सवारी दुर्घटना – Bihani Online

एनआरएनए जापानको यूवा संयोजक दिपक बुर्जा मगर विजय
फाईल तस्विरमा : एनआरएनए जापानको यूवा संयोजकमा दिपक बुर्जा मगर- 2025

टोकियो,साउन,१२-गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (NRNA) जापानको यूवा संयोजकको पदमा दिपक बुर्जा मगर विजय हुनु भएको छ।

जुलाई २७ तारिख आईतबारका दिन गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (NRNA) जापानको १२ औं राष्ट्रिय महाधिवेशनले भर्चुअल मार्फत गराएको भोटिङ मार्फत दिपक बुर्जा मगर विजयी हुनु भएको हो।

एनआरएनए जापानको यूवा संयोजक पदमा ३ जनाले उम्मेदवारी दिएका थिए,जसमा दिपक बुर्जा मगरले ४७३३ मत प्राप्त गर्नु भएको थियो,भने प्रतिद्धन्दी समिर खड्काले ४०६१ प्राप्त गर्नुभयो, उहाँलाई ६७२ मतान्तरले पछि पार्दै दिपक बुर्जा मगर विजय हुनु भएको थियो।यस्तै अर्का प्रतिद्धन्दी रन्जित महर्जनले ३५५१ मत प्राप्त गर्नुभएको थियो।

जापानमा रहेको कुल मतदाता संख्या १८ हजार ३ सय १४ रहेकोमा १२ हजार ३ सय ४५ जनाले मात्र भोट गरेका थिए।यो कुल मतदाताको संख्याको आधारमा हेर्ने हो भने ६७ दशमलव ४१ प्रतिशत खसेको निर्वाचन समितिले जनाएको छ।

उहाँले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी (२०२५-२०२७) दुई वर्षे कार्यकालको लागि युवा संयोजक पदमा आफ्नो उम्मेदवारी दिनु भएको थियो।

विजयी पश्चात उहाँले बिहानी अनलाईनलाई जानकारी दिदै भन्नुभयो”“म” युवा संयोजक पदमा जित हासिल गरेपछि एकदमै उत्साहित भएको छु।यो जितको श्रय सम्पुर्ण मतदातालाई जाने बताउनुभयो।

उहाँले “भन्नुभयो” मलाई विश्वास गरेर जिताउनु हुने सम्पुर्ण चिर परिचित र आफन्तजन साथीभाई सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।आगामी दिनमा आफ्नो कर्तव्यलाई नभुली अझ कर्म निष्ठावान भएर काममा लाग्ने बताउनुभयो।

जुन किसिमले मैले चुनावी माहोलमा होमिदा “भ्रम होईन तथ्यलाई आत्मसाथ गर्ने सकरात्मक सोच समाज रुपान्तणका लागि युवाको खोज” भन्ने मुख्य उद्देश्यका साथ आफ्नो एजेण्डा लिएर अगाडी बढेको थिए। त्यो एजेण्डलाई साकार पार्नको लागि आफू युवाको अग्रपङंत्तीमा रहेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

साथै उहाँले आफूसंगै एनआरएनए जापानको आगामी कार्यकालका लागि निर्वाचित हुने सबैलाई शुभकामना दिदै अब एउटा बलियो टिम बनाएर काम गर्नुको विकल्प नरहेको बताउनुभयो।

एनआरएनए जापानको नव निर्वाचीत युवा संयोजक दिपक बुर्जा मगर को हुन् ?

नेपाल घर सोलुखुम्बु भए पनि स्थाई रुपमा काठमाण्डौं बस्दै आउनु भएका दिपक बुर्जा मगर सन् २००८ सालमा जापान आउनु भएको थियो।

उहाँले प्रवासमा रहेर पनि उहाँले लामो समय देखी जापानमा विभिन्न सामाजीक सेवामा सक्रिय रहदैँ थुप्रै कामहरु गर्दै आउनु भएको छ।

साथै उहाँले लामो समय देखी सामाजीक संघ संस्था कार्य गर्ने दौरानमा नेपाल मगर संघ जापानको अध्यक्ष समेत बनी सक्नु भएको छ।अध्यक्ष रहदाँ उहाँले जापानमा रहेका नेपालीलाई आफ्नो भाषा, भेषभुषा, कला संस्कृतीलाई जोगाईराख्न थुप्रै सांगितीक कार्यक्रमहरुको आयोजना गर्दै नेपाली संस्कृती जापानीजमाझ चिनाउन पनि उत्तीकै सक्रिए भएर लागि पर्नु भएको छ।

उहाँ अहिले पनि नेपाल मगरसंघ जापानको सल्लाहकारको रुपमा रहेर अझै सक्रिय भएर काम गरि राख्नु भएको छ।खेलकुदमा पनि उत्तीकै रुची राख्ने दिपक बुर्जा मगरले जापानमा भलिवल टुर्नामेण्ट पनि गराई सक्नु भएको छ।

