वतावरण/कृषि – Bihani Online
आजदेखि नयाँ वर्ष २०८१ साल सुरु
फाईल तस्विर ॥
टोकियो,जापान,वैशाख,१-आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ।नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज देश,विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन्।
नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ।
नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास छ।विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो।मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा विक्रम सम्वत् चलेको हो।नेपालमा मात्र मौलिकरुपमा यो सम्वत् चल्छ।भारतमा सरकारी सम्वत् शक सम्वत भए पनि व्यवहारमा इस्वी सम्वत् चलेको छ।
नयाँ वर्षको अवसरमा यस बिहानी अनलाईन मल्टीमीडिया प्रा.ली का अध्यक्ष/प्रधान सम्पादक दिपेन्द्र सारु मगरले शुभकामना सन्देश दिँदै सबै देश,विदेशमा बस्नु हुने सम्पूर्ण नेपालीजन तथा पाठक वर्ग ज्यूहरुमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, एवंम दिर्घायु उत्तरोत्तर प्रगतिको कामना गर्दै नयाँ वर्ष २०८१ को शुभकामना व्यक्त गर्नुभएको छ।
जापानीज संगै विदेशीहरु साकुराको सौन्दर्यतामा रमाउदै
फाईल तस्विर : जापानीज संगै विदेशीहरु पनि साकुरा फूल हेर्दै रमाउदै ॥
टोकियो,जापान,चैत्र,२५-जापानमा यतिखेर “साकुरा” फुलेर ढकमक्कै भएका छन्।साकुरा भन्नेबित्तिकै सबैको मनमस्तिष्कमा यसको सौन्दर्यले जोकोहीलाई मोहित पार्छ।“साकुरा” जापानको राष्ट्रिय फूल पनि हो।
जापानले सन् १९९२ देखि मार्च  २७  लाई साकुरा दिवसका रूपमा मनाउँदै आईरहेको छ।यहाँ साकुरालाई शान्तिको प्रतीक मानिन्छ।
वसन्त ऋतुको आगमनसँगै मार्चको अन्तिम सातादेखि अप्रिलको पहिलो सातासम्म जापानका बाटो,पार्क, वनजंगल,घरअगाडीका बगैँचाहरू “साकुरा” फूलले सेताम्मे र राताम्मे फुलेका देखिन्छन्।जापानमा हाल ६०० प्रजातिका “साकुरा” फूलहरु पाईन्छ।“साकुरा” फूलले यतिबेला छुट्टै विशेषता र सौन्दर्य थपेको छ।
जापानी परम्पराअनुसार परिवारजन,साथीभाइ तथा प्रेमी-प्रेमिकासँग साकुराको फूलको फेदमुनि बसेर फूलको सौन्दर्यको आनन्द लिदै मीठा-मीठा परिकार र पेय पदार्थसँगै खाना खाएमा वर्षभरी नै सुखशान्ति हुने विश्वास गरिन्छ।
जापानमा यसलाई स्थानीय भाषामा ‘हाना’ को अर्थ फूल हो।‘मी’ को अर्थ हेर्नु हो।भावको हिसाबले यसको पूरा अर्थ फूल हेर्ने उत्सवको रूपमा बुझिन्छ।जापानीहरु यस मौसममा साकुरासँगै ‘हानामी’मा फूलको बँगैचामा भुइँमा बसेर एकआपसमा खुलेर कुरा गर्ने गर्छन्।जापानीले यसलाई विशेष अवसरका रुपमा समेत लिने गरेका छन्।
जापानमा साकुरा फूलको वसन्तको पहिलो आगमनको सूचना दिने रूख यही हो भन्ने बुझिन्छ।साकुराले आफ्ना शरीरभरि यसरी फूलैफूलले भरिन्छिन्, जसलाई हेर्नेबित्तिकै हर कसैको मुखमा ‘वाह’ शब्द ननिस्की धर नै पाउँदैन।साकुरा फूल्ने समयमा सायद जो कोहीको क्यामेरामा यो फूल कैद नभएको सायदै नहोला।यो समय सामाजीक संजाल फेसबुक ईन्स्टाग्राम,एक्स,टिकटकमा साकुराको फोटो र भिडीयो बनाएर नहाल्ने सायदै विरलै होला।
हाल साकुराको गरिमा जापानमा मात्रै सीमित छैन। यसप्रतिको आकर्षण र रौनक विश्वभरि फैलिएको छ। जापानले विश्वमा शान्ति र भाइचाराको सिद्धान्तस्वरूप धेरै मुलुकलाई ‘साकुरा’ का बिरुवा उपहारस्वरूप दिने गरेको छ।
जापानले नेपालमा पनि “साकुरा” फूलको वृक्षारोपण गरेको छ।
जापानले वि.सं २०७४ मा  नेपाल जापान सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यले जापानी राष्ट्रिय फूल ‘साकुरा’ रोप्न वृद्ध जापानीको समूह नेपाल पठाएको थियो।विश्वमा शान्ति, भ्रातृत्व र समृद्धिको सन्देश प्रवाह गर्न जापानीले वि.सं २०७४ सालमा मात्र नेपाल लगायत २३ देशका ३५ शहरमा साकुरा रोपेका थिए।नेपालमा उक्त वर्ष पहिलो पटक दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन राष्ट्रिय शहीद स्मारक गोकर्णमा डेढ फिट उचाइका २०० साकुरा फूल रोपिएको थियो।
