ओकिनावा,भदौ,२९-वैदिक सनातन हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा आज (सेप्टेम्बर १४) तारिख जापानको ओकिनावामा बृहत् तीज सांस्कृतिक कार्यक्रम आयोजना हुँदैछ। “Team Everest Okinawa” को आयोजनामा हुने उक्त कार्यक्रम दिउँसो ३:०० बजेदेखि साँझ ६:३० बजेसम्म सञ्चालन हुनेछ।कार्यक्रम Makishi Station नजिकै रहेको Union को माथिल्लो तेस्रो तल्लामा आयोजना गरिने आयोजकले जनाएको छ। तीजको मौलिक संस्कृति, […]
Author: bihani
आज हरितालिका तिज : देशदेखि परदेशसम्म तीजको उल्लास
काठमाडौं,भदौ,२९-आज हरितालिका तिज मनाईदै। हिन्दु नेपाली महिला दिदिबहिनीहरुको महान चाड अर्थात महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हरितालिका तीज आज नेपालसहित विश्वका विभिन्न देशमा रहेका नेपाली आमा-दिदीबहिनीहरूले श्रद्धा, उत्साह र उमंगका साथ मनाउँदैछन्। तीजको अवसरमा नेपाली महिलाहरूले परम्परागत रातो पहिरन, गरगहना तथा श्रृंगारमा सजिएर शिव-पार्वतीको पूजा-आराधना गर्ने, व्रत बस्ने तथा सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परा […]
रसुवा बाढीपीडितका लागि नेपाल मगर संघ जापानद्वारा ३ लाख ५० हजार रुपैयाँ राहत सहयोग
टोकियो,भदौ,२९-नेपाल-चीन सीमावर्ती तिब्बत क्षेत्रबाट रसुवा जिल्लाको ल्हेन्देखोला तथा भोटेकोशी क्षेत्रमा भदौ १० गते बुधबार बिहान आएको विध्वंशक बाढीले व्यापक जनधनको क्षति भएको छ। बाढीले रसुवाको टिमुरे बजार, नुवाकोटको स्याफ्रुबेसी, बेत्रावती र त्रिशूलीका बजार तहसनहस गरेको थियो। उक्त बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउने अभियान अहिले देश तथा विदेशमा तीव्र रुपमा चलिरहेको छ। […]
आज बुवाको मुख हेर्ने दिन : जन्मदेखि जीवनभर साथ दिने पिताप्रति सम्मान प्रकट गरिँदै
काठमाडौं,भदौ,२६-नेपाली समाजमा विशेष धार्मिक तथा सांस्कृतिक महत्व बोकेको कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिन आज विभिन्न विधि तथा परम्पराअनुसार देश तथा विदेशमा एकै साथ मनाइँदैछ। यस अवसरमा छोराछोरीले आफ्ना बुवालाई मिठा परिकार तथा उपहार प्रदान गर्दै सम्मान र श्रद्धा व्यक्त गर्ने तथा बुवाबाट आशीर्वाद लिने प्रचलन छ। बुवाको प्रत्यक्ष दर्शन गर्न सम्भव नभएकाहरूले फोन […]
रसुवा बाढीपीडितका लागि JRF मार्फत राहत कोषमा रकम पठाउँदा सेप्टेम्बर ३० सम्म सेवा शुल्क नलाग्ने
टोकियो,भदौ,२६-चीनको तिब्बती क्षेत्रमा रहेका जोखिमपूर्ण हिमतालमा आएको पहिरो र त्यसपछिको विस्फोटका कारण रसुवाको ल्हेन्देखोला तथा भोटेकोशी क्षेत्रमा भदौ १० गते बुधबार बिहान आएको विध्वंशक बाढीले जनधनको ठूलो नोक्सानी गरेको थियो। बाढीले रसुवाको टिमुरे बजार, नुवाकोटको स्याफ्रुबेसी, बेत्रावती र त्रिशूलीका बजार तहसनहस गरेको थियो। उक्त बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउने अभियान अहिले […]