उहाँले आगामी दिनमा प्रवासमा रहेका नेपाली युवा पंङ्त्तीलाई गैर आवासिय नेपाली संघ संग सिधा सम्पर्क गर्ने र युवाहरुको आधारभुत क्रियाकलापमा आवश्यक कार्यक्रमहरुको योजना गरेर युवालाई प्रवासमा सक्रिय राख्ने बताउदै आउनु भएको छ।

उहाँले पछिल्लो समय जापानमा रहेका नेपाली युवाहरु खेलकुदप्रती निकै सक्रिय रहेको हुँदा फुटबल, भलिवल र क्रिकेट जस्ता खेल क्षेत्रमा युवाको लागि नियमित जसो कार्यक्रमहरु गरिरहने जानकारी दिनुभयो।

तसर्थ : गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको यूवा संयोजक पदमा विजयी हुनु भएकोमा बिहानी अनलाईन परिवारको तर्फबाट उहाँ लगायत सम्पुर्ण टिमलाई आगामी कार्यकालको लागि धेरै धेरै शुभकामना व्यक्त गर्दछौ।

उहाँले भने जस्तै अब “भ्रम होईन तथ्यलाई आत्मसाथ गर्ने सकरात्मक सोच समाज रुपान्तणका लागि युवाको खोज” भन्ने मुख्य उद्देश्यका साथ आफ्नो जुन एजेण्डा लिएर विजयी हुनु भएको छ।त्यो सबै योजनाहरु पुरा हुदैं जाओस् हामी यहि शुभेच्छा व्यक्त गर्दछौं।

जापानमा आत्महत्या गर्ने नेपालीको संङख्या बढ्दै,कारण के होला ?
टोकियो,माघ,२१-नेपाल देखि जापानमा उच्च शिक्षा र रोजगारीको सिलसिलामा आउने नेपालीको संख्या पछिल्लो समय दिनप्रति दिन बढ्दै गएको छ।

जापान सरकारको अध्यागमन ब्यूरोले सन् २०२४ को जुन अन्त्यसम्म तथ्याङ्कहरु सार्वजनिक गरेको आधारमा हेर्ने हो भने नेपालीहरु जापानमा छैटौं ठुलो विदेशी समुहको रुपमा रहेका छन्।उक्त तथ्याङ्को आधारलाई मान्ने हो भने २०६,८९८ जना नेपालीहरु जापानमा बसोबास बस्छ्न।तर हाल सम्म जापानमा बस्ने नेपालीको संख्या २ लाख २० हजारको हाराहारीमा पुगिसकेको छ।

जापानमा नेपालीहरुको वर्चस्व बढे संगै यहाँ महिनै पिच्छै अप्रिय घट्नहरु घट्न थालेका छन्।हरेक महिना कोहि न कोहि नेपालीहरुले ज्यान गुमाई रहेका छन्।जस अन्तर्गत पछिल्लो समय नेपालीहरुले बढी ज्यान गुमाउने घट्ना हो, “आत्महत्या” !!

आज म यो लेखमा आफूले जाने बुझेको र आफू निकट केहि डाक्टर साथीहरु र अग्रजसंगको भलाकुसारी पछि आत्महत्या गर्नुका कारण र आत्यमहत्या गर्नु पुर्व मानिसहरुले देखाउने सामान्य लक्ष्यण र रोकथामको उपायका बारेमा चर्चा गर्नेछु।

कृपया यो लेखलाई पढे पछि शेयर गरेर साथ दिनुहोला।ताकि जो कोहि होस् “आत्महत्याको शिकार आफैं गर्न खोजिरहेका सम्बन्धीत मानीसमा एउटा सानो कुराले केहि परिवर्तन आउछ, भने त्यो नै तपाई हाम्रो धर्म हो,जस्तो मलाई लाग्छ।”

अब लागौं आजको मुख्य विषयवस्तु तर्फ, “आत्महत्या”

सामान्यतया पछिल्लो समय विश्वमा नै आत्महत्या तथा “सुसाईड” गरि ज्यान लिनेहरुको संख्या बढ्दै गईरहेको छ।सामान्य भाषामा भन्नुपर्दा संसारमा कुनै पनि व्यक्तीले जानीजानी आफ्नो जीवन आफैँले समाप्त पार्दछ भने त्यसलाई हामी आत्महत्या “सुसाईड” गरेको भनेर बुझ्छौं।

नेपालीको सन्दर्भमा मुख्यगरी हेर्ने हो भने, डोरीमा झुन्डिएर, विष खाएर, घरको छतबाट तथा खोलामा हामफाल्ने गरेर आत्महत्या गरेको धेरै पाइन्छ।यसबाहेक आफैले आफ्नो हात काट्ने,अत्याधीक रक्सी पिउने जस्ता कार्य गरेको देखिन्छ।