नेपालमा साकुरा रोप्न पुगेका चेरी ब्लुस्म एशोसिएसनका अधिकांश व्यक्ति ६० वर्षभन्दा बढी उमेरका थिए।नेपालका गाउँगाउँमा साकुरा रोपेर दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने चाहनाले बाह्र जनाको वृद्धको समूह नेपाल पुगेको थियो।
पुष्परोपण शुरुवात गर्दै नेपालका लागि तत्कालीन नेपाल स्थित जापानी राजदूत मासासी ओगावाले नेपालमा पनि साकुरा हुर्कन सक्ने वातावरण भएकाले शान्तिको सन्देश फैलाउने उद्देश्यले रोपिएको बताउनुभएको थियो।
जापानको “साकुरा” र नेपालमा पाईने “पैयुँ” विच फरक
जापानमा पाईने “साकुरा फूल” र नेपालमा पाईने पैँयो हेर्दा उस्तै देखिन्छ।तर यी दुई विच भिन्नता भने धेरै नै फरक रहेको छ।मुलतःयी दुई फूलका बोट फरक फरक जातीका हुन।अब भने हामी हामी साकुरा र पैयुँ विच संक्षिप्तमा चर्चा गर्छौ।
“साकुरा”
जापानमा पाईने साकुरा मार्चको अन्तिम सातादेखि अप्रिलको पहिलो सातासम्म फूल्ने फूल हो।जापानमा मात्र हाल ६०० प्रजातीका साकुरा पाईन्छ।तर मानिसको ध्यान यसका मुख्य चार प्रजातिमा छ।
योसिनो सोमेई, विपिङ चेरी, याएजाकुरा र खान्जाकुरा प्रमुख प्रजाति हुन्, जसको रङ र फुल्ने शैली अनि समय फरक छन्।अधिकांश साकुरा मार्च अप्रिलमा फुल्ने भए पनि ठाउँअनुसार फरक-फरक महिनामा फुल्ने गरेको पाइन्छ।खान्जाकुरा जनवरीको पहिलो हप्तादेखि नै फुल्ने गर्दछ।साकुरा फूल्ने मात्र गर्छ यसले फल भने दिदैँन।जापान सरकारले साकुरा फूलको सरकारी स्तरबाटै संरक्षण र वृक्षारोपण गर्दै आईरहेको छ।
“पैयुँ”
नेपालमा हेमन्त ऋतुको सुरुआत भएसँगै “अर्थात” कात्तिक लाग्न सुरु भएपछि पैयुँ ढकमक्क फुल्न थाल्छ।हिउँदको सुरुवातसँगै फूलहरु फुल्ने क्रम रोकिएपछि पैयुँ फुल्ने भएकाले यसलाई हिउँदमा फुल्ने फूलको रानी समेत भनिन्छ। यो फूलको रस माहुरीको लागि प्रमुख आहारा मानिन्छ।पैयुँ फुल्न थालेपछि पहाडी क्षेत्रमा गहुँ खेती गर्ने याम सुरु भएको समेत विश्वास गरिन्छ।पैयुँको बिरुवा कसैसँग आयत गरेर ल्याएको बिरुवा नभएको र नेपालको रैथाने वनस्पति मानिन्छ।यो नेपालको पहाडी क्षेत्रमा पाइन्छ।
नेपालको पैयुँभनिने जापानको साकुरा अमेरिकाको चेरी भनेर चिनिन्छ।तर यीनीहरुको जातमा भने फरक रहेको छ।सबैको कुरा मिले पनि नेपालमा पाईने पैयुँले फल दिन्छ,भने अमेरिका र जापानमा पाईने साकुराले फल भने दिदैन्।खासगरी अप्रिलमा फुल्नुपर्ने यो फुल विश्व तापमानको कारण मार्चमै फुल्ने क्रम देखिएको अध्ययन अनुसन्धानहरुले देखाएको छ।नेपालमा पाईने पैयुँको फल चराचुरङ्गी र फूलको रस माहुरीको लागि प्रमुख आहारा मानिन्छ।
‘‘विवाह गर्दा पैयुँ चाहिने, पूजाआजा गर्दा पैयुँचाहिने, कुल पूजा गर्दा समेत मौलो पैँयुकै हाल्नुपर्ने हुन्छ।तर अहिले यसको बोट नेपालमा हराउन थालेपछि हाम्रो संस्कृतिमा समेत असर पर्न थालेको छ।’’नेपालका पहाडी क्षेत्रमा पाइने पैँयुलगायत वनस्पतिहरु हराउँदै जानु र फूल फुल्ने समयमा समेत परिवर्तन हुनाका कारण जलवायु परिवर्तनको असर भए पनि विश्वका विभिन्न देशमा विभिन्न अध्ययनहरु भइरहेको भए पनि नेपालमा त्यति महत्व दिइएको पाइँदैन।
पैयुँ संरक्षण, वृक्षारोपण तथा गुराँस संरक्षणमा सरकारले केही प्रयास गरे पनि पर्याप्त भने नभएको विज्ञहरु बताउँछन्।पैयुँ नेपालका पहाडी क्षेत्रका वनहरुमा आफैँ उम्रिने बिरुवा भए पनि अहिले लोप हुन थालेका छन्।दुर्लभ सारु मगर ॥
डोटीको ईखडा गाँउमा चिउरीको फल पाक्यौ, तर खाने मान्छे छैन्
फाईल तस्विरमा : चिउरीको फल !!
