जीवनशैली – Bihani Online
आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु
टोकियो,जापान,पुष,१७-आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२३ शुरु भएको छ।वर्षको पहिलो दिन नयाँ जोस, जाँगर र उमंग सहित विश्वभर नयाँ वर्षको स्वागत गरिदै छ ।
ग्रेगोरियन पात्रोअनुसार सन् २०२२ को विदाइ गरी २०२३ सालको स्वागतमा नेपाल सहित विश्वभर नै हर्षों उल्लासका साथ शुभकामना आदानप्रदान र विभिन्न मनोञ्जनात्मक कार्यक्रम गरी नयाँ वर्ष मनाइदैछ ।
इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् ।
यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन छ ।
इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुती लगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।विश्वभरका नेताहरुले नयाँ वर्षको शुभकामना दिँदै विश्वमा शान्ति र समृद्धिको कामना समेत व्यक्त गरेका छन् ।
साथै नयाँ वर्ष २०२३ को शुभ अवसरमा सारा संसारभरी छरिएर बस्नु भएका आमजन समुदायमा सुख, शान्ति, समृद्धि, प्रगति र दिर्घायुको कामना गर्दै यस वर्ष सबैको आरोग्यको वर्ष बनोस् भन्दै हाम्रो बिहानी अनलाईन परिवारको तर्फबाट नयाँ वर्षको धेरै भन्दा धेरै शुभकामना व्यक्त गर्दछौं ॥
जापानमा ह्याण्ड क्यास काम के हो ? जानीराखौ !!
फाईल तस्विर : डा. भूपाल मान श्रेष्ठ !!
टोकियो,जापान,आषाढ,२१-शैक्षीक अध्ययनका लागी पछिल्लो समय नेपाल देखि जापान आउने विद्यार्थीको संख्या उल्लेखिय मात्रामा बढेको छ।नेपाली विद्यार्थीको संख्या बढे संगै यहाँ विभिन्न किसिमका समस्या विद्यार्थीलाई देखा परेको छ ।
जापानमा विद्यार्थीको प्रमुख समस्या हो काम, यसै विषयमा आज हामीले जापानमा लामो समय देखि बसोबास गर्दै आउनु भएका डा. भूपाल मान श्रेष्ठ ज्यूले लेख्नु भएको आरुबाईतो अर्थात (ह्याण्ड क्यास सम्बन्धी समय सान्दर्भीक विशेष जानकारी मुलक कुरा हामीले उहाँको फेसबुकबाट जस्ताको त्यस्तै यहाँहरु समक्ष साभार गरि राखेका छौं ।आशा छ यो जानकारीमुलक लेखले धेरै हद सम्म यस्ता कुराबाट बिचलीत नयाँ तथा पुराना विद्यार्थी र डिपेन्डेन्टमा रहेकालाई सहयोग मिल्नेछ ।
डा.भूपाल मान श्रेष्ठ
जापानमा ह्याण्ड क्यास काम भनेको के हो थाहा पाई राखौं ।।
आजकाल सामाजिक संजाल या ब्यक्तिगत रुपमा पनि ह्याण्ड क्यास (Hand Cash) काम अर्थात काम गरेको तलब बैंक खातामा नभई हातमै दिने कामको खोजी गर्नेहरुको संख्या अत्याधिक देखिन्छ ।बिशेष गरी बिद्यार्थी र डिपेन्डेन्ट भिसामा रही हप्ताको २८ घण्टा भन्दा बढि काम गर्न नमिल्ने ब्यक्तिहरुबाट यस खालको अनुरोध भएको पाइन्छ ।
जापानका अधिकांश कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई बैंक मार्फत नै तलब भुक्तानी गर्छन।तर कम्पनीको अनुकुलता तथा कर्मचारीको अनुकुलता हेरेर ह्याण्ड क्यास (Hand Cash) मा तलब दिने कम्पनीहरु पनि हुन्छन् ।
बिशेष गरेर आरुबाइतो वा पार्ट टाइम कर्मचारीको हकमा यस्तो गर्ने गरिन्छ।तर कम्पनीले कर्मचारीलाई भुक्तानी गरेको तलब उसको खर्चको शिर्षकमा कुनै न कुनै रुपमा चढाउने गरेको हुन्छ ।
यदि भएको खर्च पनि रेकर्ड नराख्ने र हिसाबमा नराख्ने हो भने उसको नाफा बढि देखिने हुन्छ र सो बापतको कर कम्पनीले सरकारलाई तिर्नु पर्ने हुन्छ ।
आम्दानी लुकाई कर छली गरेको घट्ना सुन्न पाइन्छ तर खर्च लुकाई कर बढि तिर्ने गरेको भन्ने सुन्न पाइन्न।अब कुरो आयो, के ह्याण्ड क्यास (Hand Cash) काम गर्दैमा तपाईले बुझेको तलब कतै पनि रेकर्ड राखिएको हुंदैन त ? त्यसो पक्कै होइन ।
कम्पनीले हरेक बर्षको अन्तमा, आफ्नो कम्पनीमा काम गर्ने कर्मचारीहरुलाई भुक्तानी गरेको तलबको बिवरण अर्थात (क्यूयो सिहाराई होकोकु स्यो 給与支払報告書) सम्बन्धित कर्मचारी अर्थात तपाईं बसेको सिटी अफ़िसमा बुझाउनु पर्ने कानुनी प्रावधान हुन्छ।
त्यसैले, तपाईंले तलब चाहे क्यासमा बुझ्नुस चाहे बैंकबाट बुझ्नुस, कम्पनीले सिटी अफिसमा बिवरण बुझाएको खण्डमा तपाईंको तलब आम्दानी र त्यस बापत लाग्ने कर सिटी अफिसले हिसाब गरी तपाईंलाई पठाउने गर्दछ।
ह्याण्ड क्यास (Hand Cash) मा काम गरेको थिए तर नोजेइ/खाजेइ स्योमेइस्योमा त सबै देखियो र ओभरवर्कको कारण देखाएर भिषा नै बिग्रियो” भन्ने ब्यक्तिहरु पनि धेरै नै हुनुहुन्छ।
त्यसैले तपाईंले तलब क्यासमा लिने वा बैंकमा लिने भन्दा पनि तपाईंको कम्पनीले तलबको बिवरण सिटी अफिसमा पठाँउछ कि पठाँउदैन भन्ने महत्वपूर्ण कुरा हुने हुनाले ह्याण्ड क्यासमा काम गर्नु अघि उक्त कुराको निधो गर्नु आवश्यक हुन्छ जस्तो लाग्छ ।
यदि, कम्पनीले कतै पनि रेकर्ड नराखी तपाईंको तलब खर्च भुक्तानी गरेको छ भने उक्त कम्पनीले सोही अनुपातमा आफ्नो आम्दानी पनि लुकाएको हुन सक्छ ।
जुन कुरा एक न एक दिन कर कार्यालयको चेकिंगमा पत्ता लाग्ने सम्भावना हुन्छ र त्यस बखतमा तपाईंलाई पनि अप्ठ्यारो पर्न सक्छ।त्यसैले,यदि तपाईं ह्याण्ड क्यास (Hand Cash) मा तलब बुझ्दै हुनुहुन्छ भने पहिले कम्पनीसंग निधो गर्नुस कि, तपाईंको तलब बिवरण सिटी अफिसमा जान्छ कि जांदैन ?