जब मान्छेले आत्महत्या गर्छ नि उसले किन यस्तो गर्यौ कारण यहि हो भनेर यकिन भन्न त सकिदैन्।तर आत्महत्या गर्नुको मुख्य कारण मानसिक रोग एक हो।मानसिक रोगले चाप्दै गएपछि मान्छे आत्महत्या गर्ने अवस्थामा पुग्छ।कुनै मानसिक रोग लामो समयदेखि लागिरहेको हुन्छ भने कुनै तत्काल भएको घटनाका कारण उत्पन्न मनो समस्या हुन्छ।जसको कारण मान्छेले आफूलाई संयमता राख्न सक्दैन् र आत्महत्या गर्न बाध्य भएको पाउदछौं।

तर कतिपय आत्महत्या “सुसाईडका” घट्नाहरु भने फरक पनि रहेको छन्।सामाजिक,आर्थिक,दवाब र टर्चरहरु जस्ता कारणले पनि मान्छेले आत्महत्या गरेका हुन्छन्।जस्तो,कुनै पनि गम्भीर प्रकृतिका हिंसामा परेका महिलाहरू,सामूहिक बलात्कारमा परेका महिलाहरूमा डिप्रेसन भएको हुन सक्छ।यस्तो बेलामा पनि मान्छेले आत्महत्या गर्न सक्छन्।आफूले सोचे खोजेअनुसार परिस्थिति नभएका व्यक्तिहरूले  पनि डिप्रेसन भएर आत्महत्या गर्न सक्छन्।

जापानमा नेपालीहरुले आत्महत्या “सुसाइड” गर्नुको कारण ।

जब मान्छेले आत्महत्या गर्छ,उसले के कारणले गर्यौ भनेर ठ्याकै भन्न त सकिन्न तर पनि उसको विगतको हरेक कृयाकलाप र दैनिकि जिवनलाई नियाल्ने हो भने आत्महत्या गर्नुका कारणको केहि अनुमान भने पक्कै लगाउन सकिन्छ।

पछिल्लो समय जापानमा आत्महत्या “सुसाईड” गर्नुका कारणहरु धेरै नै रहेका छन्।जुन हामीले भोगेको देखेको र पाएको विवरणको आधारमा म संक्षिप्तमा लेख्ने छु।आत्महत्या गर्नुको कारण नेपालीको हकमा हेर्ने हो भने आर्थीक समस्याले थिचोलेको र त्यसैमा निर्णय लिन, संयमता हुन नसक्नु एउटा उमेरको अपरिपक्कता लगायत विभिन्न दवाव टर्चर र आफूले सोचे खोजे अनुसार परिस्थिति नभए पछि डिप्रेशन भएको र आत्महत्या गर्ने गरेका छन्।

किनकि हामीले जुन किसिमले नेपाल देखी जापान आउदा जे सोचेर आउछौ,त्यसको ठिक विपरित भैईदिदा धेरै मानिसहरु डिप्रेशनमा जाने गर्छ।नेपाल देखी आउदा लाखौं खर्च गरेर विद्यार्थी भिषामा अथवा अन्य कुनै पनि भिषामा आउदा यस्ता जटिल समस्या उत्पन्न हुने गरेका छन्। त्यसको मुख्य कारण के हो भने जस्तो काम नपाउनु,आम्दानी नहुनु,यहाँ आएपछि कतिपय जनालाई स्वास्थ्यले साथ दिदैन्,काम गर्न सकिदैन, भने जस्तो विदेशमा साथीहरु भने जस्तो नमिलेको पनि हुन सक्छ।

विदेश आउदा लिएको लाखौं रुपैयाँको ऋिणको एका तिर बोझ हुन्छ, त्यसैमा घरपरिवारले नबुझिदिदा परिवार बाट छिटो ऋिण तिर्नको लागि बारम्बार ताकेता भैईदिदा यस्ता कुराहरुले जो पनि डिप्रेशनमा जान सक्छन्, र आत्महत्या “सुसाईड” गर्ने निर्णयमा पुग्ने गरेका छन्।

जापानमा नेपालीहरुलाई आत्महत्या “सुसाइड” गर्नुबाट कसरी जोगाउन सकिन्छ ।

यो आत्महत्या “सुसाइड” जस्तो गम्भिर घट्नाबाट ठ्याक्कै बचाउन त नसकिएला, तर यसको बारेमा मनिसहरु समक्ष राम्रो जनचेतना मुलक सन्देश समय मै दिन सक्यौ भने अवश्य रोकथाम गर्न चाहिँ सकिन्छ।किनकि आत्महत्या सोच भएकै व्यक्तीहरुलाई जोगाउनको लागी हामीसंग निश्चित समयावधि हुन्छ।यदि त्यस समयावधिमा हामीले उक्त व्यक्तीलाई जोगाउन सकियो भने आत्महत्या शतप्रतिशत रोकथाम गर्न सकिन्छ।

