ओकिनावामा आज बृहत् तीज सांस्कृतिक तथा भजन-कीर्तन कार्यक्रम हुँदै

ओकिनावा,भदौ,२९-वैदिक सनातन हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा आज (सेप्टेम्बर १४) तारिख जापानको ओकिनावामा बृहत् तीज सांस्कृतिक कार्यक्रम आयोजना हुँदैछ। “Team Everest Okinawa” को आयोजनामा हुने उक्त कार्यक्रम दिउँसो ३:०० बजेदेखि साँझ ६:३० बजेसम्म सञ्चालन हुनेछ।कार्यक्रम Makishi Station नजिकै रहेको Union को माथिल्लो तेस्रो तल्लामा आयोजना गरिने आयोजकले जनाएको छ। तीजको मौलिक संस्कृति, […]

आज हरितालिका तिज : देशदेखि परदेशसम्म तीजको उल्लास

काठमाडौं,भदौ,२९-आज हरितालिका तिज मनाईदै। हिन्दु नेपाली महिला दिदिबहिनीहरुको महान चाड अर्थात महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हरितालिका तीज आज नेपालसहित विश्वका विभिन्न देशमा रहेका नेपाली आमा-दिदीबहिनीहरूले श्रद्धा, उत्साह र उमंगका साथ मनाउँदैछन्। तीजको अवसरमा नेपाली महिलाहरूले परम्परागत रातो पहिरन, गरगहना तथा श्रृंगारमा सजिएर शिव-पार्वतीको पूजा-आराधना गर्ने, व्रत बस्ने तथा सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परा […]

रसुवा बाढीपीडितका लागि नेपाल मगर संघ जापानद्वारा ३ लाख ५० हजार रुपैयाँ राहत सहयोग

टोकियो,भदौ,२९-नेपाल-चीन सीमावर्ती तिब्बत क्षेत्रबाट रसुवा जिल्लाको ल्हेन्देखोला तथा भोटेकोशी क्षेत्रमा भदौ १० गते बुधबार बिहान आएको विध्वंशक बाढीले व्यापक जनधनको क्षति भएको छ। बाढीले रसुवाको टिमुरे बजार, नुवाकोटको स्याफ्रुबेसी, बेत्रावती र त्रिशूलीका बजार तहसनहस गरेको थियो। उक्त बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउने अभियान अहिले देश तथा विदेशमा तीव्र रुपमा चलिरहेको छ। […]

तीजको रमझम रोक्दै बोहोराफाँट समाज जापान द्धारा बाढीपीडित लाई ६ लाख ६० हजार येन सहयोग

टोकियो,भदौ,१६-जापानमा क्रियाशिल रहेको बोहोराफाँट समाज जापानले नेपालमा आएको विनाशकारी बाढी-पहिरोबाट प्रभावित पीडित परिवारको पीडामा साथ दिन सहयोग तथा पुनःस्थापनाका लागि ६ लाख ६० हजार येन आर्थिक सहयोग हस्तान्तरण गरेको छ। समाजले यस वर्ष आयोजना गर्न लागेको तीज विशेष दर खाने कार्यक्रम रद्द गरी राहत स्वरुप आर्थीक सहयोग गरेको हो। नेपालमा बाढी-पहिरोले ठूलो धनजनको क्षति पुर्‍याएको […]

श्री गणेश खुकुरी एफसी र स्माइल्स रेमिटको सहकार्यमा फुकुओकामा १० औं समर कप हुदैँ

टोकियो,भाद्र,२-श्री गणेश खुकुरी एफसीको आयोजनामा जापानको फुकुओकामा १० औं समर कप फुटसल प्रतियोगीता हुने भएको छ। सेप्टेम्बर ५ तारिख अर्थात भदौ २० गते शनीबारका दिन डिनोज क्लब (Dino’s Club)को खेल मैदानमा हुने प्रतियोगितामा मुख्य प्रायोजकको रूपमा स्माइल्स मोबाइल रेमिट्यान्स (Smiles Mobile Remittance) रहेको छ। श्री गणेश खुकुरी एफसीले आज भन्दा १० वर्ष अगाडी पहिलो पटक […]

