पर्यटन – Bihani Online
“मोना” फेस्टिवलको तयारी पूरा, JRF को मेम्बर बन्दा विशेष उपहार
फाईल तस्विरमा क्यामेरा म्यान : किरण सुवेदीबाट साभार ॥
टोकियो,जापान,बैशाख,१४-मोना ईतावासी नेपाल फेस्टिवलको तयारी पूरा भएको छ।
म्याग्दी प्रवासी संघ नेपाल (मोना) जापानले टोकियोको ईतावासीमा भोली २७ र २८ तारिख शनिवार र आईतवारका दिन गर्न लागेको म्याग्दी (मोना) ईतावासी नेपाल फेस्टिवलको तयारी पुरा भएको बताएको छ।
आयोजकका अनुसार नेपाली खानपिन, कला, सँस्कृति एवं पर्यटन, धार्मिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिकको बारेमा जापानी समुदायकाबीच प्रवर्धन गर्ने उद्देश्यले फेस्टिवलको आयोजना गरेको जनाएको छ ।
फेस्टिवलमा एक दर्जन बढी नेपाली रेष्टुरेण्ट र जापानीज रेष्टुरेण्ट रहने आयोजकले जनाएको छ।उक्त दिन नेपाली संस्कृती परम्परा अनुसारका स्वादिष्ट खाना र जापानीज परम्पराका खानाहरुको स्वाद लिन पाईने छ।साथमा दुई वटा रेमिट्यान्सको स्टल पनि रहने छ।
फेस्टिवलमा दुवै देश नेपाल र जापानको संस्कृती झल्किने सांगितीक कार्यक्रम पनि हुने आयोजक परिवारले जनाएको छ।
यता :“जापान रेमिट फाईनान्सले” मोना (म्याग्दी) ईतावासी नेपाल फेस्टिबलमा आएर जेआर एफ (JRF) को सदस्य (Member) सहजै बन्न सकिने बताएको छ।फेस्टिवलमा आएर मेम्बर बन्दा लक्कि ड्र मार्फत विशेष उपहारहरु जित्न सकिने जनाएको छ।तर मेम्बर बन्दा जो कोहि पनि खाली हात फर्किन नपर्ने जापान रेमिट फाईनान्सले बताएको छ।
यस रेमिटले जापानमा विगत एक दशक भन्दा बढी समय देखी उच्च विनिमय दरमा १६४ मुलुकका नागरिकलाई सेवा दिदै आईरहेको छ।
यस फेस्टिवलबाट अझै बढी भन्दा बढी नयाँ सदस्य बनाउने  र सबैलाई “रेमिट गरौं” भन्ने सन्देश दिने अपेक्षा राखेको “जापान रेमीट फाईनान्सले”जनाएको छ।
यसैबिच : टोकियोको ईतावासीकु टोकिवादाईमा हुने म्याग्दी (मोना) ईतावासी नेपाल फेस्टिवलमा सबैजना जापानमा बस्ने प्रवासी नेपाली समुदायलाई उपस्थीतीको लागी आयोजक परिवारले अनुरोध गरेको छ।
साथै सकिन्छ भने आफूले चिने जानेको जापानीज साथीलाई पनि फेस्टिवलमा ल्याएर आउन आयोजकले अपिल गरेको जनाएको छ।
यो पनि पढ्नुहोला ।। जापान रेमिट नै किन रोज्ने ।।
काठमाडौं आसपासका गन्तव्य उजागर गर्दै सोट्टो नेपाल
काठमाडौं,असोज,८-आन्तरिक पर्यटन प्रवद्र्धनको शिलशिलामा देशव्यापी ख्याती कमाएको सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो) नेपालले काठमाडौंबाट नजिकको दूरीमा रहेको सुन्दरीजल देखी सिन्धुपाल्चोकको धाप ड्यामसम्मको एक दिवसीय पदयात्रा-२०८० गरेको छ।
लुकेका गन्तव्यलाई उजागर गरेर आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले पर्यटन संस्था सोट्टो-नेपालले सरकारका विभिन्न निकायसँगको सहकार्यमा काठमाडौंदेखि सिन्धुपाल्चोकसम्मको गन्तव्यलाई उजागर गर्ने काम गरेको हो।२७ सेप्टेम्बरमा पर्ने ४४ औं विश्व पर्यटन दिवसको अवसर पारेर सोट्टो नेपालले गोकर्णेश्वर नगरपालिका र मेलम्ची नगरपालिकासँगको सहकार्यमा पदयात्रा गरेको हो।