जापानमा बस्ने नेपालीहरु जो आत्महत्या गर्ने सोच बनाएका व्यक्तीहरुलाई जोगाउनको निम्ती तपाई हामी सबैले केहि आधारभुत कुराहरु अपरिहार्य गर्न जरुरी छ।जुन विभिद् कुरा मैले आत्महत्या गर्नुका कारणहरुमा माथि भने जस्तै त्यहि कुरालाई रोक्नको लागि जो व्यक्ती आर्थीक चपेटामा परेका छन्, हुनत हामी सबै नेपालीमाझ यो आर्थीक समस्या त छदै नै छ, तर पनि त्यसलाई रोक्नको लागि हामी नेपालीले केहि गृहकार्य गर्न अवश्य जरुरी छ।

पछिल्लो समय उच्चशिक्षा र रोजगारीका लागि हामी नेपाली मात्र नभएर अन्य विदेशी मुलका नागिरक पनि लाखौंको संख्यामा जापानमा भित्रीएका छन्।जसले गर्दा विदेशीले यहाँ सोचे अनुसार र भनेजस्तो काम नपाउनु नै हो।यसमा पनि मुख्य समस्या भाषाको रहेको छ,काम गर्ने कम्पनिले पनि धेरै विदेशी भएपछि जसको भाषा राम्रो छ,उसैलाई राख्ने गर्छ, ताकि उसलाई पनि काम गराउन सजिलो होस्।

यहि विचमा हामी कतिपय नेपालीहरु भाषा नपढी कुनै पनि कुरा नबुझीकन अरुको लहलहैमा लागेर विदेश पुगेका हुन्छौं,यसरी आउने जो कोहिलाई परेको मुख्य समस्या नै यहि हो।काम नपाएर हैरान खेपि रहेकालाई जापान आउदा लिएको त्यो लाखौं रुपैयाँको ऋिणले तनाव दिईरहेको बेला घर परिवारले पनि संयमता भएर सके सम्म उसको गुज्रीरहेको समयलाई बुझेर आफ्ना छोरा छोरीलाई पैसा नमागिकन सम्झाउन अत्यन्त जरुरी छ।

किनकि एक त उनिहरु अपरिपक्क उमेरमा विदेश पुगेका हुन्छन्, एकातिर पढाई अर्को तिर कामको बोध र विभिद दैनिकी समस्याका कारण स्वतह केहि सोच्न नसक्ने स्थितीमा पुगि सकेका हुन्छन्।त्यसमा परिवारले समस्या थपिदिनु हुदैँन र हौसला दिने काम परिवार र साथीभाईबाट हुन जरुरी छ।

नेपाल देखी जापान पठाउने जति पनि कनसल्टेन्सीहरु छन्,तपाईहरुले पठाउदा लाखौं कमाईन्छ भनेर प्रलोभन नदेखाईदिनु होला, कमाए पछि खर्च कति हुन्छ,संघर्ष कसरी गर्नु पर्छ,भनेर पनि सिकाउनु होला।साथै भाषा र जापानको सामान्य नियम कानुन रितिरिवाज सम्बन्धी बुझाएर पठाउनु भयो भने सायदै तपाईले पठाउनु भएको विद्यार्थीले दु:ख पाउदैन र नबुझीकन सकड दुर्घटना र आत्महत्या जस्ता गम्भिर घट्नाबाट मान्छेको ज्यान जोगिन सक्छ।

अर्को कुरा यहाँ स्थापित भैईसकेका केहि अग्रज (सेन्पाई) र नयाँ आगन्तुक विच सहकार्य नहुनु र आफूले सिकेका कुराका अनुभव समेत नयाँ लाई नबाँड्नु जस्ता कार्यले पनि नयाँले दुख पाउने गरेका छन्।त्यसैले नयाँले पनि अगाडी आईसकेका संग सोधपुछ गरि परामर्श लिन जरुरी छ,भने पुराना (सेन्पाई) हरुले आफूले सिकेको कुराहरुको नयाँलाई राम्रो संग सल्लाह सुझाब र परामर्श दिनु अहिलेको आवश्यकता हो।

मुलत : जापानमा सामाजीक कार्य गर्न भनि खोलिएका विभिन्न जातीका आ-आफ्नै संघ संस्था छन्।त्यसैमा जापानमा भैपरि आउने नेपालीको समस्याको प्रतिनिधित्व गर्ने गरि सबैको साझा संस्था गैर आवासिय नेपाली संघ जापान (एनआरएनए) छ।राजदुतावास छ,अनि पत्रकारितामा,टिकटकमा,यूटुबमा मै हुँ भन्दै जापान सम्बन्धी ज्ञान दिन खोज्ने भनौदाहरु पनि यहाँ औंलामा गनि नसक्ने मान्छेहरु छन्।