डोटी,ईखडा,असार,२५-डोटीको ईखडा गाँउ लगायत विभिन्न पहाडी  भेगमा यतिबेला चिउरीको फल पाकिरहेको छ।यो फल कार्तिक र मंसिर महिनामा फुल्ने र जेठको अन्तिम साता देखी असार र साउन महिना सम्म पाक्ने गर्दछ।
यतिबेला डोटीको ईखडा गाँउ वरपर रहेका जंगल र बारीका कान्लामा रहेका चिउरीका बोटमा चिउरी पहेँलै पाकि रहेको छ।तर केहि वर्ष पहिले सम्म उक्त गाँउमा रहेका बुढापाका,युवाहरु चिउरीको बिजुला टिपेर कोलमा पेलेर वर्षभरी तरकारी पकाउनका लागी भुटुन बनाउने गर्द थिए।
अहिले भने उक्त गाँउ रित्तीदै गएको छ।चिउरीको बिजुला टिपेर भुटुन बनाउनु त परै जाओस,चिउरीको फलको रस खाने मान्छे पनि कमै मात्रामा रहेका छन्।गाँउमा रहेको एउटा कोल पनि मर्मत संभार गर्ने मानिस नहुदाँ मासिदै गएको छ।
उक्त सानो गाँउमा रहेको केहि घर पनि तराई तिर बसाई सराई गरिसकेका छन्,भने त्यहाँ रहेका केहि युवाहरु रोजगारीको सिलसिलामा जापान, कतार, मलेसिया, ईण्डीया जस्ता देशहरुमा विदेशीएका छन्।अहिले गाँउमा बुढापाका र बालबालीका मात्र रहेका छन्।गाँउमा मान्छे कम हुँदा चिउरीको फलबाट तरकारीमा हालेर खानलाई भुटुन बनाउने गरिएको छैन्।केहि वर्ष सम्म वर्षभरी बजारबाट तेल किन्नु पर्ने थिएन।तर अहिले दैनिक किनेर खाने गरेका छन्।
युवाहरु लाखापाखा लाग्दा केहि घर रित्तीएका छन्।मालिक कुरेर बसेको केहि खेतबारी पनी बाझो बसेको छ,खेतबारीमा जंगलहरु झ्याङ्गीएका छन्।कुनै समय निकै रमाईलो हुने गाँउ अहिले चाडबाड आउदा पनि सुनसानमय बनेको छ।लामो समय पछि बिजुली बत्ती पुगेको छ।तर बाल्ने घर धुरी छैन्।सेवा सुविधाहरु विस्तारै गाँउमा पुग्दै गर्दा त्यसको उपयोग गर्ने मानिस छैन्।गाँउ नै विस्तारै रित्तीदै गर्दा गाँउमा रहेका बुढापाका निकै चिन्तीत बनेका छन्।
अहिले बुढापाकाहरु भन्ने गर्छन चिउरी भनेको त मान्छे देखि मौरी सम्मलाई मख्ख पार्ने बोट हो।कुनै बेला चिउरीको फूल,फल र पातसम्म हाम्रो जीवनचर्यामा दैनिक खानपानदेखि व्यवसायसम्मका लागि उपयोगी हुने गर्दथियो।तर अहिलेका युवा पुस्ताले यसको महत्व बुझ्दैनन्।चिउरीको संरक्षण कसले गर्ने भन्दै निकै चिन्तित देखिन्छन्।
चिउरी समुद्र सतहबाट २०० देखि १५०० मिटरको उँचाइमा पाइने गर्दछ।यो वनस्पतिको वैज्ञानिक नाम ‘डिप्लोकनेमा ब्युटीरेसी’ हो।
चिउरीको फल बाट हुने फाईदाहरु ॥
१.चिउरीको फलबाट (तरकारी पकाउन र सेल रोटी पकाउन तेल बनाउन सकिन्छ,भने यसबाट औषधिको रुपमा (खुट्टा फुटेकोमा, घुँडा दुखेकोमा, अनुहारमा आएको दाग हटाउन) प्रयोगमा आउँछ।
२.चिउरीको फूलको रसबाट बनेको मह बजारमा प्रशस्तै पाइन्छ।
३.चिउरीको घिउबाट साबुन शरिरमा लगाईने लोसन,कपाल मुलायम बनाउन र मैनबत्ति बनाउन उपयोगी हुन्छ।यसलाई पेलेर बाँकी रहेको पिनाबाट जैविक मल र किटनाशक औषधी बनाउन सकिन्छ।
४.चिउरीको फलबाट घिउ अर्थात भुटुन बनाउदा निस्किएको पिनाबाट माछा मार्न जोडोयाममा पहाडमा लाग्ने भुसुना किरा लामखुट्टे धपाउन प्रयोग गरिन्छ।