पर्यटनमा पर्यावरणमैत्री(हरित) लगानी नारा रहेको यसपालीको विश्व पर्यटन दिवसको अवसरमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भित्रका सम्पदाहरुको अध्ययन, अवलोकनसँगै सुन्दरीजल-मुलखर्क-धाप ड्याम हुँदै प्रकृति रिसोर्ट हैबुङमा पुगेर पदयात्रा सम्पन्न भएको हो।
राजधानी काठमाडौबाट नजिकै रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रका विविधताको मनोरम दृष्यसँगै पदयात्रा गरिएको हो। आवश्यक प्रचार प्रसारको अभावमा यो क्षेत्र पर्यटकीय दृष्टिले अझै ओझेलमा रहेको छ भने काठमाडौंको व्यस्त दैनिकिबाट केही समयका लागि आनन्द लिन जो कोहीलाई पदयात्रा सफलीभुत हुने सोट्टो नेपालका अध्यक्ष भुवनबहादुर पाण्डेले बताउनुभयो।
राजधानीबाट नजिक रहेको गन्तव्यलाई प्रवद्र्धन गरेर आन्तरिक पर्यटक बढाउँदै स्थानीयलाई अधिकत्तम लाभ दिने योजनाअनुरुप सोट्टोले हरेक वर्षजस्तै गरी यो वर्ष पनि पदयात्रालाई निरन्तरता दिएको अध्यक्ष पाण्डेले बताउनुभयो।
अध्यक्ष पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्डसहितको सहयोगमा संस्थाले हरेक वर्ष आन्तरिक पर्यटन प्रवद्र्धन र स्थानीयलाई फाइदा दिने विविध कार्यक्रम गरिरहेको जानकारी दिनुभएको छ।पर्यटनको दीगो संरक्षण, प्रकृति प्रदुषण कम गर्दै स्थानीयलाई जागरुकतासँगै रोजगारी, प्रकृति र संस्कृतिको जगेर्ना, पाहुनालाई भगवान् सरहको आतिथ्य सत्कारसहित पर्यटन प्याकेज विकास गर्न सोट्टो-नेपाल लागिपरेको अध्यक्ष पाण्डेले बताउनुभयो।
पदयात्रा समापन कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्ची नगरपालिका प्राकृतिक, सांस्कृतिक र धार्मिक बिविधताले भरिपूर्ण रहेकाले संघ, प्रदेश सरकारलाई बजेट बढाउन आग्रह गर्दै व्यवसायीलाई लगानी बढाउन आग्रह गर्नुभयो।
नगरका १३ वडा मध्ये ५ वडालाई पर्यटन प्रवद्र्धनका लागि नमूना वडाका रुपमा छनौट गरेको जानकारी दिँदै प्रमुख तामाङले नगर भित्र आउने लगानीको सुरक्षा दिन आफूहरु तयार रहेको बताउनुभयो।पालिकाकी उपप्रमुख उमा प्रधानले लुकेछिपेका प्रसिद्ध पर्यटकीय स्थलको उजागर गर्ने सोट्टो नेपालको काम सह्राहनीय रहेको बताउनुभयो।
काठमाडौंबाट नजिक रहेका यस्ता गन्तव्य प्रचारप्रसारको पर्खाइमा रहेको भन्दै ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको प्रवद्र्धन गरेर आन्तरिक पर्यटकलाई आकर्षित गर्ने कार्य गर्न सबैको समन्वय आवश्यक रहेको उपप्रमुख प्रधानको भनाइ छ।पदयात्रा कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सदस्यहरु, पर्यटन कार्यालयका प्रतिनिधिसहित १ सय भन्दा बढी व्यवसायी, सरकारी प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाले धनी छ।तर भएका स्रोत र साधनको उचित प्रचार प्रसार र प्रवद्र्धन हुन नसक्दा सबै ओझेलमा परेको भन्दै सोट्टो नेपालले हरेक वर्ष विश्व पर्यटन दिवसको अवसरमा पदयात्रा कार्यक्रम गर्दै आएको छ।