(नोट: यो मेरो ब्यक्तिगत तथा जेइरिसीहरुसंग लिईएको जानकारी र अनुभवको आधारमा लेखिएका कुराहरु हुन, जसले गर्दा अन्जानमा दु:ख पाउने नेपालीहरु १-२ जना भएपनि कम होस भन्ने उद्देश्य सबैले लिएर यस्ता नयाँ तथा पुराना नजानेका विद्यार्थी सामु जानकारी दिनुहोला।। धन्यवाद ।)
विश्वका धनाड्य एलन मस्कले ४४ बिलियन डलरमा खरीद गरे ट्वीटर
काठमाडौं,बैशाख,१३-विश्वका धनाड्य एलन मस्कले सामाजिक सञ्जाल ट्वीटर खरीद गरेका छन् ।
अमेरिकी विद्युतीय सवारी सधान निर्माता कम्पनी टेस्ला इंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) समेत रहेका उनले विभिन्न चर्चा /परिचर्चा बीच अन्तत : ४४ बिलियन डलरमा उक्त कम्पनी खरीद गरेका हुन् ।
उनले हालैमात्र अमेरिकी शेयर नियामक सेकमा बुझाएको एउटा फाइलिङमा कम्पनीमा आफ्नो स्वामित्वबाहेकको शेयरका लागि प्रतिकित्ता ५४ डलर २० सेन्ट नगद दिने प्रस्ताव गरेका थिए ।  यो भनेको करीब ४३ अर्ब(बिलियन) डलर हो ।
उनले उक्त कम्पनीको शेयर प्रतिकित्ता ५४ दशमलव २० डलरका दरले किनेको अमेरिकी सञ्चारमाध्यम सीएनएनले आफ्नो वेबसाइटमा समाचार छापेको छ ।
उनले केही दिन अगाडि मात्र ट्वीटरको नौ प्रतिशत शेयर खरीद गरेका थिए । त्यसको लगत्तै उनले कम्पनीको सबै शेयर खरीद गरेका हुन् । टेस्ला तथा स्पेसएक्सका मालिकसमेत रहेका उनले यसअघि ट्वीटरको पुरै स्वामित्व किन्ने प्रस्ताव राखेपछि चौतर्फी चर्चाको विषय बनेको थियो ।
कम्पनीको स्वतन्त्र सञ्चालक समितिका अध्यक्ष ब्रेट टेलरले बोर्डले मूल्य, निश्चितता र वित्तपोषणमा एलन मस्कको प्रस्ताव गम्भीरतापूर्वक आकलन गरे अनुसार नै उक्त सम्झौता भएको बताएका छन् ।
ट्वीटरका सीईओ पराग अग्रवालले ट्वीटरको एक उद्देश्य प्रासंगिकता भएको र यसले दुनियालाई प्रभावित पार्ने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘हामीलाई हाम्रो टिममा गर्व छ ।’
उता मस्कले भने ट्वीटर खरीद गरेपछि दिएको पहिलो प्रतिक्रियामा वाक स्वतन्त्रता लोकतन्त्रको मुख्य अधिकार भएको उल्लेख गरेका छन् । उनले भनेका छन् ‘ट्वीटर यस्तो डिजिटल टाउन हो जहाँ मानवताको भविष्यका लागि विभिन्न मुद्दामा बहस हुन्छ । ट्वीटरमा जबरजस्त क्षमता छ ।’
ट्वीटर कम्पनीमा काम गर्न उत्सुक रहेको भन्दै उनले यसमा नयाँ सुविधा थपेर पहिलेभन्दा राम्रो बनाउन कोसिस गर्ने पनि बताएका छन् ।
उनी ट्वीटरलाई लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताका लागि एक विश्वसनीय प्लेटफर्मका रूपमा स्थापित गर्न चाहन्छन् ।  ट्विटरका सक्रिय प्रयोगकर्ता समेत रहेका उनी यसका कटु आलोचक पनि हुन् ।
उनले  अप्रिल ४ मा आफू ट्विटरको सबैभन्दा ठूलो व्यक्तिगत लगानीकर्ता हुँ भनेर खुलासा गरेपछि त्यसयता कम्पनीको शेयरमूल्य बढेको छ ।एजेन्सीहरु
उठ छोरी,उठ तिम्रो सपना पुरा हुनेछ
फाईल तस्विर!!
काठमाडौं,चैत्र,१४-छोरीलाई घरकी लक्ष्मी, जिवित देवी भनेर अहिले पनि पुजा गर्दै आइरहेका छौ।हाम्रो धर्म,रितिरिवाज चालचलन अनुसार छोरीलाई घरको इच्जत,शोभा हो भन्ने चलन छ।राजा गुणकामदेवले कुमारीलाई जिवित देवीका रुपमा पुजा गर्ने चलन चलाएका हुनाले नै रजश्वला नभएकी शाक्य वंशकी छोरीलाई अझै पनि जिवित देवी अर्थात कुमारी पुजा भनेर गर्दै, पुज्दै र मान्दै आएका छौ।हाम्रो धर्म रितिरिवाजले भगवानका रुपमा पुजा गर्ने चलन अनुसार छोरीलाई संरक्षण गरिरहेको छ।तर अहिलेको विज्ञान,प्रविधि,संचारको युगमा पनि हामी मानिस दानवका रुपमा लम्कदै गइरहेका छौ।निर्मला पन्त, भागरथी भट्टको बलात्कार पछि हत्या भएको केही बर्ष नहुदै १८ महिने बालिकाको बलत्कारको घटनाले छोरी भएर जन्मनु नै अभिशाप पो हो की भन्ने लाग्दछ ।
मन कुडिएर आउछ ,सुन्दा पनि आङ्ग नै सिरिङ्ग हने गर्दछ । यस्तो घटनाले पुरुष प्रतिको विश्वास पनि हराउन थालेको छ । मेरी छोरीको पनि त्यस्तै दुरदर्शा त हुने होइन भन्दै मनमा सन्नटा छाउने गर्दछ । मेरी छोरी, मेरी बहिनि ,सबै चेलीहरु अब जाग्नुपर्छ । सरकार बलत्कारीलाई मृत्यदण्डको सजाय होस , बलत्कारीलाई कहिल्यै राम्रो नहोस भन्दै श्राप्न मन लाग्छ । दैलेखमा ३ बर्ष देखी आफ्नै जन्मदिने बाबा बाट नै बलात्कारको सिकार बनेकी एक बालिकाले प्रहरी समक्ष गएर बाबुलाई जेल पठाउन सफल त भइन तर परिवार गाउँमा बस्नै नसक्ने अवस्थामा पुगेको छ । गाउँ समाजको तिरस्कारका कारण परिवार नै विस्थापित हुनुपर्ने अवस्थामा छ । बाबाले छोरीलाई,मामाले भान्जीलाई, दाइले बहिनिलाई ७० बर्षे वद्धालाई, ७६ बर्षे वृद्धले ३ बर्षकी बालिकालाई समेत बलात्कार गर्ने हे मानवरुपी दानवहरु, यौन पिपासुहरु तिमीहरुको लिङ्ग छेदनको कानुन बनाइयोस ।
बलात्कार र यौन हिसांका घटनाहरु हतपत बाहिर आउदैनन् , घरको इच्चत जाने डर, गाउँ समाजमा मिलेर सहेर बस्नुपर्ने भन्दै कति घटनाहरु त मिलाइन्छ पनि । बाहिर आएका घटनामा पनि हामी आफै न्याधिश बन्ने गर्दछौ । छोटा कपडा लगाएर हिड्थी ,त्यसको बानी नै गतिलो थिएन् भन्दै नानाथरिका अनुमान लगाउदै बस्ने गर्छौ। त्यसो हो भने त्यो १८ महिने दुधे बालिकालाई के देखेर बलत्कार भयो त ? हाम्रो समाज कती दुर्गन्धित भइसक्यो ,नियम कानुन भएर के गर्न कार्यान्वयन नै हदैन भने ? राज्यले खै त छोरी चेलीको सुरक्षा दिन सकेको ? कानुनी राज्य भएको देशका नागरिकले खै त कानुनको पालना गरेको ? केही बर्ष जेलपछि बलात्कारी,अपराधीलाई किन धरौटीमा रिहा गरिन्छ ? उनिहरुलाई जन्म कैदको ब्यवस्था गरियोस, मृत्यदण्ड दिने कानुन बनाइयोस होइन भने नाम मात्रको कानुनको के काम सरकार ?