तर कुनै पनि संस्थाले जापानमा आएका नयाँ भाईबहिनीहरुका लागि जापान सम्बन्धी जनचेतना मूलक अभुमुखिकरण परामर्श कार्यक्रममा जोड दिएको मैले पाएको छैन्।

यहाँ भएका संस्थाको मुख्य उद्देश्य मान्छे मरोस् मतलव (खान्के) हुदैँन।उनिहरुलाई मतलव छ त कसरी फिल्म ल्याउने, कार्यक्रमका टिकट कसरी बच्ने, अथवा उसको कार्यक्रम भन्दा हाम्रो कार्यक्रम कसरी राम्रो बनाउने, कार्यक्रमभर अतिथीको होडबाजी, जे जस्तो कार्यक्रम गरेपनि पैसा कसरी असुल्ने र कमाउने मात्र देखिन्छ।

तर हाम्रो नेपाली कला संस्कृती, भाषा भेषभुषा सम्बन्धी जगेर्ना गर्नु पर्छ, जापानीज लगायत विदेशीमाझ चिनाउनु पर्छ,भनि ठुला ठुला फेस्टिवलका आयोजनाहरु हुन्छन्,त्यहाँ जनचेतना मुलक, परामर्श गर्ने एउटा स्टल पनि हुदैँन्।के जापानमा भएका कुनै पनि संघ संस्थाले त्यो कार्य गर्नै हुदैँन।के विदेशमा खोलिएका संघ संस्थाहरु मनोरञ्जन, अतिथी बन्न र पैसा कमाउनको लागि मात्र हो ?

जे होस् : यदि विदेशमा रहेर स्वच्छ मनले सामाजिक कार्य गर्ने हितु हो भने जापान सम्बन्धी नयाँ आएका भाईबहिनीहरुका लागि राम्रो जनचेतना मुलक अभिमुखिकरण परामर्श जस्ता कार्यक्रम गर्नुहोस,मेरो सल्लाह सुझाव छ।किनकि तपाईले गरेको सानो कार्यले कसैको जिन्दगी बन्छ, कसैको ज्यान जोगिन्छ भने त्यो जतिको भलो काम सायदै यो संसारमा अरु केहि पनि होईन।

मैले यो कुरा कसैलाई दोषारोपण गर्न लागि भनेको हैन्, भनेको किन हो भने आत्महत्या जस्तो गम्भिर समस्या बढ्दै गईरहेको अवस्थामा आत्महत्या गर्न लागेका लक्षणहरू परिवार र समाजले बेलैमा बुझेर यस्ता जनचेतना मुलक कार्यक्रम गर्नुका साथ छिटो उपचारमा लैजानु भनेको नै यो रोकथामको उत्तम उपाय हो।

अब अन्तमा आत्महत्याका लक्षणहरु बारे चर्चा गरौ ।।

व्यक्तिको जीवनमा अनेक घटनाहरू हुन्छन्।कुनै घटनाले खुसी बनाउँछ त कुनैले दुःखी।घटनाको खुसी वा दुःख स्थायी हुँदैन।समयसँगै सामान्य हुँदै र कमजोर भएको मनोबल जागृत हुँदै जान्छ।व्यक्ति सामान्य दिनचर्यामा फर्किन्छ।कहिलेकाहीँ भने कुनै घटना विशेषको दुःख बढ्दै जान्छ।मन विरक्तिन थाल्छ,एक्लो र कमजोर भएको महसुस हुन्छ।यस्तो अवस्थामा परिवारजन,आफन्त र साथीसंगतबाट सहयोग मिलेन भने दुःख,पिर-चिन्ता बढ्दै जान्छ अनि दिमागमा गढेर बस्छ।यसो भएपछि मानसिक स्वास्थ्यमा असर पर्छ, आत्मबल घट्दै जान्छ।त्यस्तो व्यक्तिले बाँच्नुको अर्थ देख्न छाड्छ।

जो कोहि मानिसहरुले आत्महत्या “सुसाईड” गर्ने सोच बनाएको छ, भने उक्त व्यक्ति निराश हुने, आशा विहिन हुने, सहयोग विहिन भएको महसुस गर्ने वा आफू मूल्यहिन भएको महसुस गर्ने गर्दछ।पहिला यस्ता सोचहरु नआएको तर हालको अवस्थामा मुल्यहिन,सहयोग विहिन आशा विहिन भएको सोचहरु आइरहेको छ भने त्यस व्यक्तिले आत्महत्या गर्ने सम्भावना हुन्छ भनेर हामीले बुझ्नुपर्दछ।

