रसुवा बाढीपीडितका लागि नेपाल मगर संघ जापानद्वारा ३ लाख ५० हजार रुपैयाँ राहत सहयोग

रसुवा बाढीपीडितका लागि नेपाल मगर संघ जापानद्वारा ३ लाख ५० हजार रुपैयाँ राहत सहयोग
फाईल तस्विर ।।

टोकियो,भदौ,२९-नेपाल-चीन सीमावर्ती तिब्बत क्षेत्रबाट रसुवा जिल्लाको ल्हेन्देखोला तथा भोटेकोशी क्षेत्रमा भदौ १० गते बुधबार बिहान आएको विध्वंशक बाढीले व्यापक जनधनको क्षति भएको छ।

बाढीले रसुवाको टिमुरे बजार, नुवाकोटको स्याफ्रुबेसी, बेत्रावती र त्रिशूलीका बजार तहसनहस गरेको थियो।

उक्त बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउने अभियान अहिले देश तथा विदेशमा तीव्र रुपमा चलिरहेको छ।

यसै मानवीय अभियानमा बाढी तथा पहिरोका कारण उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल मगर संघ जापान तथा विभिन्न क्षेत्रीय समितिहरूले पीडितहरूको राहत तथा सहयोगका लागि आर्थिक सहयोग संकलन गरेका छन्।

पीडित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई केही राहत पुग्ने उद्देश्यले संकलन गरिएको उक्त रकम नेपाल मगर संघ केन्द्रीय समितिको खातामा पठाइसकिएको जनाइएको छ।

ययैविच विभिन्न देशहरुमा रहेका मगर संघबाट एकमुष्ट राहत संकल गरि नेपाल मगर संघ केन्द्रीय समितिले प्राप्त रकम चाँडै नै सरकारी राहत कोषमा जम्मा गर्ने जानकारी दिएको छ।

जापानबाट संकलन गरी पठाइएको सहयोग रकमको विवरणअनुसार:

•नेपाल मगर संघ क्षेत्रीय समिति ओकिनावा- १२७,००० येन
•नेपाल महर संघ क्षेत्रीय समिति नागोया-७५,६२५ येन
•नेपाल मगर संघ केन्द्रिय समिति टोकियो-१३१,००० येन
•संस्थागततर्फबाट थप सहयोग-२३,५१९ येन 

यसरी विभिन्न क्षेत्रबाट संकलित रकम गरी कुल ३५७,१४येन(नेपाली रुपैयाँ करिब ३ लाख ५० हजार) राहत सहयोग पठाइएको हो।

नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारहरूलाई तत्काल राहत तथा सहयोग पुर्‍याउने उद्देश्यले गरिएको यस अभियानमा सहयोग गर्नुहुने नेपाल मगर संघ जापानका विभिन्न क्षेत्रीय समिति, संघ–संस्था तथा व्यक्तिगत रूपमा योगदान गर्नुहुने सम्पूर्ण सहयोगी दाताप्रति नेपाल मगर संघ जापानले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

विपद्को कठिन समयमा पीडितहरूको साथमा उभिँदै गरिएको यस मानवीय सहयोगले प्रभावित परिवारहरूलाई राहत पुग्ने नेपाल मगर संघ केन्द्रिय समितिले विश्वास लिएको छ।