हाम्रो घरपरिवार, समाज, विद्यालय बाट नै यौन शिक्षाको बारेमा ज्ञान दिन जरुरी छ । छुवाइको किसिम अर्थात ब्याट टच, गुड टचका बारेमा हाम्रा बालकालिकालाई ज्ञान दिनुपर्छ । आफन्त साथीभाइको कस्तो र कहाँको छुवाइ त्यसको असरका बारेमा ज्ञान नहुदा यौन हिंसा नजानिदो किसिमले भइरहेको हो की भन्ने पनि लाग्छ । विद्यालय, होस वा कार्यालयमा आफु माथी यौन हिसां भइरहेको छ।
उनिहरुको व्यवहारले असहजता भइरहेको थाहाँ हुदाहुदै पनि हामी दबाएर राख्छौ किनकी त्यो कुरा बाहिर आए आफ्नै बेइच्जत हुने, काम बाट निकालिने डरले धेरै घटनाहरु बाहिर आउनै सक्दैनन् । आएका घटनामा पनि हामी सत्य तत्थ्य नबुझी अनुमानका भरमा कुरा गरिरहेका ​हुन्छौ । अहिलेको पल शाह पक्राउ घटनामा पनि त्यस्तै भइरहेको छ । म माथी बलात्कार भयो न्याय देउ भन्दै प्रहरी कहाँ जादा पनि कार्यक्षेत्र नपर्ने भन्दै पिडित किशोरीलाई फर्काइनुले प्रष्ट हुन्छ हाम्रो देशको प्रहरी प्रशासनको कार्य । बलात्कार भएको ठहरिनलाई निर्मला , भागरथी जस्तै हत्या हुनुपर्ने हो त सरकार ?
१८ बर्ष मुनिका किशोरीलाई सहमतीमै यौन सम्पर्क गरेपनि बलात्कार मानिनेछ भनेर कानुनमा नै भनिएको छ । उनिहरुको निर्णय गर्ने क्षमता नहुने भएकाले नै राज्यले संरक्षण गरेको हो भन्ने लाग्छ । विभीन्न प्रलोभन र आशा देखाएर यौन सम्पर्क राख्ने अनि यौन प्यास मेटिसकेपछि आ आफ्नो बाटो लाग्ने भन्ने कुरा सुन्दा छोरी मान्छेलाई साच्चिकै उपभोग्य वस्तु अर्थात खेलौनाको रुपमा हेरिएको हो की जस्तो लाग्ने गर्दछ । मन लाग्दा सम्म उपभोग गर्ने मन लागेन भने छोडिदिने नभए हत्या सम्म गरेको घटना हाम्रो समाज प्रशस्त छन् । मानिसहरु दिन प्रतिदिन चेतनशिल भइरहेको अवस्थामा गत बर्ष भन्दा यो बर्ष बलात्कारका घटनाहरु बढिरहेको विभीन्न आँकडाहरुले देखाएको छ । मानिसमा साच्चीकै चेतना नभएर त यस्तो भएको होइन होला । होइन भने पशु र मानिसमा के फरक भयो र ?
पहुच, शक्ति र पैसाका भरमा नियम कानुन चल्ने मेरो देशमा न्यालय प्रतिको आशा जिवित नै छ । न्यालयले निश्पक्ष छानविन गर्नेछ भन्ने आशामा छौ । मान्छेका धेरै राम्रा गुण होलान तर जानी जानी गरेको एउटा गल्तीले उसको भविस्य बर्बात गर्न सक्छ । कलाकारिता , पत्रकारिता लगाएत हरेक क्षेत्रमा काममा लगाइदिने, विभीन्न अवसर दिने, पद बढाइदिने भन्दै विभीन्न सपना बुनेर त्यस क्षेत्रमा प्रवेश गर्ने नयाँ प्रवेशिकाहरु धेरै जसो यौन शोषणमा परिरहेका छन् । घरपरिवार समाजको डरले बाहिर आउन नसकेका यस्ता घटनाहरु सहन नसकेर धेरै छोरी चेलीले आत्महत्या समेत गरेको तितो सत्य हामी माझमा जिवितै छ ।
जानी जानी गल्ती गर्नु र अन्जानमा गल्ती गर्नु फरक पाटो हन् । पल शाह पक्राउ प्रक्रणमा पनि त्यस्तै भएको देखिन्छ । उनका धेरै राम्रा कार्य र बानी होलान तर बालिका संग सहमतिमा नै यौन सम्पर्क राख्दा कानुनी रुपमा अनैतिक कार्य हो भनेर ज्ञान हुदाहुदै पनि त्यस्तो कार्य गरेका छन् । गलत र सहि छुट्याउने काम कानुनको हो । हामीले विचार राख्न त पाउछौ नि तर सभ्य भाषाका प्रयोग गरेर विचार राखौ । सामाजिक संजालमा छाडा शब्दको गालीले हामीलाई कति दुर्गन्धित बनाइरहेको छ ।भावि सन्ततिलाई यौन शिक्षाको बारेमा ज्ञान दिन सकौ,मनोविज्ञान बुझेर छोराछोरी माथी साथीको ब्यवहार गर्न सके यौन हिंसामा परेका बालबालिकाले खुलेर अभिभावक समक्ष कुरा राख्न सक्नेछन् । नराम्रो घटना बाट जोगिनेछन् ।
घर बाट नै छोरीलाई बलियो बनाउन सकौ,कम बोल्ने,लजालु, भद्र स्वभावको छोरी होइन् निडर, मन नपरेको कुरामा नाइ भन्न सक्ने खुलस्त प्रष्ट बोल्न सक्ने हक्की स्वभावकी छोरी भए आफुमाथी परेको अन्याय विरुद्ध बोल्न सक्नेछिन् । अन्याय थिचोमिचो विरुद्ध पाइला अघि बढाउन सक्नेछिन् । एक छोरी, श्रीमति हुदै आमा बन्नेछिन् । श्रृष्टिमा नयाँ पालुवाको विउ रोप्नेछिन् । छोरी हुनुमा गर्व गरौ ,सानै कोपीलालाई बलात्कार गरि चुडेर फाल्ने पापीहरु विरुद्ध जाग छोरी ,तिमी महान छौ । १८ महिने छोरी जसरी तिम्रो बलात्कार पछि हत्या भएको छ । ति हत्यारालाई मृत्युदण्डको सजाय होस तिम्रो आत्माले शान्ती पावस ।
तिहार पर्व मलाई औधी मन पर्छ, सम्झनामा बाल्यकालको देउसी-भैलो
फाईल तस्विर !!
जापान,कात्तिक,१८-तिहार पर्व मलाई औधी मन पर्छ ! तिहार हिन्दु धर्मावलम्बीहरूको दशैं पछिको सबैभन्दा ठूलो पर्व हो । तिहारलाई झिलीमिलीको पर्व अर्थात उज्यालोको पर्व पनि भनिन्छ ! तिहार दशैंको पन्ध्र दिनपछि आउने पर्व हो ।
यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । हिन्दू धर्मावलम्वीले दीपावली (दिवाली)को रूपमा यस पर्वलाई धूमधाम सित मनाउँछन् । यस पर्वको नाम हिन्दी शव्दको त्योहार शव्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ। यसलाई दीपावली अनि “दिवाली” नामले पनि चिन्ने गरिन्छ।पाँच दिनसम्म मनाईने तिहारको सम्बन्धमा हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरू छन् ।
यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दू शास्त्रमा उल्लेख गरिएको छ । यसरी रहँदा–बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई “जे मन लाग्छ वर माग“ भन्दा यमुनाले “हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी-भाइ दाजु–बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस्“ भन्ने वरदान मागिन्। यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले यस प्रकारसँग भ्रातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वर दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीन काल देखि अहिलेसम्म अविच्छिन्नरूपले यो पर्व मानिँदै आएको परम्परा छ । तिहारमा पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै दिदिबहिनीले दाजुभाईलाई टिका लगाई सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ ।
“ मेरो बाल्यकालको देउसी-भैलो !”