५.चिउरीको पात गाइवस्तुलाई खुवाउन र टपरी गाँस्न प्रयोग गरिन्छ।
६.चिउरीको काठबाट विभिन्न सामान बनाउन सकिन्छ।यसको फल सिधै खान पनि मिल्छ।यसबाट जुस,जाम बनाउन र रक्सी बनाउन सकिन्छ।
७.चिउरी चराचुरुङ्गीहरुको लागी प्रमुख आहार पनि रहेको छ।
८.पिनाको पीठोलाई तरकारी बालीमा विषादीको रुपमा पनि प्रयोग गरिन्छ।
९.चिउरीको बीउ पेलेर निस्कने पिना महत्त्वपूर्ण कम्पोस्ट मल मानिन्छ।
१०. चिउरी चकलेट,बिस्कुट आदि उत्पादनमा पनि यो घ्यू प्रयोग हुन्छ ।
चिउरीको संरक्षण गर्न आवश्यक !!
चिउरीका बोटहरु काट्दा यो मासिदै गएको छ।यसको संरक्षण गर्न आवश्यक रहेको छ।पछिल्लो समय सामुदायिक वनमा रहेका चिउरीका रुख काट्न प्रतिबन्ध गरिए पनि अन्य काठ भन्दा चिउरीको काठ बलियो हुने भएकाले लुकिछिपी रुख काटी घर निर्माणमा प्रयोग हुँदै आएको छ।
चिउरी युगौँदेखि मानव जीवनसँग प्रत्यक्ष जोडिएको हुनाले चिउरी जस्तो बहुउपयोगी बिरुवा पछिल्लो समय जनचेतनाको अभावमा मासिने क्रम बढेको छ।
देशका कतिपय पहाडी भेगमा चिउरीको वृक्षारोपण गर्न थालिएको छ।चिउरीलाई लघु उद्यमको रुपमा विकास गरी यसबाट रोजगार सिर्जना पनि गर्न सकिन्छ।
चिउरीको संरक्षण गर्दा जलवायु परिवर्तनले पारेको प्रभावलाई समेत रोकथाम तथा नियन्त्रण गर्न सकिन्छ।चिउरी मानिसका लागी बहुउपयोगी भएको हुदाँ यसको वृक्षारोपण नगर्दा लोप हुँदै गएकाले प्रवर्धन तथा संरक्षण गर्नु अहिलेको अपरिहार्य आवश्यक देखिएको छ।
‘किसानकै माग अनुसारका योजनामा काम गरिरहेका छौं’
फाईल तस्विरमा :शुक्लाफाँटा नगरपालिकाका कृषि शाखा प्रमुख करनसिंह बुढाऐर ।।
कञ्चनपुर,झलारी,फाल्गुन,१९-कार्तिक मसान्तभित्र कृषक समुह दर्ता गरायौं। त्यसपछि गहुँको विउ वितरण गर्यौं। हिउँदे तरकारीको विउ वितरण गरेका थियौं।
संघिय सरकार अन्तर्गत गहुँ उत्पादन प्रर्वद्धन कार्यक्रम सञ्चालन गरेका छौं। शुक्लाफाँटाका ५ वडामा त्यो कार्यक्रम सञ्चालित छ। ५० प्रतिशत अनुदानमा च्याउको विउ वितरण गरेका छौं। संघिय सरकारको पकेट कार्यक्रम अन्तर्गत वडा नं. ६ मा काम भइरहेको छ।
२ महिनाभित्रै उच्च प्रविधिबाट बाह्रै महिना च्याउ उत्पादन गर्ने फर्म हुन्छ। बाली संरक्षण कार्यक्रम अन्तर्गत किसानहरुलाई निःशुल्क विषादी वितरण गरेका छौं। अहिले पनि विषादी छ। किसानलाई आवश्यकता परेका बेला विषादी उपलब्ध गराउँदै आएका छौं। बगर खेती गर्ने किसानहरुलाई पनि विउ वितरण गरेका छौं।
उनिहरुलाई लौका, काक्रा, फर्सि दिएका छौं। हिउँदे तरकारी र प्याजको विउ पनि वितरण गरेका छौं। शुक्लाफाँटामा मकै उत्पादनको सम्भावना छ। विगतमा त्यसमा बजेट थिएन्। यस पटक बजेट भएकोले मकैको विउ वितरण गरिरहेका छौं। धान पकेट र साना सिचाइँको कार्यक्रम छ।
त्यसका लागि सूचना प्रकाशित गरिसकेका छौं। दुई गाउँ एक प्राविधिक नीति अनुसार त्यसको सुचना गरेका छौं। त्यसका ८३ निवेदन परेका छन्। त्यो प्रक्रिया अगाडि बढेको छ। आलु र मकै पकेट भनेर सुचना प्रकाशित गरेका थियौं। त्यसमा दुई निवेदन मात्रै परेका थिए। अनुगमन गर्दा खासै राम्रो देखिएन। पुनः सूचना प्रकाशित गर्दा एउटा निवेदन परेको छ।