सम्पदाहरु ओझेलमा पर्दा एकातिर नेपालीहरु गाउँमै रोजगारी पाउनबाट वञ्चित हुनुपरिरहेको छ भने अर्कातिर आयआर्जन पनि हुन नसकिरहेको यथार्थलाई मनन गर्दै सोट्टोले देशका कुना कन्दरामा पुगेर आन्तरिक पर्यटनको प्रचार प्रसार र प्रवद्र्धनसँगै तिनीहरुको उजागर गर्ने काम गरिरहेको छ। मुगुमा अवस्थित रारा तालको प्रवद्र्धन सोट्टोले आजसम्म गरेकोमध्ये सबैभन्दा सफल प्रबद्र्धनात्मक कार्यक्रम हो।
कञ्चनजंगा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्यो
काठमाडौं,कात्तिक,११-विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजंगा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुन थालेको छ ।
लामो समयसम्म सुनसानजस्तै रहेको कञ्चनजंगा क्षेत्रमा पर्यटक आगमनले पर्यटन व्यवसायी उत्साहित भएको पर्यटन व्यवसायीहरु बताउँछन् ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ क्याप्ला, फले, घुन्सा, खाबाजेन तथा लोनाकजस्ता उच्च हिमाली बस्तीका समुदायको मुख्य आम्दानीको स्रोत पर्यटन व्यवसाय हो ।
व्यवसायीहरु पर्यटक आगमनसँगै उत्साहित भएका छन्। कञ्चनजंगा आउने पर्यटक लक्षित गरेर कञ्चनजंगा हिमालको आधार शिविर जाने पदमार्गमा ५२ होटल सञ्चालनमा रहेको कञ्चनजंगा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ।फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा सात करोडभन्दा बढीको लगानीमा बनेको सिङ्गी नामजोङ होटल सञ्चालनमा छ ।
समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरदेखि चार हजार पाँच सय मिटर उचाइमा एक करोडभन्दा बढी लगानीमा बनेका चार होटल सञ्चालनमा रहेको कञ्चनजंगा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले बताउनुभयो ।
अन्य होटल ८० लाखदेखि बढीको लगानीमा सञ्चालनमा छन् । लामो समय कोरोनाका कारण बन्द होटल अहिले भरिभराउ छन् ।
आजदेखि राति १२ बजेसम्म आन्तरिक उडान सञ्चालन गर्ने तयारी
भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याउने निर्णय प्राधिकरणले गरेको हो ।
यसले काठमाडौं विमानस्थलको उडान चापको व्यवस्थापन हुने विश्वास प्राधिकरणको रहेको छ ।
आगामी जेठ २ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा पनि त्रिभुवन विमानस्थल तथा भैरहवाको गौतम वुद्ध विमानस्थलबाट २४ घण्टे उडान सञ्चालन गरिने पनि प्राधिकरणले जनाएको छ । २४ घण्टे उडान तालिका लागू भएपछि यात्रुहरुले विमास्थलमा अनावश्यक समय पर्खनु नपर्ने दाबी पनि प्राधिकरणले गरेको छ ।
काठमाडौं विमानस्थलमा अहिले दैनिक दुवैतर्फी उडान ४२० वटा भइरहेको छ । विमानहरुले अवतरण र उडानका लागि घण्टौं पर्खनु पर्ने अवस्था रहेको छ ।
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल वैशाख ८ गतेदेखि सञ्चालन हुँदै
काठमाडौं,बैशाख,४-निर्माण कार्य सम्पन्न भई व्यावसायिक उडानको पर्खाइमा रहेको भैरहवाको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग यही वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी दिइएको छ ।