यतिबेला म सात समुन्द्रवारी बसेर त्यही तिहारको मौसम त्यो बेलाका साथीहरुलाई सम्झन पुगेको छु, जो मेरो बाल्यकालका माया, प्रेम र सद्भाव थिए । उनीहरूको नामहरुसित मेरो नाम जोडिएर नै हाम्रा अभिभावकका मनमा नामहरुको फेहरिस्त पूरा हुने गर्दथ्यौ।हुनत, तिहारमा खेलिने देउसी-भैलो मन नपर्ने सायदै कमै मान्छे होलान्। मलाई चाडपर्व मध्य तिहार औधी मन पर्ने पर्व हो ।
सानो छँदा तिहार आउनु पुर्व देउसी-भैलो खेल्नका लागि बजाउनमा प्रयोग गरिने मादलमा खरी लगाउने, झ्याली, बाँसुरी,जस्ता विभिन्न साँस्कृतिक सामानहरुको जोहो गरिन्थ्यो! देउसी भैलो खेल्न जाँदा कोही भट्याउने, कोही गीत गाउने गथ्र्याौ। त्यसले मनमा बेग्लै आनन्द हुन्थ्यो।त्यो बेला गाँउघर तिर देउसी भैलोमा गाईने झ्याउरे लोकभाका अझै पनि याद छ ।…. खुट्टामा निल परे पर्ला झाम्रेमा ननाची छोड्दैन् जस्ता थुप्रै झाम्रे गितमा मादलको तालमा ताल मिलाई नाच्नुको आनन्द बेग्लै थियो ।
देउसी भैलो भट्याउनमा म सानै देखि अग्रपंत्तीमा उभिन्थे, मैले भट्याउदा गाँउका बुढापाका बाजे,बजैहरु अत्यन्तै सुन्नमा लालाहित हुने गर्थे,पिढीमा बसि गालामा हात राखेर सुनेको अझै पनि ति बाजे बजैहरुलाई आखाँ अगाडी झल्झल्ती देखिरहन्छु। उनीहरुले दिएको कात्तिके दक्षिणा पाँच रुपैयाँ किन नहोस् कति महंगो लाग्दथ्यो, …ल नाती नातीनीहरु सबै घरमा यसरी नै राम्ररी खेल्दै जानु भन्दै आशिष अर्ती उपदेश दिदै देउसी भैलोलाई बिदाई गरि पठाउनु हुन्थ्यो । अहिले ति अधिंकाश बाजे बजैहरुले हिमीलाई छोडेर जानुभयो, उहाँहरुको स्वर्गबास होस् यहि कामना गर्छु ।
सबैभन्दा धेरै यादगार हुने नै बाल्यकालको पल रहेछ। त्यो बेलामा खेलिने देउसी-भैलो, त्यसबाट संकलन भएको चामल, सेलरोटी, फलफूल अनी कमाएको पैसा बाँड्दा, कसले के किन्ने भन्ने हुन्थ्यो। बाल्यकालको अवस्थामा मन ज्यादै फुरुङ्ग हुने गर्दथियो ।तिहार आउँदा देउसी-भैलो खेल्ने साथीको सम्झना अहिले पनि उस्तै आउँछ। तिहारको दिन टिका ग्रहण गर्दा भरुवा बन्दुक पड्काएर यात पट्का पड्काएर यदि त्यो पनि भएन भने काठमा किलाले हल्का थोकेर त्यसमा सलाईको काँटी हालेर भएपनि पड्काईन्थ्यौं, र टिका लगाउन सुरु गरिन्थ्यौ।
दशैं आउनु पुर्व रातो माटो र सेतो कमेरोले लिपपोत गरेर घरहरु सजाईन्थे, तिहारको बेला घरको वरिपरी सयौं मैनबत्तीहरु बालेर झिलीमिली बनाईन्थ्यौ । आजभोली ति दिनहरु फेरिएका छन् । पुराना कच्ची घरहरु पक्की घर भएका छन् । रातो माटो र सेतो माटोको सट्टा विभिन्न किसिमका कलरहरुको प्रयोग भएका छन् । तिहारमा बालिने मैनबत्तीको सट्टा ईलोक्ट्रोनिकका थरिथरिका बिजुली बत्तीहरुले रातभरी गाँउ झिलीमिली पारिन्छ !
त्यो बेला पौराणीक कहाँनी सहित देउसी-भैलो भट्याईन्थ्यौ, भट्याउदा घरको मुलीलाई खुशि तुल्याउने गरि सद्भाव सम्मान पुर्वक शिष्ट भाषाहरुको प्रयोग गरि लय मिलाई भट्याईन्थ्यौ,लक्ष्मी पूजाको दिन देउसी-भैलो आउदा घरमुलीलाई पनि लक्ष्मी नै घरमा आएको अनुभुती हुने गर्दथियो ! ऊ बेला कहि कतै देउसी-भैलो आएन भने घरमुलीका आमाबुवाहरुले अतिनै खिन्नता बोध भएको मान्दथे,तिहार नै खल्लो भएको कुरा सुनाउथेँ ।
तर अहिले त्यस्तो छैन् भट्याउदा ठाडो भाषा प्रयोग हुँदै गएको छ, अहिलेका देउसी-भैलोको हर्कत देखेर कतिपय घरमुलीहरुले चोर आएको अनुभव गर्न थालिसकेका छन् ,त्यसैले सबैले देउसी भैलो खेल्दा शिष्ट भाषा प्रयोग गर्न अति जरुरी छ ।
पहिले देउसी-भैलो खेल्दा दक्षिणा हुनेले आफुखुसी दिन्थे भने नहुले फलफूलै दिएर भएपनि खुशी हुदै खुशी पार्थे,अहिलेका देउसी-भैलोमा दक्षिणा माग्ने कुरामा विकृती बढेको छ, दक्षिणा पनि तोकेरै माग्ने चलन बढेको छ, पुराना ति रितिरिवाजमा चलिआएको संस्कृतिक झल्को दिने खालको नृत्यहरु गरिदैनन्, अहिले सबै बुफर साउण्ड स्पिकरमा गित बजाएर डिस्को डान्स गरिन्छ । तर के गर्नु समय अनुसार स्विकार नै पर्छ ।
पहिलेको पो तिहार अहिलेको त के तिहार,पहिले पो रमाईलो अहिले त के रमाईलो भनेता पनि अहिले समय बदलिएको छ। समय संगै हिड्नु छ, उहिलेका बच्चाहरुले चङ्गा उडाएर रमाईलो गर्थे भने अहिलेका बच्चाहरुले ड्रोन उडाएर रमालो गर्ने समय आएको छ । समयले धेरै फड्को मारिसकेको छ ।यहि फरकता छ अहिले र पहिलेका दिनहरुमा !!
