नदीको टापुमा फसेका चार जनाको उद्धार

नदीको टापुमा फसेका चार जनाको उद्धारबाँके,कार्तिक,२-सोमबार साँझदेखि राप्ती नदीमा फसेका चार जनाको उद्धार भएको छ। 

बाँकेको डुडुवा गाउँपालिका ५ खजुरास्थित राप्ती नदीमा मसाहगाउँका ४ जना फसेका थिए।

डुडुवा गाउँपालिका ४ का ५५ वर्षीय सौखात नाउ, ४५ वर्षीय साबिर खाँ, ३० वर्षीय प्रमोद लोहनिया र ६० वर्षीय नजिर खाँलाई प्रहरीले उद्धार गरेको हो। 

माछा मार्न गएका उनीहरु बाढी आएपछि टापुमा फसेका थिए। सोमबार बेलुकी ८ बजे प्रहरीलाई स्थानीय जनप्रतिनिधिले खबर गरेका थिए।

त्यसलगतै खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीले मंगलबार बिहान सकुशल उद्धार गरेको बाँके प्रहरीले जानकारी दिएको छ।