नेपालले पहिलो पटक सिंगापुरलाई हरायो

काठमाडौं,चैत्र,८-आज भएको मैत्रीपूर्ण खेलमा नेपालले सिंगापुरलाई पहिलो पटक हराउदै ईतिहास रचेको छ। सिंगापुर नेसनल स्टेडियममा जारी खेलमा नेपालले १-० गोलको अन्तरले सिंगापुरलाई पहिलो पटक जितेको हो। नेपाललाई जित दिलाउन खेलको पहिलो हाफमा जिलेस्पी जंग कार्कीले १२औं मिनेटमा गोल गरेका थिए। सिंगापुरविरुद्ध नेपालले गरेको यो नै पहिलो गोल हो, र जित पहिलो नै रहेको छ। नेपाल […]

पहिलो हाफमा सिंगापुर विरुद्ध नेपाललाई अग्रता

काठमाडौं,चैत्र,८-मैत्रीपूर्ण खेलमा नेपाल सिंगापुरविरुद्ध अग्रता लिएको छ। सिंगापुर नेसनल स्टेडियममा जारी खेलमा नेपालले १-० को अग्रता लिएको हो। सिंगापुर नेसनल स्टेडियममा भइरहेको खेलमा जिलेस्पी जंग कार्कीले १२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन्। सिंगापुरविरुद्ध नेपालले गरेको यो नै पहिलो गोल हो।

टोकियोमा धुमधामले मनाइयो ४३ औं राष्ट्रिय मगर एकता दिवस

टोकियो,फागुन,१८-नेपाल मगर संघ जापानले ४३ औं राष्ट्रिय मगर एकता दिवस मनाएको छ। आज आईतवार टोकियो स्थित सिनओकुबोमा रहेको रोयल गार्डेन रेष्टुरेण्टमा एक अनौपचारिक कार्यक्रम गर्दै राष्ट्रिय मगर दिवस कार्यक्रम मनाएको हो। कार्यक्रममा उपस्थित अतिथिहरुले छोटो मन्तव्य राख्दै राष्ट्रिय मगर एकता दिवसको शुभकामना व्यक्त गरेको थिए।आफ्नो शुभकामना मन्तव्य राख्ने क्रममा नेपाल मगर संघ जापानका पूर्व अध्यक्ष […]

संगिता थापा मगर र खेम सेञ्चुरीको आवाजमा “धेरै नरिसाउ” बोलको गित सार्वजनीक

टोकियो,फाल्गुन,१५-नेपाली गीत संगितको बजारमा गायीका संगिता थापा मगर र खेम सेञ्चुरीको सुमधुर आवाजमा “धेरै नरिसाउ” बोलको नयाँ लोक तथा दोहोरी गित सार्वजनिक भएको छ। आज बिहिवारको दिन लोक तथा दोहोरी गायीका संगिता थापा मगरको अफिसियल यूटुव च्यानल मार्फत“धेरै नरिसाउ” बोलको गित सार्वजनीक भएको हो। लामो समय देखी अमेरिकामा बस्दै आउनु भएका गायीका संगिता थापा मगरले […]

दोस्रो नेपाल फेस्टिवल ओकिनावा भव्य रुपमा सम्पन्न

ओकिनावा,फाल्गुन,१२-ओकिनावामा भएको दोस्रो नेपाल फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ। यहि फेब्रुअरी २३ तारिख हिजो आईतवारका दिन “एकताको महोत्सव, हाम्रो विविधताको उत्सव” भन्ने मुल नाराका साथ गैर आवासिय नेपाली संघ क्षेत्रीय समिती ओकिनावा (एनआरएनए) को आयोजनामा भएको एक दिने नेपाल फेस्टिवल सम्पन्न भएको हो। नेपाल फेस्टिवलमा नेपाली संस्कृती झल्किने विभिन्न साँस्कृतीक झाकि, पञ्चेवाजा, सहित फेस्टिवलको सुरुवात […]

