टोकियो विश्वकै सबैभन्दा सुरक्षित शहर

टोकियो,जापान,मंसिर,१९-जापानको राजधानी टोकियो शहर विश्वकै सबैभन्दा सुरक्षित शहर रहेको छ। टोकियो शहर सन् २०२३ मा विश्वको सबैभन्दा सुरक्षित शहरको रुपमा देखिएको हो। इकोनोमिस्ट इन्टेलिजेन्स युनिटको सुरक्षित सहर इन्डेक्स (एससिआई) ले गरेको एक अध्ययनअनुसार टोकियो सबैभन्दा सुरक्षित शहर रहेको ‘वल्र्ड अफ स्टाटिसटिक्स’ ले जनाएको छ। वल्र्ड अफ स्टाटिसटिक्सले सार्वजनिक गरेको विवरणअनुसार तेस्रो सुरक्षित शहर पनि जापानकै ओसाका […]

आज खण्डग्रास सूर्यग्रहण लाग्ने, ग्रहणको समयमा के गर्ने ?

काठमाडौं,कार्तिक,८-आज मंगलवार खण्डग्रास सूर्यग्रहण लाग्दैछ।आजको दिन चन्द्रमा सूर्यको अगाडिबाट जाने भएकाले आंशिक सूर्य ग्रहण लाग्ने भएको हो। यो ग्रहण नेपाल भारत का साथै युरोप, अफ्रिका को उत्तर पूर्वी भाग र एसियाको दक्षिण पश्चिम भाग बाट देखिनेछ।करिब ३२ मिनेट लाग्ने सूर्य ग्रहण नेपाली समय अनुसार दिउँसो ४ बजेर ५२ मिनेटमा ग्रहण स्पर्श हुनेछ।साँझ ५ बजेर २४ मिनेट मा […]

पश्चिम राप्ती र बबईको बाढीले खतराको तह नाघ्यो

बाँके,असोज,२०-बिहिवार राती देखि परिरहेको अविरल वर्षाका कारण बाँकेको पश्चिम राप्ती र बर्दियाको बबई नदीको बाढीले खतराको तह नाघेको छ । बाढी सूचना केन्द्रका अनुसार दुबै नदीमा जल सतह ६ मिटर नाघेको छ । राप्ती नदीमा ५.४० मिटर पुगेपछि खतरा मानिन्छ । राप्तीमा ६.२ मिटर पुगेको छ । यसैगरी बबई नदीमा ५.५० मिटर पुगेपछि खतरा मानिनेमा […]

वर्षाका कारण देशभरका खोलानालामा पानीको सतह बढ्यो

काठमाडौं,असोज,२०-मनुसनी गतिविधी सक्रिय भएर बुधबार राति तथा बिहीबार बिहान परिरहेको वर्षाका कारण देशका विभिन्न नदी तथा खोलामा पानीको सतह खतराको तह पार गरेको छ । चितवन, नवलपरासी, कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची, दाङ जिल्लासहित गण्डकी प्रदेशका साना नदीमा पानीको सतह बढेको हो । आकस्मिक बाढीको सम्भावना रहेकाले सर्तकता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको […]

आज पनि दिनभर वर्षा हुने

काठमाडौं,कार्तिक,३-आज पनि देशका विभिन्न स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा पूर्ण बदली रहेको छ । बाँकी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको […]

नदीको टापुमा फसेका चार जनाको उद्धार

बाँके,कार्तिक,२-सोमबार साँझदेखि राप्ती नदीमा फसेका चार जनाको उद्धार भएको छ।  बाँकेको डुडुवा गाउँपालिका ५ खजुरास्थित राप्ती नदीमा मसाहगाउँका ४ जना फसेका थिए। डुडुवा गाउँपालिका ४ का ५५ वर्षीय सौखात नाउ, ४५ वर्षीय साबिर खाँ, ३० वर्षीय प्रमोद लोहनिया र ६० वर्षीय नजिर खाँलाई प्रहरीले उद्धार गरेको हो।  माछा मार्न गएका उनीहरु बाढी आएपछि टापुमा फसेका […]

महाकाली नदी गाउँ पस्यो, हजारौँ घर डुबानमा

कञ्चनपुर,कार्तिक,२-आइतबार बेलुकादेखिको अबिरल वर्षाले कञ्चनपुरका अधिकांश बस्ती डुबानमा परेका छन्। महाकाली नदीमा पानीको बहाब उच्च भएपछि नदी तटीय क्षेत्रका बस्ती डुबानमा परेका प्रहरीले जनाएको छ। ।  महाकाली नदी तटीय क्षेत्रमा पर्ने भीमदत्त नगरपालिको ब्रह्मदेव बजारदेखि पिपरियासम्म र दोधारा–चाँदनी नगरपालिकाको कुतियाकबर, शान्ति टोल, निसानी टोल लगायत बस्ती बाढीको कारण डुबानमा परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी […]

पहिरोमा पुरिएर डडेलधुरा र कालिकोटमा २ जनाको मृत्यु

डडेल्धुरा,कार्तिक,२-डडेलधुरा र कालिकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। डडेलधुराको गन्यापधुरा गाउँपालिका १ भात्काडामा ३२ वर्षीय विष्णु अवस्थीको मृत्यु भएको हो।  सोमबार राति पहिरो जाँदा सन्ध्या फेन्सी स्टोरमा च्यापिएर विष्णुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। पहिरो जाँदा पसलभित्र बिष्णु च्यापिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेलधुरा र प्रहरी चौकी भात्काडाबाट खटिएको […]

पोखरामा पहिरोमा पुरिएर तीनको मृत्यु, एक बेपत्ता

पोखरा,भदौ,१७-पोखरामा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका– ११ भञ्ज्याङ नमुनाटोलका एक जना र पोखरा– २० भलामका दुई जनाको पहिरोमा पुरिएर मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिनुभयो । भलामका कृष्ण श्रेष्ठको एकतले घर पहिरोमा पुरिंदा ४५ वर्षीय कृष्ण श्रेष्ठ र उनकी ३५ वर्षिया श्रीमती सुनमाया तामाङको मृत्यु भएको […]

दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु

दाङ,भदौ,१७-दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ । घोराही लमही सडक खण्ड अन्तर्गत पर्ने सिस्ने खोलाले कार बगाउँदा घोराही १३ निवासी ४० वर्षकी रितामाया पुन, सोही ठाउँकै ३२ वर्षिय शुसीला श्रेष्ठ, घोराही-१४ निवासी ३१ वर्षकी राधा कुवँर, सोही ठाउँकै ४२ वर्षिय यमुना केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद […]