाल सरकारले विदा दिनुपर्ने हो तर कहिले दिने कहिले नदिने गरि व्यवास्ता गरेकोमा खेद प्रकट गर्दै आगामी दिनमा नेपाल मगर संघले नेपाल सरकारलाई सचेत गराउन जरुरी रहेको बताउनुभयो।
त्यसैगरी : नेपाल मगर संघ जापानका अध्यक्ष रामहरी खपाङ्गी मगरको अनुपस्थितमा अध्यक्षको कार्यवाहकको जिम्मेवारी पाउनु भएका हालका वरिष्ठ उपाध्यक्ष प्रेम प्रकाश रोका मगरले शुभकामना दिनु हुदैँ यस्ता कार्यक्रमले आफ्नो भेषभुषा जगेर्नु गर्नुका साथै विदेशमा बस्ने नेपाली दाजुभाईविच एकआपसमा भाईचाराको महत्वपूर्ण भूमिका हुने बताउनुभयो॥
कार्यक्रममा कलाकार चेतन घर्ती, रचना राना मगर, याम मगर, प्रदिप थापा, विकास फगामी मगर लगायत अन्य कलाकार र नेपाल मगर संघ जापानको साँस्कृतिक टोलीका कलाकारहरुले आफ्नो नृत्य प्रस्तुत गरेका थिए।

अनौपचारिक कार्यक्रमको सञ्चालन नेपाल मगर संघ जापानका महासचिव भिक्टर ठाडा मगरले गर्नु भएको थियो भने साँगितीक कार्यक्रमको सञ्चालन नेपाल मगर संघ जापानका कोषाध्यक्ष सविनबाबु थापा मगरले गर्नु भएको थियो।
कार्यक्रममा नेपाल मगर संघ जापानका पूर्व अध्यक्ष दिपक बुर्जा मगर सहित सल्लाहकारहरुमा चन्द्र पुन मगर लगायत टोकियो आसपासमा बसोबास गर्ने १५० जनाको हाराहारीमा मगर समुदायको उपस्थीती रहेको थियो।
स्मरण रहोस् : २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा पहिलो पटक स्थापना भएको दिनलाई मगर संघले स्थापना दिवसको रुपमा मनाउन थालेको हो।प्रथम महाधिवेशन भएको आज ४२ औं वर्ष पूरा भएर ४३ औं वर्षमा प्रवेश गरेको छ।
फागुन १५ गते यो दिवस भए पनि विदेशमा भने सबैजनाको पायक अर्थात उपयुक्त समय हेरेर राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ।जापानको ओसाकामा पनि नेपाल मगर संघ क्षेत्रीय समिती कान्साई ले पनि एक कार्यक्रम गरि नेपाल राष्ट्रिय मगर एकता दिवस मनाएका थिए ।
नेपालको सबैभन्दा पुरानो आदिवासी समुदायमध्येको एक भनेको मगर समुदाय हो।मगर समुदायका मानिसहरु प्राय: पश्चिम नेपालको हिमाली भेगदेखि काली गण्डकी नदीको ’राउण्डको बस्तीमा फैलिएर बसोबास गरिआएको इतिहासमा पाइन्छ।
यिनीहरुको पुर्खा पूर्वी-एशियाली मंगोलियन जातिका रहेका र पछि तिब्बतबाट विस्तारै सिक्किमहुँदै नेपाल भित्रिएका भन्ने जन-बिश्वास र धारणा इतिहासमा उल्लेख छ।पछि कालान्तरमा गएर मगरहरु नेपाल अधिराज्यको पुर्वदेखि पश्चिमसम्म विभिन्न ठाउँमा फैलिंदै गएको र ’जनसंख्या बढ्दै गएको तथ्यांकले देखाउँछ ।
मगरहरुको ऐतिहासिक महत्वलाई कायम गर्न ती मगर-आदिवासीको सम्झनामा प्रत्येक वर्षको फाल्गुन १५ गतेको दिन राष्ट्रिय मगर दिवस हर्ष,उत्साह,उल्लास र उमंगका साथ मनाउने गर्दछन्।