स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको चौंथो शिखर सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं,चैत्र,२८-

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको चौंथो शिखर सम्मेलन काठमाडौंमा सुरु भएको छ । स्वास्थ्य राज्यमन्त्री पदमा अर्यालले आज एक कार्यक्रमका बीच स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको चौंथो शिखर सम्मेलनको उदघाटन गर्नु भएको हो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदको २८ औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको सम्मेलनमा बोल्दै स्वास्थ्य राज्यमन्त्री अर्यालले सम्मेलनले स्वास्थ्य क्षेत्रको भावी नीति तर्जुमा गर्न आवश्यक सुझाव दिने विश्वास व्यक्त गर्नु भयो ।

उहाँले तथ्य र प्रमाणको आधारमा मुलुकको सबै तहमा स्वास्थ्य क्षेत्रको उचित व्यवस्थापन गर्न अनुसन्धानको कामलाई सरकारले उच्च प्राथमिकता दिने योजना पनि अघि सार्नु भयो । स्वास्थ्य राज्यमन्त्री अर्यालले नीति निर्माण तथा योजना तर्जुमा गर्दा सम्बन्धित क्षेत्रको अनुसन्धानको आवश्यक्ता पनि औंल्याउनु भयो ।

२ दिनसम्म चल्ने सम्मेलनमा देशभरका १ हजार भन्दाबढि स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित विज्ञहरु सहभागी भएका छन । नेपालको बदलिँदो स्वास्थ्य प्रणालीका लागि उच्चस्तरीय अनुसन्धानमा जोड दिन शिखर सम्मेलन आयोजना गरिएको हो । नेपालवाणीबाट साभर