रसुवा भोटेकोशी बाढी:मृत्यु हुनेको संख्या हजार नाघ्यौ
काठमाडौं,भदौ,१३-रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार दिउँसो सार्वजनिक गरेको विवरणअनुसार बाढीमा परी हालसम्म एक हजार तीन जनाको शव फेला परेको छ। प्राधिकरणका अनुसार विभिन्न जिल्लाबाट प्राप्त विवरणअनुसार चितवनमा ३२१, पूर्वी नवलपरासीमा २१६, पश्चिम नवलपरासीमा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, […]
तीजको रमझम रोक्दै बोहोराफाँट समाज जापान द्धारा बाढीपीडित लाई ६ लाख ६० हजार येन सहयोग
टोकियो,भदौ,१६-जापानमा क्रियाशिल रहेको बोहोराफाँट समाज जापानले नेपालमा आएको विनाशकारी बाढी-पहिरोबाट प्रभावित पीडित परिवारको पीडामा साथ दिन सहयोग तथा पुनःस्थापनाका लागि ६ लाख ६० हजार येन आर्थिक सहयोग हस्तान्तरण गरेको छ। समाजले यस वर्ष आयोजना गर्न लागेको तीज विशेष दर खाने कार्यक्रम रद्द गरी राहत स्वरुप आर्थीक सहयोग गरेको हो। नेपालमा बाढी-पहिरोले ठूलो धनजनको क्षति पुर्याएको […]
रसुवा बाढीपीडितको सहयोगार्थ ‘प्रधानमन्त्री राहत कोष’मा JRF बाट नि:शुल्क रकम पठाउन सकिने
टोकियो,भदौ,१३-नेपाल-चीन सीमावर्ती तिब्बत क्षेत्रबाट उब्जिएको अप्रत्याशित र भीषण बाढी नेपालको रसुवा जिल्लास्थित भोटेकोशी नदीमा पस्दा व्यापक जनधनको क्षति भएको छ। बाढीका कारण स्थानीय जनजीवन प्रभावित हुनुका साथै ठूलो मात्रामा भौतिक संरचना र निजी सम्पत्ति नष्ट भएको छ। यस दुःखी र विषम परिस्थितिमा पीडितहरूलाई तत्काल राहत र पुनःस्थापना पुर्याउने उद्देश्यले विभिन्न निकाय तथा सर्वसाधारण एकजुट भइरहेका […]
मिनी फुटसल टुर्नामेण्टको उपाधि आयोजक टिम बिहानी एफसीलाई
जापान,भदौं,५-टोकियोमा आयोजित मिनी फुटसल टुर्नामेन्ट २०२६ को उपाधि आयोजक टिम बिहानी एफसीले जितेको छ। उपाधिका लागि भएको फाइनल खेलमा आयोजक बिहानी एफसी र ल्याङ्गर एफसीबीच निकै प्रतिस्पर्धात्मक खेल भएको थियो।निर्धारित समयमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टी सुटआउटमा पनि दुवै टोलीले समान गोल गरेपछि खेल थप रोमाञ्चक […]
साउनमा मात्र ५७ हजार मेट्रिक टन ग्यास आयात, बजारमा अभाव भने कायमै
काठमाडौं,भदौ,४-गत साउन महिनामा सबै भन्दा बढी ग्यास आयात भएको छ । नेपाल आयल निगमले साउन महिनामा मात्रै ५७ हजार मेट्रिक टन बढी एलपी ग्यास आयात भएको जनाएको हो।निगमले पछिल्लो पाँच महिनामध्ये साउनमा सबै भन्दा बढी ५७ हजार ३ सय १६ मेट्रिक टन ग्यास आयात भएको छ । गत असारमा ४४ हजार ५ सय ४४, जेठमा […]