यसैगरी मन्त्री आलेले कोरोना संक्रमण दर निकै कम भएको र जोखिम पनि घटेकाले अब विमानस्थलको सेवा २४सै घण्टा सञ्चालन गराउनसमेत नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् ।
पुरानो एक हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अब तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा ल्याउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीवकुमार अधिकारीले जानकारी दिनुभयो।
उहाँका अनुसार बुद्ध, यति, श्री, गुण र सौर्य गरी पाँच एयरलाइन्सले सो विमानस्थलमा आन्तरिक उडान शुरु गर्नेछन् । अन्तरराष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्ध जयन्तीका दिनदेखि शुरु हुने प्राधिकरणले जानकारी दिएको छ ।
यसैगरी अर्को ठूलो अन्तरराष्ट्रिय विमानस्थल पोखरा अन्तरराष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधारको काम पनि लगभग सकिएको तथा आगामी दशैंसम्ममा उक्त विमानस्थलबाट पनि अन्तरराष्ट्रिय उडान गर्ने गरी काम शुरु भएको बताइएको छ ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि नजिकै रहेको ल्याण्डफिल्ड साइट हटाउने कार्य र पूर्वतिरको रिट्ठेपानी डाँडा कटानको काम मात्र बाँकी रहेकाले उक्त काम सकिएलगत्तै अन्तरराष्ट्रिय उडान शुरु गरिने महानिर्देशक अधिकारीले बताउनुभयो।
उहाँले भन्नुभयो, ‘हामी अबको १५ देखि २० दिनभित्रमा रिट्ठेपानी डाँडा कटानको काम सुरु गर्नेछौँ र कटान दुई महीनामा सक्ने लक्ष्य राखेका छौँ ।’नेपालमा कोरोना भाइरस करीब करीब अन्त्य हुँदै गएपछि हवाई उडानको चाप बढेसँगै अब प्राधिकरणले अन्तरराष्ट्रिय विमानस्थललाई २४सैं घण्टा सञ्चालन गर्ने योजना बनाएको छ । रासस
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल : जेठ २ देखि व्यावसायिक उडान शुरू हुँदै
काठमाडौं,फागुन,६-नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी बुद्धजयन्ती (जेठ २ गते)देखि भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान शुरू गर्ने भएको छ। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार विमानस्थलको व्यावसायिक सञ्चालन गर्नुपूर्व एरो थाईले शुक्रवारदेखि परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) गर्दै छ ।
क्यालिब्रेशन फ्लाइट सम्पन्न भएपछि व्यावसायिक उडानका लागि एक समिति गठन गरिएको छ।उक्त समितिलाई जेठ २ देखि व्यावसायिक उडान शुरू गर्नेगरी काम गर्न जिम्मेवारी दिइएको उहाँले बताउनुभयो।निर्माण शुरू भएको झन्डै ७ वर्षमा उक्त विमानस्थलमा परीक्षण उडान हुन लागेको हो । थाइल्यान्डको एयरलाइन्स कम्पनी एरो थाईले १० दिनसम्म परीक्षण उडान गर्नेछ ।
जेठदेखि व्यावसायिक उडान शुरू गर्ने योजनाअनुसार एरो थाईको एउटा विमानले शुक्रवारदेखि फागुन १५ गतेसम्म परीक्षण उडान गर्ने विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले पुष्टि गर्नुभयो । विमानस्थलले परीक्षण उडानका लागि बिहान १० बजेदेखि साँझ ५:३० बजेसम्म समयतालिका राखेको छ ।