त्यसको अनुगमन गर्छौ। अनुगमन गर्दा व्यावसायिक जस्तो लाग्यो भने उक्त समुहलाई त्यो कार्यक्रम दिन्छौं। धानको विउ सूचना जारी गर्छौ। त्यसपछि उत्पादन सामाग्री भनेर स्प्रे ट्यांकी, हजारी, सिल्पिङ पलास्टिकलगायतका सामाग्री वितरणका लागि सूचना जारी गरेर वितरण गर्छौ।
हामीले किसानको आवश्यकतालाई आधारमा कार्यक्रम बनाउने हो। त्यही अनुसार काम हुन्छ। अनुदानलाई सदुपयोग गराउने हाम्रो उदेश्य हो। त्यसका लागि अनुगमन गर्छौ। कृषि प्रोफाइल बनाउने हाम्रो लक्ष्य छ। जीपीएसबाटै कृषिको सम्भावना हेर्न सकिने गरि काम गर्ने योजना छ। प्रत्येक वडाको कृषि प्रोफाइल बनाउँछौं। माटोको अवस्था के छ भनेर त्यसबाट जानकारी हुन्छ।
त्यही अनुसार कार्यक्रम गर्न सहज हुन्छ। प्रत्येक वडामा माटो शिविर चलाउँछौं। किसानले लिएको नमूनाबाट माटो परिक्षण गर्ने योजना छ। (शुक्लाफाँटा नगरपालिकाका कृषि शाखा प्रमुख करनसिंह बुढाऐरसँग गरिएको कुराकानीमा आधारित)
गड्डाचौकी नाकाबाट तरकारी आयात बढ्दै, ६ महिनामा भित्रियो ७ करोडको तरकारी
कञ्चनपुर,फाल्गुन,१७-जिल्लाको गड्डाचौकी नाकाबाट ६ महिनामा रू सात करोडभन्दा बढीको तरकारी आयात भएको छ।कञ्चनपुरका बितेका वर्षमा तरकारी खेतीप्रति किसानको आकर्षण बढिरहेको भए पनि यहाँ तरकारी भारतबाट आउने क्रम रोकिएको छैन ।
कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकीले दिएको जानकारी अनुसार चालू आर्थिक वर्षको साउनदेखि गत पुससम्म यहाँबाट रू. ७ करोड ६५ लाख ४४ हजारको तरकारी आयात गरिएको छ ।
कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुव विकले चालू आर्थिक वर्षको हालसम्म रू. ८० करोडको सामान आयात भएको जानकारी दिए।‘गत वर्ष १ अर्ब १२ करोडको सामान यहाँबाट भित्रिएको थियो,’ उनले भने, ‘अहिले आयात घटेको अवस्था छ ।’
भन्सार कार्यालयका अनुसार यहाँबाट आलु, प्याज, गोलभेडा, काउली, मुला, गाजर लगायतका तरकारी आयात हुने गरेको छ ।
कूल ६ महिनामा ३ हजार ४७ मेट्रिक टन तरकारी भारतबाट आयात भएको भन्सारको तथ्याङ्कले देखाएको छ।त्यसैगरी भन्सारबाट रू. ३ करोड ३० लाखको दाल भारतबाट भित्रिएको छ।यहाँबाट मसुर, मास, मटर, चना लगायतको दाल आयात भएको छ ।
कञ्चनपुर भन्सार कार्यालयका कम्प्युटर अपरेटर भुषण गिरीले यहाँबाट चालू आर्थिक वर्षको ६ महिनामा रू. ३ करोड ६८ लाखको फलफूल गड्डाचौकीबाट भित्रिएको छ।गिरीका अनुसार यहाँबाट सबैभन्दा बढी केरा, मेवा, अङ्गुर, स्याउ, सुन्तला, अनार लगायतको फलफूल भारतबाट आयात हुँदै आएको छ ।
त्यसैगरी भारतबाट चामल, दाल लगायतका खाद्यान्नसमेत आयात हुने गर्छ।यहाँबाट रू १ करोड ७८ लाख बराबरको उक्त खाद्य सामग्री भित्रिएको छ।कञ्चनपुर मण्डी व्यवसायी सङ्घका अध्यक्ष विशाल सोनारले भारतबाट तरकारी आयात घटेको बताए।‘स्थानीय उत्पादनका कुनै समस्या देखिएन भने आयात घट्छ,’ अध्यक्ष सोनारले भने, ‘उत्पादन बढ्दा आयातमा कमी आउँछ ।’