अहिले तिहारमा साथी बटुलेर देउसी भैलो खेल्न जाउँ भन्ने लागेता पनि संगैका दौतरीहरु नहुदाँ खेलिदैन, अरु खेलेको हेरेर भएपनि रमाइलो गरिन्छ।पहिला र अहिलेमा अलिक फरक हुने रहेछ। त्योबेला फुर्सदिलो थिए, अहिले व्यस्त भइयो। पहिला आफू देउसी खेलेको मन पथ्र्यौ भने अहिले अरुले देउसी खेलेको हेरेर भएपनि रमाईलो गरिन्छ,त्यो पनि विदेशको ठाँउमा देउसी भैलो खेल्न सम्भव छैन।
म सानोमा एकदमै लज्जालु, अन्तर्मुखी तर विद्रोही स्वभावको थिएँ । विद्रोही यसअर्थमा कि मलाई चित्त नबुझेको विषयमा खुलेर विचारको लाडाई गर्न पछि पर्दिनथेँ । तर पनि सानोमा मेरा धेरै साथी थिए । र, ती घनिष्ठ थिए । उमेर बढ्दैजाँदा साथीहरुको सङ्ख्या घट्दै गयो ।समय संगै सबै साथीहरु बद्लीएका छन् ।मेरा पनि नयाँ ठाँउ नयाँ साथिहरु भएका छन् । तर पनि बाल्यकालको ति रमाईला दिनहरुको यादगार आउदो नै रहेछ ।
वास्तवमा मेरो बाल्यकालका स्मृतिहरु त्यस्तै विकटतामा बितेको थियो। जहाँ मैले टुकी बालेर, मट्टितेल सकिदा ति सल्लाहका दियाँलो बालेर सिलेटमा खरिले लेखेर समेत पढेँ, आज ति दिनहरुका सम्झना झलझल्ती आईनै रहन्छ !
त्यो समयमा खोला खोल्सीमा ग्याटिसको गुलेली बोकेर चरा मार्न जानु, खोलाको पानी थुनेर पौडी खेल्नु, भरुवा बन्दुक बोकेर बाँदर खेदाउनु, अंरिगालको गोलामा आगो लगाएर झार्नु, यी जतिको मनोरञ्जन आजका भिडियो गेम, चलचित्र आदिमा सायदै पाउन सकिन्न । गोठालो गर्दै ति उकाली ओरालीमा दौडनु, सुसेल्नु, खोला खोल्सी थर्किने गरी गीत गाउनु, त्यसमा कोईली चरिको सुमधुर स्वरमा कुहुकुहको आवाजले मन चङ्गा जसरी उडिनै रहन्थ्यौ ।क्या मज्जाले मन कवित्व भएको पत्तो हुदैन् थियो ।यी जतिको आनन्द कुनै कुरामा छ त त्यो गाँउमै छ ।त्यसैले म जतिसुकै संसारभरी घुमेपनी म जन्मेको मलाई हुर्काएको मेरो जन्मभुमीको माटो, त्यहि ठाँउको मूलको पानीले प्यास मेटाउछ, र पो मलाई मेरो जन्मभुमी गाँउ प्यारो लाग्छ।
त्यो विकटतामा मलाई कम्ती सुख थिएन । केटाकेटीलाई खान लाउन भएपछि अरु केही चाहिन्न जहाँ केही पाइन्न । गोजीमा एक दुई रुपैँया पनि आक्कल झुक्कलमा हुन्थ्यौ त्यो पनि तिहार आउदा ! एक रुपैँयामा ४ वटा सुन्तला टफि किन्न पाईन्थ्यौ । आहा बाल्यकालको अबस्था क्या रमाईलो थियो घगी ॥
अन्तमा: सारा संसारभरी यत्र तत्र रुपमा छरिएर बस्नु भएका आम नेपालीजन आमाबुवा, दाजुभाई, दिदिबहिनी तथा आफन्तजन, ईष्टमित्र, साथीभाई लगायत सबैको सु-स्वस्थ्य एवंम दिर्घायुको उत्तर उत्तर प्रगतीको कामना गर्दै शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ! धन्यवाद !!
दुर्लभ सारु मगर
हाल : जापान
नेपाल घर : कैलाली
जन्मस्थान : डोटी
स्वर्गबासी चन्द्रमामा-(कथा) भुवन भट्टराई
तस्विरमा : भुवन भट्टराई (कथा लेखक)
कोहलपुर,बाॅंके,साउन,२६-चन्द्रमा-हामी बसेको यो ब्रह्माण्ड भन्दा ३,८४,४०० कि.मि को दुरिमा रहेको त्यो गोलो आकारको एक सुन्दर चम्किलो अनि चारै तिर साना गरि चम्किएका थोप्ला थोप्ला ले घेरिएर बिचमा बनेको मनमोहक त्यो चित्र कति राम्रो आहा !
यस पृथ्वीमा बस्ने प्राणी सबै त्यो चन्द्रमालाई हेर्दै मनमोहक हुनु स्वभाविक हो त्यो मनमोहक दृश्यलाई हेर्न दिनको त्यो चर्को घामको चिरेटो लाई सहदै रातको प्रतीक्षा गर्नु पर्ने जब त्यो घामको चर्को यातना पछिको त्यो सुन्दर आकृती दिनमा भोगेका सम्पुर्ण यातना बिर्साउछ । हेर्दा हेर्दै उ प्रती एक प्रकारको माया मोह बस्छ । जाउ उस्लाई भेटौ जस्तो लाग्छ , टिपेर आफ्नो दश औंलाको बिचमा राखी ओल्टाई पल्टाई खेलाउ जस्तो पनि लाग्छ उमेरले जुनसुकै वसन्त टेकेको भएपनी फेरि बालापनमै गएर रमाउन मन लाग्छ । आहा त्यो चन्दमा मेरो बालापनको “चन्द्रमामा” ।
बालापन छदा तिरको कुरा थियो जब दिन ढल्दै जान्थ्यो रात उदाउदै जान्थ्यो । एक छिन नरमाइलो जस्तो लाग्थ्यो जब मेरो चन्द्रमामा त्यो पहाड छिचोल्दै अलिकती अलिकती गरेर मलाई चिहाउदै त्यो पहाड बाट बाहिर निस्कनु हुन्थ्यो यस्तो लाग्थ्यो चन्द्रमामा मलाई लिन आउदै हुनुहुन्छ मेरो नजिकै आएर म संग कुरा गर्नु हुन्छ आहा कति रमाईलो हुन्थ्यो होला उहाको त्यो चम्किलो पन नजिकैबाट महसुस गर्न पाएको भए उहाँ म संग बोल्दिएको भए अझ उहाँ संगै जान पाएको भए । म पनि त्यो तातो धुप फाल्दै चम्किने सुर्यलाई उ त्यो पारिको डाडा बाट धकेली दिन्थे अनि म मेरो चन्द्रमामा संगै अर्को पहाड बाट बिस्तारै बाहिर निस्कन्थे अनि यो धर्तिमा कस्ले के के गरिरहेको छ म माथिबाटै नियालेर हेर्ने थियो ।
मेरो चन्द्रमामा संगै बसेर । मानिसका अनेकै सपना मध्यका यस्तो एक सपना बोलेको बालक म यो धर्तिको । तर म यो धर्तिमा बसेर यस्तै कल्पना गर्नु भन्दा त अरु कुनै उपाए पनि त छैन । यस्तै सोच्दै दिनलाई त्यो पश्चिमको पहाडबाट यी आखाले धकेल्दै त्यो पुर्वी पहाडमा मेरो चन्द्रमामा को प्रतीक्षा गरिरहन्थे । चन्दमामा आउनु हुन्थ्यो जानू हुन्थ्यो म एक्लै बोल्दै हुन्थे उहाँ चुपचाम मलाई हेरिरहनु हुन्थ्यो अनि फेरि त्यही सुर्यलाई पछ्याउँदै त्यही पश्चिमको पहाडमा लुक्नु हुन्थ्यो ।