परीक्षण उडान दैनिक ६ देखि ८ पटकसम्म हुनेछ । यसैगरी बिहान १० देखि बेलुका साढे ५ बजेसम्मका लागि भने भैरहवास्थित उक्त विमानस्थलमा आन्तरिक एयरलाइन्स कम्पनीले उडान गर्न पाउने छैनन् । दाहालका अनुसार एरो थाईले परीक्षण उडान गर्ने समय दिउँसो रहेकाले उक्त समयमा उडान गर्न रोक लगाइएको छ । शुक्रवारदेखि १० दिनसम्म आन्तरिक उडान बिहान र बेलुका (५ बजेपछि) गरिने तालिका बनाइएको उहाँले जानकारी दिनुभयो ।
बेलुका रातिका उडान जति बेलासम्म आए पनि विमानस्थलमा सेवा निरन्तर रहने उनको भनाइ छ।बिहीवार आएको एरो थाईको विमानसहित सात प्राविधिकसहितको टोली काठमाडौंबाट भैरहवा विमानस्थल पुगेको छ।विमानस्थलको धावनमार्ग, लाइटिङ प्रणाली, हवाई सञ्चार (टावर कम्युनिकेशन), अवतरणलगायत पक्षको जाँचका लागि क्यालिब्रेशन उडान गरिन्छ ।
उक्त एयरलाइन्स कम्पनीले १० दिनसम्म परीक्षण उडान गरेर प्रतिवेदन तयार गर्ने र त्यसमा सुधार गर्नुपर्ने पक्षका साथै व्यावसायिक उडानका लागि मिति निक्र्योल गर्न सुझाव दिनेछ ।
डेढ वर्षपछि पर्यटकका लागि नेपाल खुला
काठमाडौं,असोज,८-सरकारले डेढ वर्षपछि पर्यटकका लागि नेपाल भ्रमण खुला गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि २०७६ फागुनदेखि सरकारले अनअराइभल भिसा दिन रोक लगाएको थियो । यो निर्णयलाई संशोधन गर्दै सरकारले अनअराइभल भिसा खुला गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश’ बिहीवार सार्वजनिक गर्दै अनअराइभल भिसा खुला गरेको बताएको छ । आदेश राजपत्रमा प्रकाशित भएपछि मात्रै लागू हुनेछ । सरकारको यो निर्णयसँगै अब विदेशी पर्यटकले नेपाल आउँदा होटेल क्वारेन्टाइन बस्नु नपर्ने र विमानस्थलबाट सीधै भिसा पाएर गन्तव्यमा जान पाउनेछन् ।
यसका लागि सरकारले केही शर्तहरू भने तोकेको छ । उक्त आदेशअनुसार कोभिड–१९ विरुद्ध खोपको मात्रा पूरा गरेका नागरिकलाई मात्रै यस्तो भिसा दिइनेछ । अनअराइभल भिसाका लागि नेपाल आउने पर्यटकले नेपालको अध्यागमन प्रवेश विन्दुमा भिसाका लागि आवेदन दिनुपर्नेछ । आवेदन दिँदा उनीहरूले कोभिडविरुद्धको खोपको मात्रा पूरा गरेको १४ दिन पूरा भएको प्रमाण, हवाई उडानका लागि चेक इन हुनुभन्दा ७२ घण्टाभित्रको कोभिड परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण पेश गर्नुपर्नेछ ।
नेपालमा पर्वतारोहण र पदयात्रामा आउनेहरूले अनुमतिको प्रतिलिपि, होटेल बुक गरेको प्रमाण र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) अनलाइन फारम भरी त्यसको प्रिन्टजस्ता कागजातसमेत पेश गर्नुपर्ने व्यवस्था सरकारले गरेको छ । यी कागजात अर्थात् शर्तहरू पालना गरेका पर्यटकहरू गन्तव्यमा जान पाउनेछन् । सरकारको यो निर्णयलाई पर्यटन व्यवसायीहरूले सकरात्मक रूपमा लिएका छन् ।