अर्को कुरा हालको समयमा आएर यदि उक्त व्यक्ति एकदमै हिंस्रक भईरहेको छ, छटपटाहट भएको छ वा एक्लो महसुस गरेर कसैसँग पनि नबोल्ने, एक्लै टोलाएर बस्ने गरिरहेको छ,भने त्यस्तो अवस्थामा पनि उक्त व्यक्तिले आत्महत्या गर्न सक्छ भनेर बुझ्नु पर्दछ।त्यस्ता व्यक्तिलाई घरपरिवार आफन्त साथीसंगतले सहयोग गरेर मानसिक परामर्श लिनुपर्दछ।

आत्महत्या रोकथामको लागि नेपाल सरकारले पनि राष्ट्रिय योजना बनाएर नै आत्महत्या नियन्त्रणको प्रयासमा लाग्न अति जरुरी छ।यस्ता कार्यले गर्दा आत्महत्या सम्बन्धी गम्भिर घट्ना बाट बच्न मानिसहरुलाई रोक्न सकिन्छ।

आत्महत्या सम्बन्धी जति पनि आज हामीले माथी कारण र रोकथाम र लक्षणका बारेमा कुराकानी गर्यौ, यदि त्यो भित्रको लक्षण तपाईमा पनि छ भने तपाईहरुले समयमै उपचार लिनुभयो भने निराशजनक अवस्थाबाट अघि बढेर,जीवनमा नयाँ दियो बालेर जीवनलाई अगाडी बढाउन सक्नुहुनेछ, बाँचे पक्कै तपाईले संसार जित्नु हुनेछ। धन्यवाद !!

नेपाल मगर संघ जापानको देउसी भैलो कार्यक्रम सम्पन्न
फाईल तस्विर!!

टोकियो,कार्तिक,१७-नेपाल मगर संघ जापानको देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ।

आज शनिवारका दिन सिनओकुबो स्थित रोयल गार्डेन रेष्टुरेण्टमा तिहारको शुभकामना अदानप्रदान तथा देउसी भैलो खेली कार्यक्रम सम्पन भएको हो।

कार्यक्रममा टोकियो आसपासमा बस्ने मगर समुदाय लगायत अन्य विभिन्न संघ संस्थाका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

फाईल तस्विर !!

यस्तै: कार्यक्रमको प्रमुख अतिथिमा जनजाती महासंघका अध्यक्ष हवल चन्द्र लामा रहनु भएको थियो,भने बिशिष्ठ अतिथिहपुमा एनआरएनए जापानका अध्यक्ष नबिन निउरे, एनआरएनए पूर्व अध्यक्ष शिव पौडेल समुन्द्रपारी डटकमका प्रधान सम्पादक तिलक मल्ल र सुभाष लामिछाने रहनु भएको थियो।

कार्यक्रममा उपस्थित अतिथिले छोटो मन्तव्यमा देश तथा विदेशमा छरिएर बस्नु भएका आम नेपालीजनप्रती शुभकामना व्यक्त गर्नु भएको थियो।

कार्यक्रममा उपस्थित भएकाहरुले पनि देउसी भैलो खेल्दै एकले अर्कालाई शुभकामना आदान प्रदान गर्दै तिहारमा खाईने सेलरोटी र  मिष्ठान भोजन गर्दै नाचगान गरी तिहार मनाएका हुन्।

अपडेट हुदैँ बाँकि …….

मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति बनाइने
काठमाडौं,असार,२६-सरकारले सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति बनाउने भएको छ।

मंगलवार जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण सहारोहपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराँतीले यस्तो बताउनुभएको हो।मंगलवार बिहान सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना हुँदा उत्तर अमेरिकी मुलुक मेक्सिकोका ५ जना यात्रु र एक नेपाली पाइलटको मृत्यु भएको छ।

मन्त्री किराँतीले आफू जनकपुरबाट फर्किएपछि सके आजै र त्यो नभए बुधवारसम्ममा छानबिन समिति बनाएर मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गरिने बताउनु भयो।उहाँले सरकारले पहिलो दिनबाटै सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै सरकार नागरिकको सुरक्षामा काम गरिरहेको बताउनु भयो।

सञ्चारकर्मीहरुको फरक प्रसंगको प्रश्नमा मन्त्री किराँतीले वर्तमान गठबन्धन सरकार आलोपालो गरेर सम्झौताअनुसार ५ वर्ष नै टिक्ने दाबी गर्नुभयो।उहाँले सरकार छोडेर भाग्ने सुविधा कसैलाई नरहेको जिकिर गर्नुभयो।

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ६ जनाकै मृत्यु
सोलुखुम्बुमा भएको मनाङ् एयरको कल साईन ९एन–एमभी (एएस–५०) नम्बरको दुर्घटनाग्रस्त हेलिकोप्टरको भाग। तस्वीर : रासस

काठमाडौं,असार,२६-सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार ६ जनाकै मृत्यु भएको छ ।