सायद मैले उहालाई पछ्याउँदै थिए भने उहाले सुर्यलाई पछ्याउँदै हुनुन्थ्यो किनकि उहालाई मलाई मनपर्ने चम्किलो पन लिन सुर्यको आवश्यकता पर्थ्यो होला । सायद उहाहरुको पनि कुनै न कुनै सम्बन्ध छ होला र त दुबै जाना हामिभन्दा त्यति माथी गएर बस्नु भएको छ । तर म किन त्यहा जान सक्दिन किन म पनि उहाहरु जस्तै माथी बसेर यहाका मानिसहरु के गरिरहेका छन हेर्न किन सक्दिनहोला । अनि मेरो चन्द्रमामाको वरिपरि भएका ती सानासाना चम्किला बस्तु के होलाल के उहाहरु चन्द्रमामाको छोराछोरी हो ।
यदि हो भने म पनि अर्को जन्ममा मेरो चन्दमामाको सन्तान भएर उहाकै वरिपरि बसिरहन पाउ । सपनाको संसार भित्र रमाईरहेको त्यो बालक चन्द्रमामाको मा जाने बाटो खोजिगरिरहेको छ।एकदिन त त्यो चन्द्रमामा लाई भेटने अठोट लिएर बसेको छ।चन्द्रमाको चम्किलो रात अनि सुर्यको रापिलो दिन को भुमरिमा हराईरहेको एक बालक अनेकौ सपना बुन्दै त्यो मधुर आकाशलाई नियाल्दै बसेको छ ।
कुन दिनहोला त्यो चन्द्रमामाको घरमा म हुने बस यस्तै सोच्दै छ । तर यो ब्रह्माण्ड मा जन्म लिएकको एक प्रणिका लागि यो सपना एउटा सपना मात्र हुन्छ।यो ब्रह्माण्ड नै यस्तै बनेको छ यो ब्रह्माण्ड ले कसैको पनि सपना बुझ्दैन कसैको चाहानाको कदर नै गर्दैन । खाली धोका छलकपट, जालझेल, धोका र निराशा मात्रै दिएको हुन्छ कस्तो स्वार्थी यो पृथ्वी । सायद मेरो चन्द्रमामा को मा त्यस्तो छैन होला ।
त्यसैले त त्यहा चम्किने सबै बस्तु कति शान्त भएर सधै आफ्नै ठाउमा बसेर चम्किरहेका हुन्छन । कुनै कुनै बिस्तारै धिप धिप गर्दै आफ्नै ठाउमा बसेर एकाअर्का संग कुराकानी गरिरहेका हुन्छन । अनि कुनै कुनै लाई यो ब्रह्माण्डमा पनि आएर घुम्न मन लागेको हुन्छ होला र त कति हतार हतार गर्दै हामी तिरै आईरहेका हुन्छन तर यो स्वार्थी ब्रह्माण्ड ले त्यति राम्रो चम्किलो बस्तु किन देखि सहन्थ्यो होला नजिकै आउन नपाइदै बिचैमा नष्ट गरिदिन्छ ।
आखिर किन नमिलेका होलान यो ब्रह्माण्ड अनि मेरो चन्द्रमामा ? दुबै नजिकै हुने भए कति रमाईलो हुन्थ्यो होला । कहिले काहीँ भेट गर्न पाईन्थ्यो होला । यस्तै बिचार बोकेर हिडिरहेको थियो । जो कोहि संग पनि सुनाउदै हुन्थ्यो एकदिन म मेरो चन्द्रमामाको मा जान्छु अनि तिमिहरुलाई माथिबाट नियालेर हेर्छु । तिमिहरु त कतै बिलाउछौ होला सानो सानो देखिन्छौ होला चन्द्रमामाको छोराछोरी जस्तै । त्यही पनि म तिमिहरुलाई हेरेर कुरा गर्ने छु ।
यस्ता कुरा गर्दै हिड्थ्यो भेटेजती सबैलाई चकित पार्दै हिड्थो कतिलाई त यस्तो सम्म आश्वासन दिन्थ्यो कि चन्द्रमा मा जाने बाटो बनाउछु अनि मेरो पछि पछि तिमिहरु पनि आउनु संगै त्यो चन्द्रमा मा घुमेर फर्किनु पर्छ ।समय परिवर्तन हुँदै थियो समय अनुसार सबै कुरा परिवर्तन हुँदै थियो । बैज्ञानिक युग सुरुहुदै थियो यो ब्रह्माण्ड ले अब नया रुप लिदै थियो ।
अनौठा अनौठा आविष्कार हुन थालेका थिए सडक, गाडी, बिजुली, टेलीफोन आदि बिस्तारै हवाईजहाज पनि हजाईजहाज उडेको देख्दा उस्लाई लाग्छ थल्यो अब म मेरो चन्द्रमामाको मा जान सक्छु होला । तर हवाईजहाजमा चढेर फर्केका हरुले उस्लाई सुनाईदिन्थे यसमा बसेर चन्द्रमा पुग्न सकिँदैन भनेर । उस्मा केही निरासा देखिए पनि कोहि यो ब्रह्माण्ड मा रहेका घोकेबाझ बदमाश हरुले सुनाईदिन्थे हवाईजहाज बाट चन्द्रमा मा पुग्न सकिन्छ ।
त्यसपछी उस्को आशा शिखर त्यसै त्यसै उचालिएर चन्द्रमा नजिकै नजिकै पुग्थ्यो । निकै मेहनत गरि त्यो हवाईजहाज चढ्ने सपना देख्न थाल्यो र एकदिन जसो तसो हवाईजहाज चढ्यो तर त्यसरी पनि चन्द्रमामा पुग्ने सपना पूरा हुन सकेन । अब उस्को आशा निराशामा परिणत हुँदै गयो यो जुनिमा चन्द्रमामा को मा पुग्ने सपना अधुरो हुने पक्का भयो भन्दै अर्को जुनि को तपस्या गर्न थाल्यो ।
तर यो ब्रह्माण्ड मा बस्ने त्यस्ता राक्षस मानव जो बैज्ञानिक भनिन्थ्यो उनिहरुले यस्तो बस्तु निर्माण गरे जुन बस्तुको प्रयोग गरेर चन्द्रमा पुग्न सकिन्छ । त्यहा अवलोकन गर्न सकिन्छ भन्ने कुरा कि निश्चित भयो । जब यो कुरा उस्को कानमा पुग्यो उस्को खुसिले यसपटक चद्रमाको स्पर्श सम्म गरिसक्यो । अब सपना साकार हुने भो म पनि मेरो चन्द्रमामा को मा पुग्ने भए यो धर्तिमा भएको सम्पुर्ण कुरा लाई म धेरै माथी बसेर नियाल्न पाउने भए ।
खुसिको सिमा नै रहेन सबैलाई म चन्दमा मा जान्छु भन्ने हल्ला गर्दै हिड्न थाल्यो । अनावश्यक खुसी फिजाउदै रमाउन लाग्यो यस्तै लाग्दै थियो कि उ यति बेला चन्द्रमा मा पुगि सकेको छ । यसै बिच चन्द्रमा को पहिलो यात्रा तय गर्ने कुरा निश्चित भयो पहिले को जाने भन्ने कुरा व्यापक रुपमा फैलियो ।
यात्रा मा कुनै पनि बाधा थिएन तर उ जति अगाडि बढ्दै थियो कतै मानिस रोई रहेको कराई रहेको हारगुहार गरे जस्तो अनुभवले उस्लाई छुदै जान्थ्यो यो के हो उस्ले पत्तोइ पाउन भने सकेन । उस्ले सोच्न थाल्यो ब्रह्माण्ड मा भन्दा यो चन्दमामा अझ धेरै बाधा, दुख, छल कपट छ कि जस्तो तर उ जति जति चन्द्रमा को नजिकै पुग्दै थियो उस्ले सोचेको भन्दा धेरै फरक आकृती उस्को आखाको नजिक नजिक हुदौ थियो उस्ले ब्रह्माण्ड बाट नियालेको चन्द्रमा र नजिकै पुग्दै गर्दाको चन्द्रमा धेरै फरक देखिदै थियो ।