सरकारले ढिलै भए पनि सकारात्मक निर्णय गरेको एक्सपिडिशन अपरेटर्स एशोसिएशन अफ नेपाल (इओन)का अध्यक्ष डम्बर पराजुलीले बताए । सरकारले डेढदेखि २ महीना नै ढिला गरेर अनअराइभल भिसा खुलाउँदा धेरै पर्यटक आकर्षित नहुने उनको तर्क छ ।
‘सरकारको कदम सही हो तर ढिलो गरी यो निर्णय आयो,’ पराजुलीले भने, ‘२ महीनाअघि भएको भए राम्रै प्रभाव हुने थियो किनभने नेपालमा भिसा खुला गर्नासाथ पर्यटक आइहाल्ने भन्ने हुँदैन । पर्यटकले पर्यटकीय सिजनका लागि पहिलादेखि नै तयारी, बिदा, बुकिङ समय पाउने थिए, यसले राम्रो नतीजा ल्याउन सक्थ्यो ।’
नेपालमा ट्रेकिङका लागि अक्टोबर–नोभेम्बर मुख्य सिजन हो । त्यसका लागि पहिला नै पर्यटकहरूले तयारी गर्थे । अहिले नेपाल आउने समय शुरू हुन लागेकाले यो निर्णय ढिला भएको उनको भनाइ छ । यति ढिला गरी भिसा खुलाउँदा आउन चाहने पर्यटक आउन कम समय हुने र यसले नेपालले पर्यटक गुमाउन सक्ने सम्भावना भने देखाउने उनको तर्क छ । ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले सरकारको निर्णयले पर्यटक आगमनमा सामान्य वृद्धि हुन सक्ने बताए । यो निर्णयले सामान्य अवस्थामा जस्तै पर्यटक आउन सक्ने अवस्था भने नरहेको उनको भनाइ छ ।
सरकारले भिसा खुलाएसँगै घुम्न नेपाल सुरक्षित छ, भन्ने सन्देश पनि गएको व्यवसायीहरू बताउँछन् । कोरोना भाइरसले विश्व पर्यटन नै थलिएका बेला नेपालमा पनि सन् २०२० यता पर्यटक आगमन संख्या अत्यन्त न्यून हुँदै आएको छ । नेपाल पर्यटन बोर्डका अनुसार २०२० मा २ लाख ३० हजार पर्यटक आएकोमा २०२१ को ८ महीनामा जम्मा ६९ हजार पर्यटक नेपाल आएका छन् । यो वर्ष पर्यटक ट्रेकिङ, पर्वतारोहण तथा ससानो गोष्ठी, सेमिनारका लागि नेपाल आएको देखिन्छ ।आर्थिक अभियान
कोरोनाको जोखिम घटेसँगै खप्तडमा भित्रिँदै पर्यटक
डोटी,भदौ,३-कोरोना संक्रमण दर घटेसँगै पर्यटकीयस्थल खप्तड राष्ट्रिय पर्यटक आगमन बढ्न थालेको छ । वर्षात्का बेला खप्तडका विभिन्न क्षेत्र हराभरा हुनुका साथै तालसमेत भरिभराउ हुने भएकाले पर्यटक आकर्षित हुन थालेका हुन्।कोरोनाको जोखिम कम भएकाले आन्तरिक तथा बाह्य पर्यटक समेत आउने क्रम बढेको निकुञ्ज कार्यालयले बताएको छ ।
‘डोटीमा कोरोना संक्रमण दर शून्यमा छ, खप्तडसहित यहाँका अन्य पर्यटकीय क्षेत्रमा घुम्न आउनेको संख्या पनि अधिक छ,’ पर्यटन व्यवसायी दीपकबहादुर खड्काले भन्नुभयो, ‘अहिले खप्तड मनमोहक देखिने भएकाले पनि पर्यटक आउने क्रम बढेको हो ।’ खप्तड प्रवेशद्वार झिग्राना तथा बग्लेकमा पर्यटकका लागि घरबास तथा विश्रामस्थल निर्माण भएकाले पर्यटकलाई सहज भएको पूर्वीचौकी गाउँपालिकाका बासिन्दा हरिभान साउदले बताउनुभयो।
निकुञ्ज पर्यटकको प्रमुख आकर्षणको केन्द्रबिन्दु बनेको होटेल व्यवसायी संघका जिल्ला अध्यक्ष राजेन्द्र शाहीले बताउनुभयो । ‘अहिले खप्तड पर्यटकको प्रमुख रोजाइमा छ, खप्तडसम्म पूर्ण यातायात र खाने बस्ने सेवासुविधा भए थप पर्यटक आउनेछन्,’ उहाँले भन्नुभयो।
