आजबाट नयाँ वर्ष २०२५ सुरु, जापानमा भव्य स्वागत

टोकियो,पुष,१७-अंग्रेजी नयाँ वर्ष सन् २०२५ आजबाट सुरु भएको छ।आजबाट इस्वी संवतको २०२४ को विदाइ गर्दै सन् २०२५ सालको सुरू भएको हो। जापान सहित विश्वभरका मानिसहरुले एक आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्षलाई स्वागत गर्दै मनाएका छन्। ग्रेगोरियन पात्रोअनुसार सन् २०२४ को विदाइ र नयाँ वर्ष सन् २०२५ को स्वागतमा विश्वभर विभिन्न सांगितीक कार्यक्रमहरु आयोजना […]

आज भाइटीका, उत्तम साइत बिहान ११.३७ बजे

काठमाडौं,कार्तिक,१८-यमपञ्चक अर्थात् तिहारको आज पाँचौं दिन आइतबार भाइटीका पर्व मनाइँदैछ।प्रत्येक वर्ष भाइटीका पर्व कार्तिक शुक्ल द्वितीयाका दिन मनाइन्छ।आजको दिनलाई यमद्वितीया पनि भनिन्छ। भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाएर मनाइँदैछ।टीकाका लागि आज बिहान ११ बजेर ३७ मिनेटमा उत्तम साइत रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले […]

नेपाल मगर संघ जापानको देउसी भैलो कार्यक्रम सम्पन्न

टोकियो,कार्तिक,१७-नेपाल मगर संघ जापानको देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ। आज शनिवारका दिन सिनओकुबो स्थित रोयल गार्डेन रेष्टुरेण्टमा तिहारको शुभकामना अदानप्रदान तथा देउसी भैलो खेली कार्यक्रम सम्पन भएको हो।  कार्यक्रममा टोकियो आसपासमा बस्ने मगर समुदाय लगायत अन्य विभिन्न संघ संस्थाका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। यस्तै: कार्यक्रमको प्रमुख अतिथिमा जनजाती महासंघका अध्यक्ष हवल चन्द्र लामा रहनु भएको […]

तिहारको दोस्रो दिन:आज कुकुर तिहार र लक्ष्मी पुजा संगै मनाईदै

काठमाडौं,कार्तिक,१५-नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको आज दोस्रो दिन अर्थात कुकुर तिहार हो।आज मालिक प्रति वफादार कुकुरको पुजा आजा गरिन्छ। यसपटक कुकुर तिहार लक्ष्मी पुजा एकै दिन परेको छ। कात्तिक कृष्ण चतुर्दशी तिथिमा कुकुर तिहार मनाइने भए पनि आज बिहान चतुर्दशी र दिउँसोपछि रातभर औंसी तिथि रहेकाले दीपावली गरी लक्ष्मीको पुजा गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक समितिले […]

आज पनि मान्यजनबाट दशैंको टीका र जमरा लगाइँदै

काठमाडौं,असोज,२७-नेपालीहरुको महान पर्व बडा दसैँको टीका तथा जमरा आज पनि लगाइँदै छ।हिजो मुख्य दिन टीका लगाउन नभ्याउनेहरूले आज मान्यजनबाट टीका ग्रहण गरेर आशीर्वाद थाप्ने चलन छ। नौ दिनसम्म दसैँ घर तथा पूजा कोठामा नवदुर्गाको पूजा आराधना गरी माता दुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट हिजो टीका र जमरा ग्रहण गर्दै विजया दशमी मनाइएको थियो।  टाढाटाढा जानु पर्ने […]

आज बडा दशैं, मान्यजनबाट टिका, जमरा र आशिर्वाद ग्रहण गरेर मनाईंदै

टोकियो,जापान,असोज,२६-नेपालीहरुको महान् चाडको मुख्य दिन आज बडा दशैं।मान्यजनबाट निधारमा टिका, पहेँलो जमरा र आशिर्वाद ग्रहण गरेर मनाईंदैछ। घटस्थापनाको दिन राखिएको जमरा आज वैदिक विधिपूर्वक विसर्जन गरेपछि दशैंको टिका लगाएर मनाईंदैछ।आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकको रुपमा यो चाड मनाईने गरिन्छ। यो दिन मर्यादा पुरुष श्रीरामले रावणको अन्त्य गरेको वा देवी भगवतीले महिषसुरको वध गरेको धार्मिक […]

दशैंको आज सातौ दिन घरघरमा फूलपाती भित्र्याइदै

काठमाडौं,असोज,२४-दशैको सातौ दिन आज दुर्गाभवानीको सातौ रुप कालरात्रीको पुजा आरधना गरी मनाइदै छ। घटस्थापनाको दिनदेखि नै दशैं सुरु भएको भए पनि मुख्य दिन फूलपातीदेखि दशैं सुरु हुन्छ। नवरात्रीको सातौ दिन,आज घरघरमा फूलपाती भित्याइने गरिन्छ।हरेक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइदैछ। नवपत्रकाको […]

दशैंको आज छैठौं दिन, कात्यायनी माताको पूजा गरि मनाईदै

काठमाडौं,असोज,२२-नेपालीहरुको महान पर्व बडादशैंको छैटौं दिन आज मंगलवार कात्यायनी माताको पूजा आराधना गरि मनाईदैछ।   नवरात्रको छैटौं दिन कात्यायनी स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ। देवी दुर्गा, आफ्नो छैटौं स्वरूपमा चन्द्रघण्टाको नामले प्रसिद्ध हुनुहुन्छ। कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःखजस्ता संकट नास हुने धार्मिक विश्वास छ। यस दिन देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गर्छ। […]

दशैँको पाँचौं दिन आज स्कन्दमाता भगवतीको पूजा गरि मनाईदै

काठमाडौं,असोज,२१-हिन्दु नेपालीहरुको महान चाड बडादशैँको पाँचौं दिन आज स्कन्दमाता भगवतीको पूजाआजा गरि मनाईदैछ। घटस्थापनासंगै नवदूर्गाका ९ वटा रुपहरुको पूजा गर्ने धार्मिक परम्परा छ।नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौ दिन स्कन्दमाताको पूजा गरिन्छ ।   यस्तै, छैटौ दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी […]

आज दशैंको चौथो दिन कुष्माण्डा देवीको पूजा गरि मनाईदै

काठमाण्डौं,असोज,२०-हिन्दु नेपालीहरुको महान चाड बडादशैंअन्तर्गत नवरात्रको चौथो दिन आज आईतवारका दिन कुष्माण्डा भगवतीको विशेष पूजा आरधना गरेर मनाइँदैछ। शक्तिपीठ, देवी मन्दिरहरुमा आज देवीको दर्शन गर्न भक्तजनहरुको घुँइचो लागेको छ।कुष्माण्डा मातालाई शुभकर्मको थालनी र सृष्टिको प्रतिकको रुपमा घर–घरमा पूजा गरिन्छ। कुष्माण्डा देवीले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्वलित बनाएको र […]