मृत्यु हुनेमा क्पाप्टेन चेत गुरुङ र मेक्सिकन नागरिकहरु सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका छन्।मृत्यु भएका ६जनाकै शव भेटिएको प्रहरीले जनाएको छ।

मृतकहरु सबैको शव क्षतविक्षत अवस्थामा भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले बताउनुभयो।स्थानीयबाट हेलिकप्टर दुर्घटनाको खबर आउना साथ सोलुदुधकुण्ड नपा २ वेनी स्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले शव फेला पारेको हो।

मंगलबार विहान १० बजेर १० मिनेटमा सोलुखुम्बुको सुर्केबाट काठमाडौका लागि उडेको मनाङ एयरको नाईन एनए एमभि कलसाईन हेलिकप्टर लिखुपिके गाउँपालिका ५ भकान्जे स्थित लामाजुराको च्यानडाँडामा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको थियो । मृतकको शव काठमाडौं लैजानको लागि हेलिकप्टर पठाईए पनि प्रतिकुल मौसमका कारण हेलिकप्टर दुर्घटना स्थल पुग्न सकेको छैन ।

अल्टिच्युट एयरको २ वटा हेलिकप्टर अहिले भकान्जे चौरमा अवतरण गराएर राखिएको र मौसम खुल्ना साथ घटना स्थल पुग्ने प्रजिअ भट्टराईको भनाई छ ।

हेलिकप्टर दुर्घटना अपडेट : हेलिकप्टरमा सवार ५ जनाको सव भेटियो
काठमाडौं,असार,२६-सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको लामजुरा डाँडामा हेलिकप्टर दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको दुर्घटनास्थलमा पुगेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभयो।

‘हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ।एक जना बेपत्ता छन्।उनीहरुको पहिचान भएको छैन,’उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु थिए।हेलिकप्टरका पाइलट चेतबहादुर गुरुङ रहेका थिए।प्रहरीले घटनास्थलमा उद्धारको काम भैईरहेको उहाँले जानकारी दिनुभयो।

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुराबाट बिहान १० बजेर १ मिनेटपछि सम्पर्कविहीन बनेको थियो।अहिले दुर्घटनास्थलमा काठमाडौंबाट गएको अल्टिच्युड एयरको हेलिकप्टर पनि अवतरण गरेको छ।  हेलिकप्टरमा उद्धारकर्मीहरू सवार रहेका छन्।

ब्रेकिङ न्यूज : लुक्लाबाट उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन
काठमाडौं,असार,२६-सोलुखुम्बुको लुक्लाबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको हो।

६ जना यात्रुसहित मंगलबार विहान १० बजेर १० मिनेट जाँदा उडेको हेलिकप्टर सम्पर्कविहिन बनेको हो।

सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टरका पाइलट चेतबहादुर गुरुङ रहेको खुलेको छ।

विदेशीलाई माउन्टेन फ्लाइट गराएर फर्किँने क्रममा सम्पर्कविहीन भएको नाइन एनए-एमभी कलसाइन रहेको हेलिकप्टर पौने ११ बजे काठमाडौं आईपुग्नु पर्नेमा सम्पर्कविहीन भएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ।

हेलिकप्टरमा सवार पाँचै जना यात्रुहरू मेक्सिकन नागरिक  हुन्। हेलिकप्टरको खोजी कार्य जारी रहेको पनि विमानस्थलले जनाएको छ ।

हेलिकप्टर दुर्घटना अपडेट : १ जनाको मृत्यु, चार जना घाइते
काठमाडौं,बैशाख,२२-संखुवासभामा हेलिकप्टर दुर्घटना गम्भीर घाइते भएका स्थानीय भविन गुरुङको मृत्यु भएको छ ।

माथिल्लो अरुण हाइड्रो पावरका सामान गोला भन्ने स्थानबाट सिप्रुङ भन्ने स्थानमा लैजाँदै गर्दा भोटखोला गाउँपालिका वडा नम्बर ४ सिप्रुङमा हेलिकोप्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते चारै जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । क्याप्टेन सुरेन्द्र पौडेल, कोपाइलट छिरिङ भोटे, सहयोगी मनोज थापालाई घटनास्थलबाटै उद्धार गरेर काठमाडौं ल्याइएको हो ।

विक्रम शंकरलाई सुरुमा उपचारका लागि जिल्ला अस्पताल संखुवासभामा लगे पनि त्यहाँ उपचार हुन नसकेपछि हेलिकप्टरबाटै काठमाडौं ल्याइएको हो ।

विमान दुर्घटनाको शोकमा आज सार्वजनीक बिदा,यती एयरलाइन्सका सबै उडान रद्द
काठमाडौं,माघ,२-पोखराको सेती खोंचना आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा आज सोमबार सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ ।

आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गर्दै विमान दुर्घटनाको शोकमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

