टोकियोमा हजारौं दर्शकमाझ गुञ्जीयो नेपथ्य

टोकियो,मंसिर,२-जापानको राजधानी टोकियोमा चर्चित लोकरक ब्याण्ड नेपथ्यले सांगीतिक कन्सर्ट गरेको छ। हजारौंको संख्यामा उपस्थित दर्शकलाई नेपथ्यले आफ्ना लोकप्रिय गीतमार्फत मनोरञ्जन प्रदान गरेका हुन्। मंगलबार बेलुकी टोकियो स्थित टोकियो डमको तोयोसु पिट हलमा दुईवटा म्युजिक भिडियो र १६ वटा गीत गाएर दुई घन्टा भन्दा बढी अवधि प्रस्तुति दिएका थिए। कन्सर्टको सुरुवातमा नै ‘घिनिनिनि, तिनिनिनि, तिनिनिनि ,घिनिनिनि’ […]

नेपाल मगर संघ जापानको प्रवक्तामा दुर्लभ सारु मगर मनोनीत

टोकियो,कार्तिक१८-नेपाल मगर संघ जापानको केन्द्रिय समितिको प्रवक्तामा दुर्लभ सारु मगर मनोनीत हुनु भएको छ। टोकियोमा आईतबार बसेको नेपाल मगर संघ जापानको पछिल्लो कार्यसमितिको प्रथम पुर्ण बैठकले दुर्लभ सारु मगरलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो। नेपाल मगर संघ जापानको विगतको कार्यसमितिमा नरहे पनि उहाँले समाजलाई गर्दै आईरहेको सहयोग र भुमिकालाई मध्यनजर गर्दै प्रवक्ताको जिम्मेवारी दिएको […]

नागोया नेप्लिज फुटबल क्लबले नोभेम्बर एकमा फुटसल टुर्नामेण्ट गर्ने

टोकियो,असोज,१५-नागोयामा फुटसल टुर्नामेण्ट हुने भएको छ। नागोया नेप्लिज फुटबल क्लब (NNFC) ले प्रवासमा रहेका फुटबल खेलप्रमी नेपाली समुदायमा फुटबल खेल मार्फत भाईचाराको सम्बन्धलाई अझ प्रगाढ राखौं भन्ने मुख्य उद्देश्यका साथ फुटसल टुर्नामेण्टको आयोजना गर्न लागेको क्लवका अध्यक्ष रोशन गुरुङले बिहानी अनलाईनलाई जानकारी दिनुभयो।  उहाँका अनुसार नागोयामा रहेको नेपाली रेष्टुरेण्ट नेपाल स्टेशनका मालिक सागर ढकाल ज्यूले […]

नेपाल मगर संघ जापानको २२ औं महाधिवेशन अक्टोवरमा हुने

टोकियो,भदौ,२२-नेपाल मगर संघ जापानको २२ औं  केन्द्रीय महाधिवेशन आउदो अक्टोबर ११ तारिख शनिबारका दिन हुने भएको छ। संघले आफ्नो २१ औं कार्यसमितिको कार्यकाल सफलतापूर्वक पूरा गर्दै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै टोकियो स्थित ईकेबुकुरोमा रहेको तोशिमा वार्ड प्रदर्शन कला केन्द्रको सभाहलमा अधिवेशन गर्न लागेको हो। सन् १९९५ मा स्थापना भएको नेपाल मगर संघ […]

गुन्मामा हुने संयुक्त नेपाल फेस्टिवलको तयारी पुरा

गुन्मा,जापान,भाद्र,१५-जापानको गुन्मामा नेपाल फेस्टिवल हुन लागेको छ।गुन्मा प्रिफेक्चरको ओइजुमी माचीमा आउँदो सेप्टेम्बर ६ र ७, २०२५ मा आयोजना हुने “संयुक्त प्रथम नेपाल फेस्टिवल २०२५” भव्य तयारीका साथ अन्तिम चरणमा पुगेको छ। “अनेकतामा एकता, नेपाली कला, संस्कृत र पहिचानलाई विश्व समुदायमाझ चिनाउने हाम्रो प्रतिबद्धता” भन्ने मूल नारा सहित आयोजना गर्न लागिएको यस महोत्सव सुरु हुन अब […]

एनआरएनए जापानको अध्यक्षमा सुभाष,नयाँ कार्यसमितिमा कोको भए निर्वाचित ?