नेपाल फेस्टिवल ओकिनावाको सम्पुर्ण तयारी पुरा

ओकिनावा,फाल्गुन,१०-जापानको ओकिना शहरमा हुन लागेको दोस्रो नेपाल फेस्टिवलको तयारी पुरा भएको छ। एकताको महोत्सव, हाम्रो विविधताको उत्सव भन्ने मुल नाराका साथ गैर आवासिय नेपाली संघ क्षेत्रीय समिती ओकिनावा (एनआरएनए) को आयोजनामा भोली फेब्रअरी २३ तारिख आईतवारका दिन हुने एक दिने नेपाल फेस्टिवलको तयारी पुरा भएको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागितामा जनाउन एनआरएनए जापानको केन्द्र र […]

जापानमा आत्महत्या गर्ने नेपालीको संङख्या बढ्दै,कारण के होला ?

टोकियो,माघ,२१-नेपाल देखि जापानमा उच्च शिक्षा र रोजगारीको सिलसिलामा आउने नेपालीको संख्या पछिल्लो समय दिनप्रति दिन बढ्दै गएको छ। जापान सरकारको अध्यागमन ब्यूरोले सन् २०२४ को जुन अन्त्यसम्म तथ्याङ्कहरु सार्वजनिक गरेको आधारमा हेर्ने हो भने नेपालीहरु जापानमा छैटौं ठुलो विदेशी समुहको रुपमा रहेका छन्।उक्त तथ्याङ्को आधारलाई मान्ने हो भने २०६,८९८ जना नेपालीहरु जापानमा बसोबास बस्छ्न।तर हाल […]

चर्च ब्वाइज क्लव बुढासुब्बा गोल्डकप प्रतियोगिताको सेमिफाईनलमा प्रवेश

  टोकियो,माघ,१९-चर्च ब्वाइज क्लव २५ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ।   आज शनिबार उद्भघाटन भएको खेलमा नेपाल पुलिस क्लवलाई १-० गोल अन्तरले हराउदै चर्च ब्वाईज क्लव सेमिफाईनलमा प्रवेश गरेको हो।जितका लागि जर्सि नं.१० का खेलाडी दिपेश गुरुङले दोस्रो हापको सुरुवाती लगत्तै ४७ औं मिनेटमा गरेको गोल नै जितका लागि […]

चुकुबा राईनो फुटबल टुर्नामेण्टको उपाधी चंगा मार्टको “बि” टिमलाई

टोकियो,माघ,१६-जापानको ईबाराकि केनमा भएको पहिलो चुकुबा राईनो फुटबल टुर्नामेण्टको उपाधी चंगा मार्टको “बि” टिमले जितेको छ।  आज बुधबार सम्पन्न भएको खेलमा चंगा मार्टकै “ए” टिमलाई लाई ४-२ गोल अन्तरले पराजीत गर्दै उपाधी जितेको हो।चंगा मार्टको “बि” टिमका खेलाडी लक्ष्मण घिसिङ तामाङको २ गोलको मद्दतमा आफ्नो टिमलाई उपाधी जिताएका हुन्।  टुर्नामेण्टमा TACT को A र B […]

जापान टुर सकेर गायीका संगिता थापा मगर स्वदेश फिर्ता

टोकियो,माघ,९-नेपाल मगर संघ जापानले टोकियो लगायत ५ ठुला शहरहरुमा गरेको माघे संक्रान्ति विशेष सांगितिक साँझ कार्यक्रम सकेर चर्चित राष्ट्रिय कलाकार संगिता थापा मगर आज बुधबार राती स्वदेश फिर्ता हुनु भएको छ। विगत लामो समय देखी अमेरिकामा बस्दै आउनु भएका गायीका संगिता थापा मगर नेपाल मगर संघ जापानको निमन्त्रणामा जापान आउनु भएको थियो।उहाँले नागोया, ओसाका, गुन्मा […]