विवेकशिल साझा पाटीकी नेतृ रन्जु दर्शना नेपालगंजमा

डम्मर थापा मगर/

बाँके, मङ्सिर,१५-
विवेकशिल साझा पाटीकी नेतृ रन्जु दर्शनाले दलरुका बिगतका प्रतिबद्धता अब जनताले खोज्ने बेला आएको बताउनु भएको छ ।पार्टिले आज नेपालगंजमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दे उहांले बिगतमा आफुले बोलेका कुरा पुरा नगर्ने नेतृत्वलाई जिताउने संस्कार गतल भएको धारणा राख्नुभयो ।

उहांले भन्नुभयो ,अब तिनै दलरुलाई तपाई हामिले चाबि बोक्ने ठाउमा पुराउनु हुंदैन । पुराना दलहरुले बिकास गर्न नसकेका कारण आफुहरु नयां योजनाका साथ आएकाले एक पटक अबसर दिन आग्रह गर्दे नेतृ दर्शनाले चाबि देश लुटे्नलाई दिन नहुने तर्क गर्नुभयो । राजनिति बिकासको मुल आधार भएपनि जनताहरुको सपना पुरा हुन नसक्नु दुखद पक्ष भएको बताउनुभयो ।