सोचेको भन्दा फरक अझै राम्रो । बादल भित्र सुन्दर बस्ती जस्तो ठुला ठुला जिउ गरेका मान्छे जस्ता के होलान उ आश्चर्य पर्न थाल्यो । उ नजिकिदै थियो चारै तिर चम्किलो सुन्दर बस्तिनै बस्ती जिउभरी गरगहनाले धपक्क बलेका मान्छे हरु त्यो देख्दा उस्लाई लाग्यो चन्द्रमामाका पनि सन्तान त रैछन नि आखिर मैले पृथ्वी बाट देखेको कुरा साचो रहेछ । उसले फेरि पृथ्वी बाट टाउको उठाएर चन्द्रमा लाई हेरेको जस्तै हेर्ने कोसिअ गर्छ ।
अचम्म उस्ले फेरि अर्को चन्द्रमा उत्तिनै माथी देख्छ । उस्लाई एकछिन आफ्नो सपना टुटेको जस्तो लाग्छ म कहाँ छु के यो चन्द्रमा होईन यदि यो चन्द्रमा हो भने त्यो माथी देखिने के हो त? उस्को मनमा प्रश्नको भण्डार उत्पन्न हुन्छन उस्को आखामा एकछिन अन्धकार छाउछ । फेरि उस्ले पुन आफू आएकै बाटो भएर फर्किने निर्णय लिन्छ र फर्कन खोज्छ । तर केही ठुला जिउ भएका मानिसहरु उस्लाई स्वागत गर्न भनी आउछन । उस्लाई यो चन्द्रमा नै हो भनी विश्वास दिलाउछन र भव्य स्वागत गरि भित्र लैजान्छन । जति भित्र जान्छ उतिनै सुन्दर दृश्य अनि उतिनै सुन्दर मानिस हरु । उस्लाई अचम्म लाग्छ यो मान्छे हरु हाम्रो पृथ्वी तिर भ्रमण गर्न कहिल्यै जादैन्न होला ।
गएको भए कहिले काहीँ देख्नु पर्ने यति सुन्दर मान्छे हरु उता पनि कहिल्यै देखिन टोलाउदै सबैतिरको सुन्दरता मा मख्ख पर्छ । त्यतिकै मा एकजना लाई उस्ले प्रश्न गर्न सम्म भ्याउछ ! तपाईं हाम्रो पृथ्वी मा भ्रमण गर्न जानू भएको छ ? जवाफमा उस्ले भन्छ म पनि पृथ्वी बाट नै आएको छु बाबू धेरै पहिले त्यहा भन्दा यहाँ धेरै सुन्दरता छ यहाँ आएपछि मलाई फर्किन मन लागेन त्यसैले अब सधैको लागि यतै बस्ने बिचार गरेको छु बाबु । तपाईलाई पृथ्वी को याद आउदैन त ? आउँछ बाबू नजिकै त छ याद आयो भने यसरी हेर्छु भन्दै जमिन तिर देखाउछ ।
उ नजिक नजिक गयो जति नजिकै जाँदै थियो उ त्यति आश्चर्य हुँदै थियो किनकी उस्ले चिनेका मानिसहरु उस्के नजर भित्र पर्दै थिए । अब त उस्ले राम्रो संग चिनिसक्यो कि उस्ले केही वर्षा अगाडिमात्र गुमाएको आफुलाई निकै माया गर्ने हजुरबुबा लाई । उस्ले बोलाउन खोज्यो तर सकेन । तर हजुबुबाले नै उस्लाई अंगमाल गर्नु भयो तर हजुरबुबा निकै खुसी देखिनु हुन्थ्यो । उ एक छिन अचेत भयो । जब उस्लाई होस आयो उस्ले पृथ्वी बाट गुमाएर सम्पुर्ण आफ्ना पृय मान्छे लाई एकाएक आफ्नो आँखा आगाडी पाउन थाल्यो । उस्को सम्पुर्ण परिवार नै जम्मा भएको जस्तो वातावरण भयो ।
यो कथा लेखी सक्दा राती को १:०६ मिनेट गएको छ । कथा लेखी सके पछि मैले एकछिन आफैलाई सोचे कि म पागल त भईन म यो के लेख्दै छु । के मैले यो लेख्नै पर्ने कुरा लेखेको हो त? किन मेरो मनमा यस्तो कुरा आयो । यो कथा लेखिसकेपछी मैले एकपटक पनि पढ्ने कोसिस गरेको छैन । कृपया कहि कतै गल्ती भएको होला सच्याउने मौका दिनुहोला । तपाईहरुको प्रतिक्रिया सुन्न लाई एकदमै आशाबादी भएर बसेको छु । ०१:११ am | धन्यवाद ।
https://www.facebook.com/BhuVan.Official1
मदरसाद्वारा गरियो खजुरामा सामाजिक परिक्षण
खजुरा(बाँके), बैशाख,३०-
मदरसा इस्लामिया मसउदिया रजाउल उलुम खजुरा गाउँपालिका ७ सोनपुर बाँकेले सोमबार पहिलो पटक सामाजिक परिक्षण गरेको छ ।
धार्मिक शिक्षा सिकाउनको लागि मुस्लिम समुदायको आर्थिक सहयोगमा २०६३ सालमा स्थापना भएको उक्त मदरसाले आज एक कार्यक्रमको आयोजना गरी सामाजिक परिक्षण गरेको हो । कक्षा २ सम्मको कक्षा सञ्चालन गर्ने स्विकृति पाएको मदरसामा २ जना शिक्षक र १ जना धार्मिक गुरु (मोलबी) रहेका छ्न् ।
फेल्म नेपाल, संस्थागत बिकास सञ्जाल ललितपुरको सहयोग तथा जनजागरण समाज खजुराको ब्यवस्थापनमा भयको सामाजिक परिक्षणमा बोल्दै खजुरा गाउँपालिका शिक्षा शाखाका स्रोत ब्यक्ति टंकनाथ दाहालले मदरसाहरुको शैक्षिक सुधार गर्न योजना बनाएको बताउनुभयो ।
उहाँले ५ बर्षमुनिक बालबालिकालाई घरमै राखे अभिभावकलाई पनि कारबाहीको दायरामा ल्याइने बताउनुभयो । खजुरा गाउँपालिकाले यही असार मसान्तसम्म साक्षर घोषणा गर्ने गरी तयारी गरिरहेको स्रोत ब्यक्ति दाहालले बताउनुभयो ।
यस आर्थिक बर्षमा ४ लाख १ हजार ३ सय ९८ रुपैयाँको आम्दानी खर्च विवरण पनि सार्बजनिक गरिएको मदरसाका प्रधानाध्यापक बिष्णु कुमारी भुर्तेलले जानकारी दिनुभयो । मदरसा ब्यवस्थापन समितिका अध्यक्ष मो.जाकिर खाँको अध्यक्षतामा भएको सामाजिक परिक्षणको जनजागरण समाजका ब्यवस्थापक राम बहादुर पुनले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो।
१२ वर्षमा घर छोडेकी अन्जु अहिले युवाहरुको पेरणाको स्रोत बन्दै
नेपालगन्ज,बैशाख,२८-
२५ वर्षीय अन्जु न्यौपाने पछिल्लो समयमा युवाहरूको लागि प्रेरणाको गतिलो स्रोत बनेकी छन।
वि.सं. २०५१ साल जेष्ठ ३१ गते बुवा देविलाल न्यौपाने र आमा पुष्पा न्यौपानेको कोखबाट बर्दियाको बांसगडीमा पहिलो सन्तानको रुपमा अन्जुको जन्म भएको थियो।
