वैदेशिक रोजगारका नाममा मिर्गौलाको अवैध कारोबार

काठमाडौं,बैशाख ४
नेपालमा मानव अङ्ग मिर्गौला ९किड्नी०को अवैध कारोबार जटिल समस्याका रूपमा देखा परेको छ ।  वैदेशिक रोजगारका नाममा मानव बेचविखन तथा ओसारपसारसँगै मिर्गौला पनि विक्री वितरण हुने पाइएको छ।

विशेष गरी समाजका अशिक्षत, गरिब तथा मजदुरहरूलाई आर्थिकलगायत विभिन्न प्रलोभन देखाई दलालहरूले नै वैदेशिक रोजगारका नाममा भारत पुर्‍याई मिर्गौला विक्री गर्न लगाउने गरेको सम्बद्ध अधिकारीहरूले बताएका छन् ।

जनअधिकार संरक्षण मञ्च नेपाल ९पीपीआर० र दिगो विकासका लागि सञ्चारमाध्यमको परिचालन ९एमएमएसडी ०ले आइतबार आयोजना गरेको ‘नेपालमा मिर्गौला बेचविखन’ विषयक छलफल कार्यक्रमका सहभागीहरूले मिर्गौला कारोबारमा संलग्न दलालहरूको सञ्जाल मुलुकभर फैलिँदै गएको बताउनुभयो ।

‘केही वर्ष पहिलेसम्म मिर्गौला विक्री वितरणको समस्या काभ्रे जिल्लामा मात्र सीमित थियो’, पीपीआरका कार्यक्रम निर्देशक सतिशकुमार शर्माले भने, ‘अहिले काठमाडौंको काँठक्षेत्रदेखि सुदूरपश्चिमको बर्दिया र बैतडीसम्म यो समस्या फैलिएको खबर आजको  गोरखापत्र दैनिकमा छ।