स्वदेशमै तरकारी खेती बढिरेहको भए पनि व्यावसायिक रूपमा आवद्ध किसानलाई सरकारले अनुदान सहयोग बढाउनुपर्ने बताए । ‘१०÷१५ वर्षपहिले तरकारीमा हामी ८० प्रतिशत आश्रित थियौं,’ उनले भने, ‘अहिले १०÷१५ प्रतिशत मात्रै आयात हुन्छ की भन्ने छ ।’ रासस
रैथाने बाली संरक्षण गर्दै कर्णाली प्रदेश सरकार
सुर्खेत,फाल्गुन,८-कर्णाली प्रदेश सरकारले रैथाने बालीको संरक्षण तथा प्रवर्द्धनमा उच्च प्राथमिकता दिएको छ।प्रदेश सरकारले शनिवार ‘कर्णाली प्रदेश दोस्रो रैथाने बाली संरक्षण तथा प्रवर्द्धन दिवस, २०७९’, मनाएको छ।
कर्णाली सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले २०७४ फागुन ६ गते कर्णालीलाई ‘अग्र्यानिक प्रदेश’ बनाउने निर्णय गरेको थियो। सोहीबमोजिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले त्यससँग सम्बन्धित विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।
मन्त्रालयले प्रांगारिक उत्पादनमा वृद्धि गर्न यहाँका रैथाने बाली फापर, कोदो, चिनो, कागुनो, मार्सी धान, सिमी, जौ, उवा, लट्टेलगायतको संरक्षण, प्रवर्द्धनका साथै प्रचार–प्रसारमा पनि जोड दिएको छ।
यसअनुरूप २०७८ फागुन ६ गतेदेखि कर्णाली प्रदेश रैथाने बाली संरक्षण तथा प्रवर्द्धन दिवस मनाउन शुरू गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले जानकारी दिनुभयो।
उक्त दिवसको अवसरमा चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जुम्लाले स्याउको चाना, ओखर, सिमी, दाल, मार्सी चामल, ऊनको टोपी, मफलरलगायत रैथाने उत्पादनको स्टल प्रदर्शनीमा राखेको थियो। रासस
म्याग्दीबाट रू. २० करोडको सुन्तला निकासी
म्याग्दी,माघ,२०-यस वर्ष म्याग्दीबाट रू. २० करोड बराबरको सुन्तला निकासी भएको छ।
जिल्लामा उत्पादन भएको सुन्तला सदरमुकाम बेनीसहित पोखरा, मुग्लिन, काठमाडौंलगायत बजारमा निकासी भएको जिल्ला कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ।
केन्द्रका प्रमुख किरन सिग्देलले म्याग्दीका अधिकांश बगैंचाको सुन्तला निकासी भइसकेको जानकारी दिनुभयो।
‘सरदर प्रतिकिलो रू. ६० का दरले रू. २० करोड मूल्यको सुन्तला निकासी भएको अनुमान गरेका छौं,’ उहाँले भन्नुभयो, ‘अनुकूल मौसम, रोगकीराको समस्या नभएको र फल दिने बोट बढेकाले उत्पादनमा पनि वृद्धि भएको छ ।’
म्याग्दीको राखु, मरेक, सुर्केमेला, बरञ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैंचा छन्।
ती ठाउँहरूमा ७०६ हेक्टर क्षेत्रफलमा सुन्तला जातका फलफूलखेती भएको केन्द्रको तथ्यांक छ । रासस
मूल्य बढेपछि किसान तोरीखेतीतर्फ आकर्षित
नवलपरासी,मंसिर,२२-नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसान तोरीखेतीमा आकर्षित भएका छन्।केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको संख्या बढेको हो ।