उनले कक्षा ७ सम्म बांसगडिमै पढिन। कक्षा ७ मा पढ्दा पढ्दै उनलाई अचानक मुटु सम्बन्धि रोगको समस्याले ग्रसित बनायो। मध्यम वर्गीय परिवारमा जन्मेकी उनलाई मुटु सम्बन्धी समस्याले सताए पछि उनको परिवारलाई निकै दुखी तुल्यायो।
मुटु सम्बन्धी समस्याले ग्रसित भएपछि उनले आफ्नो पढाई अगाडि बढाउन सकिनन। त्यसपछि उनले आफ्नो मुटुको समस्याको कारणले परिवार दुखी भएको हेर्न सकिनन। १२ वर्षको उमेरमै केही गर्छु र आफै आफुलाई रहेको मुटु सम्बन्धी समस्या निराकरण गर्छु भनेर काठमाडौं हिडिन।
काठमाडौँ पुगेपछि अन्जुले अंकलले आश्रममा बस्ने व्यवस्था मिलाई दिए। बिस्तारै उनी आश्रमकै सहयोगमा विभिन्न सामाजिक कार्यमा संलग्न हुँदै गइन। उनको बाल्यकाल विभिन्न जिल्लाका आश्रममै बित्यो। आश्रममा दिनहुँ जसो उनले गर्ने योग अनि मेडिटेसनले गर्दा उनको मुटु सम्बन्धि समस्या बिस्तारै निराकरण हुँदै गयो। अत्याधिक उनले गर्ने योग र मेडिटेसन अभ्यासले अन्ततः उनी उक्त समस्याबाट मुक्त भइन।
समस्याबाट हार नखाई समस्या मुक्त गराउन सफल भएपछि उनले थुप्रै सामाजिक संस्थामा काम गर्दै गईन। युवाहरुलाई मोटिभेसन कुराहरु सिकाउँदै गईन। माइल्स नेपाल,जेसीस,कर्मचारी संघ जस्ता सामाजिक संस्थामा काम गरिसकेपछि उनले आफ्नो पढाईलाई पुन सुरु गर्ने उद्देश्यले अहिले उनले स्टाफ नर्स कोर्ष समेत पूरा गरिसकेकी छिन।
अन्जु अहिले सामाजिक काम गर्ने उद्देश्यले स्थापित संस्था `उडान नेपाल´को संरक्षकको रुपमा रहेकी छन। उडान नेपालले पछिल्लो समयमा थुप्रै सामाजिक कार्यहरु गर्दै आएको छ। निशुल्क रुपमा महिलालाई प्याड बनाउने तालिम, ट्राफिक नियम सम्बन्धी जनचेतना कार्यक्रम , विभिन्न करिअर काउन्सिलिङ अनि मोटिभेसन सेमिनार कार्यक्रम अन्जुकै संरक्षणमा उडान नेपालले सम्पन्न गरिसकेको छ।
अन्जु पछिल्लो समयमा युवाहरूलाई बिभिन्न प्रेरणादायी कुराहरु सिकाउने गर्छिन। जसले गर्दा जति ठूलो समस्या आएपनी न आत्तिकन समस्यासँग लड्न सके समस्यालाई जित्न सकिन्छ भन्ने कुरा युवाहरुले सिक्ने अवसर पाएका छन। अन्जु अब छिट्टै आफ्नो जिवनको संघर्ष अनि आफ्नो जिवनको उतारचढाव सम्बन्धी किताब समेत निकाल्ने तयारिमा रहेकी छिन।
गुड न्यु आइटिसी ट्रेनिङ्ग सेन्टर तथा ब्युटी पार्लरको ९ दिने तालिम सम्पन्न
नेपालगन्ज,चैत्र,२४-
नेपालगन्जमा ९ दिने ब्युटी पार्लर तालिम आइतबार सम्पन्न भएको छ।
गुड न्यु आइसिटी ट्रेनिङको आयोजनामा पार्लर सम्बन्धी स्किन कक्षा र सौन्दर्य तालिम सम्पन्न भएको हो।
रसिया तथा भारतमा तालिम प्राप्त काठमाडौंकि मेकअप आर्टिष्ट पुनम श्रेष्ठ र कस्मोलोजिष्ट बिमला रोजाईद्वारा उक्त तालिम दिइएको गुड न्यु आइसिटीकी सन्चालिका गीता भण्डारीले बताईन।
स्किन क्लास तालिम ४ दिन र मेकअप क्लास ५ दिन भएको मेकअप आर्टिष्ट तथा प्रशिक्षक पुनम श्रेष्ठले बताईन।साथै यस ट्रेनिङबाट उत्कृष्ट हुने १ जनालाई     पुनम मेकअप ट्रेनिङ सेन्टरको तर्फबाट फ्री कोर्स  दिने पनि प्रशिक्षक श्रेष्ठले जानकारी दिइन।
तालिममा बाँके , सुर्खेत र बर्दियाका गरी ३१ जनाले सहभागीता जनाएका थिए। समापन कार्यक्रममा सहभागीहरुबीच सौन्दर्य प्रतिस्पर्धा गराइएको थियो। प्रतिस्पर्धाबाट निलम श्रेष्ठ प्रथम, ममता गिरी दोस्रो र पुर्णिमा पौडेल तृतीय भएका थिए।
उत्कृष्ट तीन जनालाई गुड न्यु ट्रेनिङ्ग सेन्टरको तर्फबाट      आकर्षक उपहार दिइएको उक्त पार्लरकि अर्कि सन्चालिका सुधा गिरीले जानकारी दिइन।
९ दिनको तालिमबाट आफुले पुर्ण रुपमा सौन्दर्य सम्बन्धि धेरै कुराहरु सिकेको सहभागीहरुले बताए।
यस भन्दा अगाडि धेरै निशुक्ल तालिमहरु दिसकेको र महिलाहरु आफैमा पार्लर सम्बन्धी सीप सिकेर आत्मनिर्भर रहुन भन्ने उद्देश्यले उक्त तालिम गराइएको सन्चालिका भण्डारीले बताइन।
नेपालगन्जमा एक महिने हाते कढाई तालिम सम्पन्न
नेपालगन्ज,चैत्र,२२-
एक महिने हाते कढाई तालिम शुक्रबार नेपालगन्जमा सम्पन्न भएको छ।
टच नेपालको आयोजनमा सन्चालन भएको उक्त तालिम शुक्रबार समापन भएको हो।
तालिममा सहभागी १० जनालाई प्रमाणपत्र बितरण गर्दै वडा नम्बर १३ का अध्यक्ष डाँगीले भने,”महिलाहरुको आय आर्जनको रुपमा यस तालिमले निकै नै महत्वपूर्ण भुमिका खेल्ने छ। साथै सिकेको सिपलाई हामीले व्यवहारमा उतार्न सक्यौं भने अरुमा आश्रीत हुनु पर्दैन।”
टच नेपालका अध्यक्ष पुर्ण प्रकाश डाँगीको अध्यक्षताको सम्पन्न भएको उक्त कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष बिरेन्द्र बहादुर शाह, वडा नम्बर १३ कै वडा सदस्य पुष्पा भट्टराई लगायत प्रशिक्षार्थी गरि करिव २० जना भन्दा बढिको सहभागी रहेको थियो।
तालिममा सहभागी मध्ये एक प्रशिक्षार्थी चन्द्रा केवटले भनिन,”पहिले हामीलाई केही पनि आउँदैनथ्यो तर अहिले यस तालिमबाट आफ्नै हातले धेरै सीप सिकेका छौँ र तालिमले गर्दा आत्मनिर्भर बन्ने हौसला मिलेको छ।”
उक्त तालिम प्रशिक्षक संगिता गौतमद्वारा दिइएको थियो। तालिमबाट १० जनाले प्रत्यक्ष रुपमा लाभ लिएको प्रशिक्षक गौतमले जानकारी दिइन।