फुकुओकामा आज देखि दुई दिने १३ औँ नेपाल फेस्टिवल सुरु

फाईल तस्विर ।।

टोकियो,वैशाख,५-फुकुओकामा दुई दिने १३ औँ नेपाल फेस्टिवल आज देखि सुरु भएको छ।

यो फेस्टिवल फुकुओका स्थित तेन्जिन सेन्ट्रल पार्कमा आज अप्रिल १८ तारिख शनिबार र भोली अप्रिल १९ तारिख आईतबार सम्म हुने क्यूसु एनआरएनए जापानले जनाएको छ।

यस फेस्टिवल गर्नुको मुख्य उद्देश्य जापानीज समुदाय माझ नेपाली समुदायको कला, संस्कृति, परम्परा, स्वादिष्ट नेपाली परिकार तथा पर्यटन प्रवर्द्धनका लागि उत्सव मनाउन लागेको यस फेस्टिवलका सल्लाहकार देवराज उप्रेतीले बिहानी अनलाईलाई जानकारी दिनुभयो।

उहाँका अनुसार यस १३ औं नेपाल फेस्टिवलमा विभिन्न व्यवसायका स्टलहरु र दुई दर्जन बढी नेपाली स्थानीय कलाकार र जापानीज कलाकारको साँस्कृतिक कार्यक्रम रहेको जानकारी दिनुभयो।

यो उत्सवलाई सफल पार्न फुकुओका लगायत जापानभरी रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई समय मिलाएर आफ्ना जापानी साथीहरूलाई समेत साथमा लिएर उपस्थित भई फेस्टिवललाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सबैलाई उपस्थितिका लागि आयोजकले अनुरोध पनि गरेको छ।

नेपाल फेस्टिवल कार्यक्रम बिहान १० बजे देखि बेलुकि ५ बजे सम्म संञ्चालन हुनेछ।