तोरीको पकेट क्षेत्र मानिएको यस जिल्लामा अधिकांश स्थानमा अहिले तोरी फुलेको देख्न सकिन्छ।अन्य बालीको तुलनामा तोरीखेतीबाट बढी फाइदा हुने तथा बजारबाट किनिएको तेल प्रयोग गर्नुभन्दा आफैले उत्पादन गरेको तेल खान पाइने भएपछि किसान तोरीखेतीतर्फ आकर्षित भएका हुन् ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैंडाकोट नगरपालिकाबाट पश्चिममा विनयी त्रिवेणी गाउँपालिकासम्म तोरीखेतीको पकेट क्षेत्र मानिन्छ।वर्षौंदेखि तोरीखेती लगाउँदै आएकी देवचुली नगरपालिकाका सीता गौतमले घरमा वर्षभरि खान र केही बेच्न पनि पुग्ने गरी तोरी लगाएको बताइन् ।
‘दुई–तीन वर्षदेखि गाउँघरमा पनि तोरीको माग बढेको छ,’ उनले भनिन्, ‘घरका लागि पनि स्वस्थकर तेल प्रयोगका लागि वर्षेनि खेती गरेकोमा केही वर्षदेखि गाउँघरमै विक्रीका लागि पनि धेरै लगाउने गरेका छौं।’कुखुराको मल प्रयोग गर्न थालेपछि तोरी राम्रो हुन थालेको उनको भनाइ छ ।
जिल्लाका कावासोती, मध्यविन्दु, देवचुली र गैंडाकोट नगरपालिका क्षेत्र तोरीको पकेट क्षेत्र मानिन्छन्।तोरीखेतीका लागि किसान आकर्षित भइरहँदा चुनौती र समस्या उत्तिकै रहेको गुनासो कायमै छ ।बाली लगाउने शुरुआती दिनदेखि नै मल नपाएका किसान तोरी लगाउँदा समयमा मल उपलब्ध नहुनु मुख्य समस्याको रूपमा देखापरेको बताउँछन् ।
सरकारले मल आएको भने पनि समयमा मल नपाइएको कृषक कल्पना भण्डारीले गुनासो गरिन्।‘अहिले तोरीको बजार खोज्नु नै पर्दैन, घरैबाट विक्री हुन्छ,’ उनले भनिन्, ‘खेती लगाउँदा मल नपाउने समस्याले कृषकलाई सधैं पिरोल्ने गरेको छ।’धान रोप्ने समयमा मल नपाएका किसानले तोरी लगाउँदा पनि यसको अभाव झेलिरहेका छन् ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा २ हजार तीन सय ३५ हेक्टरमा तोरी बाली लगाइएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी शंकर पौडेलले बताउनुभयो।‘तोरी बाली लगाउन पनि सजिलो, खासै दु:ख पनि नहुने भएकाले दुई वर्षदेखि यसको खेतीमा आकर्षण बढेको छ,’ उनले भने ।
पछिल्ला वर्षमा किसानले तोरीको राम्रै भाउ पाउन थालेका छन् ।गाउँघरमा अहिले तोरीको मूल्य प्रतिक्विन्टल ११ हजारसम्म रहेको छ।छरेको ८० देखि ९० दिनमा तोरीखेती तयार हुन्छ।आफैले उत्पादन गरेको तोरीको तेल गुणस्तरीय हुने र पिनासमेत मलका रूपमा प्रयोग गर्न पाइने भएकाले पनि किसान तोरीखेतीप्रति आकर्षित हुँदै गएको बताइएको छ । रासस
नेपालमा युगान्डाबाट पनि भित्रिन्छ आँप
काठमाडौं,आषाढ,२५-अफ्रिकी मुलुक युगान्डाबाट पनि नेपालमा आँप भित्रिने गरेको छ ।चालू आर्थिक वर्षको ११ महीना (२०७८ साउन-२०७९ जेठसम्म) मा नेपालले १ लाख ३८ हजार रूपैयाँ बराबरको आँप आयात गरेको छ ।
उक्त अवधिमा युगान्डाबाट २४० किलोग्राम आँप भित्रिएको विभागको तथ्यांक छ । युगान्डासँगै नेपालमा अन्य देशहरूबाट पनि आँप आयात हुने गरेको छ ।
कुन देशबाट कति आयात ?
