दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु

दाङ,भदौ,१७-दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ । घोराही लमही सडक खण्ड अन्तर्गत पर्ने सिस्ने खोलाले कार बगाउँदा घोराही १३ निवासी ४० वर्षकी रितामाया पुन, सोही ठाउँकै ३२ वर्षिय शुसीला श्रेष्ठ, घोराही-१४ निवासी ३१ वर्षकी राधा कुवँर, सोही ठाउँकै ४२ वर्षिय यमुना केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद […]

वर्षा र बाढीको वितण्डा:देशका विभिन्न १५ ठाउँमा पहिरो,आधा दर्जन बढी जिल्लामा बाढी

काठमाडौं,असार,२-लगातारको वर्षा र बाढीले देशका विभिन्न ठाउँमा वितण्डा मच्चाएको छ । मनसुन प्रवेश भएको १ हप्ताको अवधिमै देशका विभिन्न १५ ठाउँमा पहिरो गएको छ भने आधा दर्जन बढी जिल्लामा बाढी आएको छ । अविरल वर्षासँगैको बाढीका कारण नारायणी र कोसीको सहायक नदी बलेफीमा पानीको सतहले खतराको सूचक पार गरिसकेको छ । नारायणी नदीमा पानीको सतह […]

मनाङमा बाढीको प्रभाव:तीन सय विस्थापित,सडक अवरुद्ध

काठमाडौं,असार,१-तीन दिन देखि परिरहेको अविरल वर्षासँगै मनाङमा बाढी आएको छ। बाढी आएपछि चामेका करिव ३ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ। चामेका ३ सय जनालाई नवनिर्मित कारागार भवनमा सारिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । वर्षाका कारण मर्स्याङ्दी नदीमा लगातार वहाव बढेको लामिछानेले बताउनुभयो ।चामे बजार हुँदै बग्ने दुई ठाडो खोला घट्टो र स्याक्लुमा […]

सगरमाथामा बिहानदेखि भारी हिमपात,सतर्क रहन आग्रह

काठमाडौं,जेठ,१३-सगरमाथामा बिहीबार बिहानदेखि भारी हिमपात भइरहेको छ ।बुधबारदेखि सुरु भएको हिमपातका कारण आरोहण समेत प्रभावित भएको छ भने आरोहण गरेर फर्किएका आरोहीहरु पनि दोश्रो शिविरमै रोकिएका छन् । बंगालको खाडी बनेको शक्तिशाली चक्रवातको प्रभावले नेपालमा केही दिनदेखि वर्षा र हिमपात जारी छ। आरोहण गरिसकेका आरोहण कम्पनीका कामदारहरले दोस्रो शिविरदेखि सामान लिएर फर्किन नसकेको सम्पर्क अधिकृत […]

आज देशभर मौसम बदली हुने,दिउँसो अधिकांश स्थानमा पानी पर्ने

काठमाडौं,जेठ,७-पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभरको मौसम प्रभावित भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवात ‘ताउ–ते’ कमजोर भए पनि पश्चिमी न्यून चापीय प्रणाली आज देशभर वर्षा हुनेछ। शुक्रबार बिहान देशभरको मौसम सामान्य बदली रहेको छ।दिउँसो पनि आंशिकदेखि सामान्य बदली रहनेछ।मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, बागमती, प्रदेश २ […]

हुम्लामा हिमपात पर्दा तापक्रम माइनसमा झर्‍यो, जनजीवन कष्टकर

हुम्ला,पुस,२२-हुम्ला जिल्लामा हिमपातपछि चिसो बढेसँगै जनजीवन निकै कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले भारी हिमपातपछि सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो । आइतबार अपराह्नदेखि सिमकोट लगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात भएको र बेँसीमा वर्षा भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो । हिउँदयाम शुरु भएसँगै […]

जाडो बढ्दै,जुम्लामा तापक्रम माइनसमा झर्‍याे

काठमाडौं,कार्तिक,११-देशमा दिनप्रतिदिन जाडो बढ्दै गएको छ। मौसमविद्का अनुसार जुम्लामा तापक्रम माइनसमा झरिसकेकोे छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार जुम्लामा हिजोबाट न्यूनतम तापक्रम माइनसमा झरेको हो। त्यहाँ हिजो न्यूनतम तापक्रम माइनस १ दशमलव ५ मापन गरिएको उहाॅंले जानकारी दिनुभयो। अहिले मुलुकमा सबैभन्दा चिसो भएको ठाउँ जुम्ला नै हो। अस्ति (२५ तारिख) सम्म जुम्लाको न्यूनतम […]

लगातारको बर्षाले धनगढी जलमग्न (फोटो फिचर)

कैलाली,साउन,२६-सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी लगातार परेको बर्षाका कारण जलमग्न भएको छ । धनगढीको मुख्य बजार क्षेत्र एलएन चोक, मिलन चोक, बिशालनगर, राष्ट्र बैंक पछाडि, उत्तरबेहडी लगायतका अधिकांश क्षेत्र जलमग्न भएका छन् । त्यस्तै कैलालीको पुर्वी क्षेत्र भजनी, जोशीपुर, टिकापुर, लालबोझी लगायतका क्षेत्र भएर बग्ने नदिहरु कर्णाली, कान्द्रा, पथरैया, मोहनालगायतका नदीहरुमा जलस्तर निरन्तर बढीरहेको कारण नदी छेउछाउँका […]

अपडेट मेलम्ची पहिरो: ५ शव निकालियो, दुई जनाको पहिचान

सिन्धुपाल्चोक,साउन,१९-माटोको ढिस्को र रुखले थिचेर मेलम्चीमा पुरिएका मध्ये पाॅंच जनाको शव निकालिएको छ ।मृतक भएका मध्य दुई जनाको मात्र परिचय खुलेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधव काफ्लेका अनुसार वीरगञ्ज निवासी प्रदीप चौरसिया र राजेश चौधरीको शव पहिचान भएको हो । अन्य मृतकको पहिचान हुन बाँकी छ । मेलम्ची नगरपालिका ११ मा […]

कालीकोटमा पहिरोले पुरिदाॅं ८ जनाको मृत्यु, १ जना वेपत्ता

काठमाडौं,साउन,१४-कालीकोट जिल्लाको नरहनीनाथमा गाउँपालिकामा पहिरोले पुरिएर ८ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । गाउँपालिकाको वडानम्बर ७ मा मंगलबार राति आएको पहिरोमा परी   ६ जनाको घटनास्थलबाटै शव निकालिएको र छोरी विमलाको उद्धार गरी उपचार गर्ने क्रममा मृत्य भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख, डीएसपी श्याम ओलियाले जानकारी दिनुभयो । पहिरोले ६५ वर्षीय […]