पपुवा न्यू गिनी, माघ ८ – पपुवा न्यू गिनीमा आइतबार शक्तिशाली भूकम्प गएको छ । बोगेनभिले द्वीपमा ७।९ म्याग्निच्यूडको भूकम्प गएको हो ।भूकम्पबाट भएको धनजनको क्षतिबारे विवरण आइसकेको छैन ।
भूकम्पको केन्द्र अरावाबाट ४७ किलोमिटर पश्चिमतर्फ सतहबाट एक सय ५४ किलोमिटर गहिराइमा रहेको बताइएको छ ।प्रशान्त सुनामी चेतावनी केन्द्रले केही तटीय क्षेत्र र नजिकैको सोलोमन द्वीप समूहमा सुनामीको चेतावनी जारी गरेको छ ।साभार ईमेज खबरबाट