भुकम्पमा परि ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

इन्द्र कार्की
धनगढी,बैशाख,१३
Deep 2 २०७२ साल बैशाख १२ गतेका दिन गोरखाको वारपाक केन्द्र विन्दु भएर गएको विनासकारी भुकम्पमा परि ज्यान गुमाउनेहरुको सम्झनामा धनगढीको पार्क मोडमा दिप प्रज्वलन गएिको छ । बैशाख १२ गतेको विपतको सम्झना गर्दै आगामी दिनमा त्यस्तो विनाशको सामना गर्न नपोस भन्ने कामना दिप प्रज्वलन कार्यक्रममा गएिको थियो । ज्ञात अज्ञात शहिदहरु प्रति मौन धाण गरि सुरु गरिएको कार्यक्रमका वक्ताहरुले विपतको वेला सवै नेपालीले एकजुट भई कार्य गरेको र भुकम्प गएको दुई वर्ष वितिसक्दा पनि घाइते घरवारविहिनहरु को अझै पनि उचित प्रवन्ध हुन नसक्नु ज्यादै दुःखद भएको वताए । साथै सो समस्यालाई गम्भीरतापुर्वक लिन सरकारको ध्यानाकर्षण समेत गराए । ७ दशमलव ८ रेक्टर स्केलको विनाशकारी भुकम्पमा परि झन्डै ९ हजार ले ज्यान गुमाएका थिए भने थुप्रै घरवार विहिन र घाइते भएका छन् । भुकम्पको चपेटामा परि देशका थुप्रै धार्मिक तथा साँस्कृतिक सम्पदाहरुमा समेत क्षति पुगेको छ । लियो क्लब अफ धनगढी, हेल्थ एण्ड मेडिको र  धनगढीका सम्पुर्ण लायन्स क्लबहरुको संयुक्त आयोजनामा नेपालको नक्सा वनाएर दिप प्रज्वलन गएिको थियो ।