नेपालमा भारत, थाइल्यान्ड, फिलिपिन्स, सिंगापुरलगायत देशबाट आँप भित्रिने गरेको छ । तीमध्ये ठूलो हिस्सा भारतबाटै आयात हुने गरेको छ ।
चालू आर्थिक वर्षको ११ महिना (२०७८ साउन–२०७९ जेठसम्म) मा नेपालले भारतबाट ७१ करोड ७३ लाख २६ हजार रूपैयाँको १ करोड ४८ लाख ५२ हजार ८९ किलोग्राम आँप आयात गरेको छ । यो उक्त अवधिमा भएको कूल आयातको ९९ दशमलव ९६ प्रतिशत हो ।
यस अवधिमा नेपालले ७१ करोड ७५ लाख ९४ हजार रूपैयाँको १ करोड ४८ लाख ५२ हजार ६३० किलोग्राम आँप आयात गरेको विभागले जनाएको छ ।
अन्य देशबाट गरिने आयात नगन्यरूपमा छ । विभागको तथ्यांक अनुसार नेपालले चालू आर्थिक वर्षको ११ महीनामा थाइल्यान्डबाट १ लाख २९ हजार रूपैयाँको ३०० किलोग्राम आँप भित्र्याएको छ ।
नेपालले फिलिपिन्स र सिंगापुरबाटसमेत आँप आयात गर्ने गरेको छ । तर, यो वर्ष ती देशहरूबाट आँप आयात भएको छैन ।
युगान्डाको महँगो, भारतको सस्तो
नेपालले आयात गर्ने आँपमध्ये सबैभन्दा महँगो युगान्डाको रहेको छ । चालू आर्थिक वर्षको ११ महीनामा युगान्डाबाट भित्रिएको आँपको मूल्य प्रतिकिलोग्राम ५७५ रूपैयाँ परेकाे छ । यो रकम युगान्डाबाट आयात भएको आँपको मूल्यलाई परिणामले भाग गरी निकालिएको हो ।
यस्तै, भारतबाट आयात हुने आँप सस्तो पर्ने गरेको छ । विभागका अनुसार चालू आर्थिक वर्षको ११ महीनामा भारतबाट आयात भएको आँपको मूल्य प्रतिकिलोग्राम ४८ रूपैयाँ २९ पैसा परेको छ । त्यसैगरी,थाइल्यान्डबाट भित्रिने आँपको मूल्य ४ सय ३० रूपैयाँ परेको विभागले जनाएको छ ।
चोरको हर्कत: बाख्राद्वारा मानिसको सनाखत,चोर पक्रन पुलिस सफल
रुपन्देही,आषाढ,२५-रुपन्देहीको सैनामैना नगरपालिका र त्यस आसपासमा गत केहि महिना यता श्रृखंलाबद्ध  बाख्रा चोरी घटनाको रहस्य पत्ता लगाउन  सालझण्डी ईलाका प्रहरी कार्यालय  सफल भए पनि फेला परेका बाख्राको मालिक चिन्न रोचक अनुसन्धान गर्नुपरेको छ ।
घरबाट बाख्रा हराएको उजुरी परे लगत्तै रुपन्देहीको सालझण्डी  ईलाका प्रहरी कार्यालयले चोरीका बाख्रा पत्ता लगाउन र चोर्ने व्यक्तिलाई समात्न पनि सफल हुन्छ तर उजुरीकर्ता ले नै आफ्नो बाख्रा चिन्न नसकेपछि प्रहरीलाई सकस पर्छ।किनकी बाख्राहरू चोरी पछि  रौं काटेर र र अनेक रंग दलेर बाख्राको स्वरुप नै परिवर्तन गरिएको हुन्छ।
त्यसपछि ईलाका प्रहरी कार्यालयले मालिकद्वारा बाख्राको सनाखत  गराउनुको साटो बाख्राद्वारा मालिक सनाखत गराउने जुक्ती निकाल्छ।यस जुक्ती अन्तरगत बाख्राहरूलाई छाडा छाडिन्छ।उजुरीकर्ता देखि प्रहरी कार्यालयमा रहेका सबै मानिसहरुलाई आ-आफ्नो बाटो लाग्न भनिन्छ।अन्ततःती बाख्राहरू आ–आफ्नो मालिकहरु पछ्याउँदै जान्छन्।तब मात्र बाख्राले मानिस र मानिसले आफ्नो बाख्रा चिन्छ ।
यो घटना शुक्रबार दिउँसो ईलाका प्रहरी कार्यालय सालझण्डी परिसरको हो।त्यस भेगका मानिसहरुले घरबाट क्रमशःदर्जनौं बाख्राहरू चोरी भएको उजुरी लिएर आउँछन्।त्यही क्रममा  असार ५ गतेका दिन  रुपन्देहीको कन्चन गाउँपालिका-१ का पवन परियारको बाख्राको खोरबाट १२ किलो,१० किलो र ८ किलो तौर बराबरका ३ वटा बाख्रा विहान करिव ३ बजेको समयमा चोरी भएको उजुरी लिएर एक जना त्यस कार्यालयमा पुग्छन् ।
त्यस अघि पनि थुप्रै मानिसहरुले आफ्ना बाख्रा,खशी बोकाहरु चोरी भएको उजुरी दिई सकेका हुन्छन्।त्यसपछि त्यस कार्यालयको मिसन बाख्रा खोजीमा केन्द्रित हुन्छ।त्यही क्रममा बाख्रा ओसार पसार गरिरहने दुई वटा मोटरसाईकल पत्ता लाग्छन्।तीनै मोटरसाइकलमार्फत चोरहरू पत्ता लाग्छन् ।
सुराकीको माध्यमद्वारा  बाख्रा ओसार पसारमा प्रयोग भएका  लु १७ प ३७१७ र  लु ३५ प २४३१ नम्वरको मोटर साइकल  प्रहरीले बरामद बरामद गरेको छ।त्यसपछि  ती मोटरसाईकलमा सवार चार जना मानिसको पत्तो लाग्छ।साभार राटोपाटीबाट