बिहानी एफसीको आयोजनामा पहिलो मिनी फुटसल प्रतियोगिता हुदैँ

टोकियो,साउन,२४-जापानको टोकियोमा मिनी फुटसल प्रतियोगीता हुने भएको छ। बिहानी एफसीको आयोजनामा यहि अगष्ट २१ गते शुक्रबारका दिन टोकियो स्थित सिन्जुकुमा रहेको सिन्जुकु सेन्ट्रल पार्क फुटसल मैदानमा मा पहिलो पटक मिनी फुटसल प्रतियोगिताको आयोजना हुँदैछ। उक्त प्रतियोगिता बेलुकि ४ बजेर ४५ मिनेट बजे देखि बेलुकिको ८ बजेसम्म सञ्चालन हुने आयोजक टिमले जनाएको छ। प्रतियोगितामा सहभागी हुने […]

जापानमा खाद्यवस्तुको उपभोग कर दुई वर्षका लागि १ प्रतिशतमा झार्ने सरकारको निर्णय

टोकियो,साउन,४-जापान सरकारले आगामी वर्षको अप्रिल महिनादेखि लागू हुने गरी खाद्यवस्तुमा लाग्ने उपभोग कर दुई वर्षका लागि १ प्रतिशतमा झार्ने आधारभूत नीति अनुमोदन गरेको छ। सरकारले अगस्ट ५ गते बुधबारका दिनमा बसेको विशेष मन्त्रिपरिषद् बैठकबाट उक्त नीति पारित गरेको हो।यस नीतिमा कर कटौतीसँगै आगामी दिनमा लागू गरिने कर छुट तथा राहत कार्यक्रमको कार्यान्वयन प्रक्रिया पनि समेटिएको […]

नेपाली रक ब्यान्ड ‘द एक्स’ पहिलो पटक जापान टुरमा आउँदै

टोकियो,जेठ,३०-नेपालको चर्चित रक ब्यान्ड ‘द एक्स’ (The Axe) जापान भ्रमणमा आउने भएको छ। जापानको टोकियो शहरमा पहिलो पटक आउन लागेको आयोजक टिम परिचयका म्यानेजर दिपन मगरले बिहानी अनलाईनलाई जानकारी दिनुभयो। उहाँका अनुसार ‘द एक्स’ ब्यान्ड नेपाली रक संगीत प्रेमीमाझ निकै लोकप्रिय ब्यान्ड हो।जापानमा रहेका नेपाली दर्शक यो ब्यान्डको प्रत्यक्ष प्रस्तुति हेर्न उत्साहित हुने आफूहरुले विस्वास […]

विश्वकप फुटबल खेल आज देखी सुरु हुदै

काठमाडौं,जेठ,२८-विश्वकप फुटबल खेल आज देखी सुरु हुदैछ। फिफा विश्वकप फुटबलको २३औं संस्करण आज बिहिबार देखी सुरु हुँदैछ।यसपालीको विश्वकप इतिहासमै पहिलोपटक तीन देशको १६ सहरमा आयोजना हुन लागेको प्रतियोगितामा साबिक विजेता अर्जेन्टिनासहित ४८ राष्ट्रको सहभागिता छ। करिब एक महिना चल्ने विश्वकपमा सहभागी ४८ टोलीलाई १२ समूहमा विभाजन गरिएको छ। छनोट चरणको यात्रा पार गरेर युरोपका १६, […]

फुकुओकामा आज देखि दुई दिने १३ औँ नेपाल फेस्टिवल सुरु

टोकियो,वैशाख,५-फुकुओकामा दुई दिने १३ औँ नेपाल फेस्टिवल आज देखि सुरु भएको छ। यो फेस्टिवल फुकुओका स्थित तेन्जिन सेन्ट्रल पार्कमा आज अप्रिल १८ तारिख शनिबार र भोली अप्रिल १९ तारिख आईतबार सम्म हुने क्यूसु एनआरएनए जापानले जनाएको छ। यस फेस्टिवल गर्नुको मुख्य उद्देश्य जापानीज समुदाय माझ नेपाली समुदायको कला, संस्कृति, परम्परा, स्वादिष्ट नेपाली परिकार तथा पर्यटन […]