निकुञ्ज कार्यालयका अनुसार अहिले खप्तडमा दैनिक ९० जनासम्म पर्यटक आउने गरेका छन् । निकुञ्जमा बाजुरा, अछाम, बझाङ र डोटीका धेरै पर्यटक आउने गरेको खप्तड पर्यटन विकास समितिका अध्यक्ष हर्कबहादुर सिंहले जानकारी दिनुभयो ।
निकुञ्ज क्षेत्रभित्र धार्मिक तथा ऐतिहासिक स्थलका साथै विभिन्न जंगली जनावरसमेत देख्न सकिन्छ । त्यहाँ रहेका त्रिवेणी धाम, नागढुंगा, खप्तड स्वामीको आश्रम, २२ पाटनलगायत क्षेत्र मनमोहक छन् । निकुञ्जको संरक्षणका लागि चार ठाउँमा इलाका कार्यालय राखिएको छ । खप्तड क्षेत्रमा जेठमा गंगा दशहरा मेला तथा जनैपूर्णिमाका दिन भव्य जात्रा लाग्ने गर्दछ । जात्रा हेर्न सुदूरपश्चिमसहित अन्य प्रदेशबाट समेत पर्यटकको घुइँचो लाग्ने गरेको बग्लेकका बासिन्दा दिनेश ठकुल्लाले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशका चार पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम तथा डोटी जिल्ला संगमस्थल बनेको निकुञ्जभित्र नागढुंगा, खापर दह, सहस्र लिंग, त्रिवेणीधाम, पाटन, खप्तड दह(ताल), खप्तड बाबाको आश्रमका साथै विभिन्न किसिमका वनस्पति र चराचुरुंगी देख्न सकिन्छ । यसको क्षेत्रफल २२५ वर्ग किमी छ । समुद्री सतहबाट ३ हजार ५०० मिटरसम्म उचाइमा रहेको निकुञ्जभित्र ५६७ थरीका वनस्पति र नेपालमा पाइने ८५० मध्ये २६० भन्दा बढी चराचुरुंगी पाइन्छ । खप्तड निकुञ्ज क्षेत्रमा अन्य ५२ दह छन् ।
निकुञ्जभित्र कस्तुरी, मृग, बँदेल, डाँफे, जरायो, रतुवा, थारल, घोरल, चितुवा, भालु, बाँदर, ढेडुबाँदर, दुम्सी, खरायोलगायत जंगली जनावर पाइन्छन् । प्रकृतिले नै रमाइलो बनाएको त्यस ठाउँमा ठूल्ठूला घाँसे मैदान, ससाना ढिस्का र रमाइलो जंगल छ । त्यहाँ रहेका घाँसे मैदानमा गाई, गोरु, घोडा चर्न आउने गरेको देखिन्छ । जैविक विविधताले भरिएको यो क्षेत्रलाई २०४० सालमा राष्ट्रिय निकुञ्ज बनाइएको थियो । रासस
सुदुरपश्चिममा माघ १५ देखि नियमीत प्याराग्लाईडिङ्ग संचालन हुदै
बुडर डोटी,माघ,११-प्रदेश नं.७ सुदुरपश्चिममा यहि माघ १५ गते (बिहिबार) देखि प्याराग्लाइडिङ पुनह:नियमीत रुपमा सञ्चालन हुने भएको छ।
छतिवन पर्यटन प्रबर्द्धन संरक्षण समिती र स्काईलाई प्रा.लि को संयुक्त सहकार्यमा निरन्तर प्याराग्लाईडिङ्ग संचालन हुने भएको हो ।
प्याराग्लाईडिङ्ग निरन्तर संचालन हुने भएपछि टिकट बुकिङ खुल्ला गरिएको छतिवन पर्यटन प्रबर्द्धन संरक्षण समितिका अध्यक्ष भरत कुवंरले बिहानी अनलाईनलाई जानकारी दिनुभयो ।
अध्यक्ष कुवंरले प्याराग्लाईडिङ्गले यस सुदुरपश्चिमको पर्यटन विकासमा टेवा पुर्याउने बताउदै ईच्छुक सबैमा सहभागी हुन  हार्दिक निमन्त्रणा गर्नु भएको छ ।
प्याराग्लाईडिङ्ग डोटी जिल्लाको जोरायल गांउपालीका २ छत्तिवन को रुपसकांडा गांउ स्थित भगत डांडाको भ्यु पैन्ट देखि छतिवन ताल, बुडर बजार र बिछलमा अवतरण हुने गरि असोज २६ गते सोमबारबाट प्याराग्लाइडिङ संचालनमा ल्याईएको थियो ।
पर्वतीय उडानमा यात्रुको आकर्षण बढ्दो, एकैदिन भए आठ ओटा उडान
फाईल तस्विर!!