यसबैच : घटनाको बारेमा जानकारी लिन चाहने परिवार आफन्त सरोकारवालाका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने पनि सरकारले निर्णय गरेको छ।विमान दुर्घटनामा परेकाहरुको पार्थिक शरीर बुझ्न र आफ्नो ठाउँमा लैजान सरकारले सहजीकरण गर्ने जनाएको छ।

त्यसैगरी : पोखरामा आईतवार बिहान दुर्घटना भएको जहाज यती एयरलाइन्सले शोकमा आज आफ्नो निर्धारित सबै उडान रद्द गरेको छ ।

आईतवार एक सूचना प्रकाशित गर्दै कम्पनीले आपत्कालीन र उद्धार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको छ ।

कम्पनीको नाइन एन एएनसी एटीआर ७२-५०० जहाज आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका दौरान दुर्घटनामा परेको छ।दुर्घटनामा अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ।अन्य चार जनाको खोजी कार्य जारी रहेको छ।

हेर्नुहोस् सूचनाः

पोखरा विमान दुर्घटना अपडेट: ६८ जनाको शव फेला,विमानमा रहेका यात्रुहरूको (नामावली सहित)
फाईल तस्विर : पोखराको सेती खोंचमा यति एयरलायन्सको दुर्घटना ग्रस्त विमान !!

काठमाडौं,माघ,१-पोखाराको सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ।

सेती नदीको खोँचमा धेरै तल विमान खसेका कारण क्रेनको प्रयोग गरी उद्धारको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिनुभयो।उहाँका अनुसार पोखरास्थित गण्डकी आस्पतालमा ३१ जनाको शव लगिसकिएको छ ।

यति एयरलाइन्सको दुर्घटना विमानमा सवार रहेका यात्रुहरुको नामावली !!

पोखरामा आज आईतवार विहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा५३ जना नेपाली, पाँचजना भारतीय, रुसका चारजना, कोरियाका दुईजना, आयरल्याण्डका एकजना, अर्जेन्टिनाका एकजना, अष्ट्रेलियाका एकजना र फ्रान्सका एकजना यात्रु थिए ।

यती एयरलाइन्सका अनुसार दुर्घटना भएको उक्त विमानमा नेपाली यात्रुहरु किसान आचार्य, निशान्त आचार्य, शालिगराम आचार्य, सडकात अलिमिया, पूर्णबहादुर गुरुङ, जितेन्द्रबहादुर कुँवर, एलिना बन्ड्रो, अनिशा बानियाँ रहेका थिए ।

त्यस्तै, स्लोक भट्ट, निरा छन्त्याल, आशिमा गुरुङ, अनुशा गुरुङ, बेलमान गुरुङ, विजयकुमार गुरुङ, जीवनकला गुरुङ, माया गुरुङ, लक्कि गुरुङ, शिवकुमार गुरुङ, सिता गुरुङ, यमुना गुरुङ, यास्मिन गुरुङ, रविन हमाल, सञ्जय जैसवाल, सोनु जैसवाल, रचना काफ्ले पनि सवार थिए ।

त्यसैगरी उक्त विमानमा सीताकुमारी खड्का, अनिलकुमार राजभार, भगवती कुँवर, अविशेक कुश्वाह, ओममाया गुरुङ, सुस्मा पाण्डे, हरि परियार, लक्ष्मी परियार, रिता परियार, अरुण पौडेल, लक्ष्मी पौडेल, प्रसिद्धि पौडेल, त्रिभुवन पौडेल, पोजन रानाले पनि यात्रा गरिरहेका थिए ।

अन्य यात्रीमा  सविना रायमाझी, राजन सापकोटा, अनिल शाही, संगिता शाही, जमुना शर्मा, विशाल शर्मा, युवराज शर्मा, मोहन श्रेष्ठ, डा. शोना दिवाकर, बन्दना सुनार, राजुसिंह ठकुरी, चुर्ण थापा, गणेश थापा र लवराज तिमिल्सिना सवार थिए ।

विमानमा सवार विदेशी नागरिकको नामावली ।।

विमानमा सवार विदेशी नागरिकमा मेरोल लभ,आयूरी ल्यागीन, भिक्टर ल्यागीन, जेनितसन्डरा पालाभेकिनो, भिक्टोरिया अतुनिना, इलिना बण्डुरो, रुअनकालुम क्रिघ्टोन, एलेक्जेण्डर आइरिडोरे रहेका थिए ।

साथै, शिशुहरुमा कृष परियार, प्रसिद्धी पौडेल, आयुर्दि शर्मा, बेबी शर्मा थिए भने बाँकी दुईजना शिशुहरुको नाम खुलेको छैन ।

दुर्घटनामा परेको यतीको नाइन एन-एएनसी एटीआर-७२ जहाज वरिष्ठ क्याप्टेन कमल केसी र पाइलट अञ्जु खतिवडाले उडाएका थिए ।