टोकियो,साउन,१३-गैर आवासीय नेपाली संघ (NRNA) जापानको १२ औं महाधिवेशनबाट आगामी २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन भएको छ। जुलाई २७ तारिख आईतबारका दिन भर्चुअल मार्फत सम्पन्न मतपरिणाम अनुसार अध्यक्षमा सुभाष लामिछाने विजयी भएका छन्।उनले अर्का प्रत्यासी सिद्धार्थ श्रेष्ठलाई १,९५९ मतान्तरले पराजित गरेका हुन्।लामीछानेले ७ हजार १५२ मत ल्याए भने श्रेष्ठले ५ हजार १९३ मत […]

एनआरएनए जापानको यूवा संयोजक दिपक बुर्जा मगर विजय

टोकियो,साउन,१२-गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (NRNA) जापानको यूवा संयोजकको पदमा दिपक बुर्जा मगर विजय हुनु भएको छ।  जुलाई २७ तारिख आईतबारका दिन गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (NRNA) जापानको १२ औं राष्ट्रिय महाधिवेशनले भर्चुअल मार्फत गराएको भोटिङ मार्फत दिपक बुर्जा मगर विजयी हुनु भएको हो। एनआरएनए जापानको यूवा संयोजक पदमा ३ जनाले उम्मेदवारी […]

एनआरएनए जापानको यूवा संयोजकको पदमा दिपक बुर्जा मगरको उम्मेदवारी

टोकियो,असार,२४-गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको यूवा संयोजकको पदमा दिपक बुर्जा मगरले उम्मेदवारी दिनुभएको छ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी (२०२५-२०२७) दुई वर्षको लागि हुन गईरहेको कार्यकालको निर्वाचनका लागि दिपक बुर्जा मगरले युवा संयोजक पदमा आफ्नो उम्मेदवारी दिनु भएको हो। अहिले जापानमा (एनआरएनए) को चुनावी सरगर्मीको माहोल निकै तात्तिएको छ।तपाईहरुले सामाजीक संजालमा व्यापक रुपमा यसको […]

प्रथम नेपाल फेस्टिबल सेन्दाई २०२५ को तयारी पुरा

सेन्दाई,जापान,२३-प्रथम नेपाल फेस्टिबल सेन्दाई २०२५ को तयारी पुरा भएको छ। गैर आवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिती सेन्दाईको आयोजनामा हुन गईरहेको प्रथम नेपाल फेष्टिबलको तयारी पुरा भएको आयोजकले जनाएको छ। आज शुक्रबार राती सेन्दाई स्थित एक सिन्दुर रेष्टुरेण्टमा आयोजना गरिएको अतिथी संग भेटघाट तथा सम्मान कार्यक्रममा उपस्थित हुनु भएका जापान स्थित नेपाली राजदुत महामहिम डा. […]

जापानमा दुई दिनमै सुदुरपश्चिमका दुई विद्यार्थीको निधन

टोकियो,जेठ,७-जापानको टोकियोमा आज बुधबार एक जना नेपालीको निधन भएको छ। टोकियो स्थित ईकेबुकुरो नजिकै बस्ने सुदुरपश्चिम प्रदेश नं. ७ डोटी जिल्ला स्थित शिखर नगरपालीका ५ तिजाली घर भएका गणेश बहादुर एैरीले कोठामा एक्लै भएको बेला झुण्डीएर आत्महत्या गरेका हुन्। विगत २ वर्ष अघि मात्र उच्च शिक्षा हासिल गर्नको लागि जापान आएका उनी भाषा विद्यालय अध्ययन गरिरहेका […]