काठमाण्डौं,पुष,४-सर्वोच्च शिखर सगरमाथासहितका हिमालको मनोरम दृश्वावलोकन गर्न पाउने भएपछि मुलुकको पर्वतीय उडानमा यात्रुको आकर्षण बढेको छ ।
कोभिड–१९ संक्रमणकै बीच गत मंसिर २० गतेदेखि सञ्चालनमा आएको पर्वतीय उडान उत्साहवद्र्धक भइरहेको एयरलाइन्सले जानकारी दिएका छन् । बन्दाबन्दीको झण्डै नौ महीनापछि खुलेको पर्वतीय उडानमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । कोभिडअघि प्रायः विदेशीका लागि मात्र हुने पर्वतीय उडानमा नेपालीहरु हिमाल अवलोकन गर्न औधि रुचाएका छन् ।
नेपाली यात्रुलाई लक्षित गर्दै एयरलाइन्सले छूटसहितका अफर ल्याएपछि यो उडानमा झनै यात्रु ओइरिएका छन् । दुवै कम्पनीले एक टिकट खरीदमा अर्को सित्तैमा उपलब्ध गराएका हुन् । निजी वायुसेवा कम्पनी बुद्ध र यती एयरलाइन्सले हरेक शनिवार पर्वतीय उडान गर्दै आएका छन् । शनिवार एकै दिन आठ ओटा पर्वतीय उडान भएका छन् । बुद्ध एयरका पाँच र यती एयरका तीन ओटा उडान भएका हुन् ।
यतीको सिमराबाट पनि पर्वतीय उडान तय गरेको भए पनि मौसम खराबीका कारण उडान रद्द भएको कम्पनीले जानकारी दिएको छ । राजधानी काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बिहान ७ः०० बजे पर्वतीय उडान हुने गरेको छ । अघिल्लो शनिवार दुवै कम्पनीका उडान रद्द भएकाले पनि आज एकै दिन धेरै उडान भएका हुन् ।
गत शनिवार बुद्धका चार र यतीका (सिमरासहित) चार उडानमध्ये यतीले एक मात्र उडान गरेको थियो । आज (शनिवार) बुद्ध एयरले पाँच उडानमार्फत ३०० यात्रुलाई सगरमाथा अवलोकन गराएको जानकारी दिएको छ । यात्रुको उत्साहवद्र्धक माग बढेकाले अन्य दिन पनि पर्वतीय उडान गर्ने बुद्ध एयरको योजना छ ।
यती एयरलाइन्सको सातामा दुई दिन पर्वतीय उडान
यती एयरलाइन्सले यात्रुको मागलाई मध्यनजर गर्दै सातामा दुई दिन पर्वतीय उडान गर्ने भएको छ । हाल शनिवार मात्र पर्वतीय उडान गर्दै आएको यतीले हरेक आइतवार पनि उडान गर्ने भएको हो । आइतवारका लागि दुई उडान निर्धारण गरिएको कम्पनीले जानकारी दिएको छ ।
यती एयरलाइन्सका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले यात्रुको मागबमोजिम हरेक शनिवार र आइतवार पर्वतीय उडान गरिने जानकारी दिए । उनका अनुसार यतीले काठमाडौंबाट सातामा दुई दिन र सिमरा आधार भएर हरेक शनिबार एक दिन उडान गर्नेछ । रासस