टोकियोमा आज मगर संघले माघे संक्रान्ती पर्व मनाउदै

राष्ट्रिय र तथा स्थानीय कलाकारको विजोड प्रस्तुती रहने

फाईल तस्विर ।।

टोकियो,माघ,४-नेपाल मगर संघ केन्द्रिय समिती जापानले आज आईतवारका दिन माघे संक्रान्ती पर्व मनाउदै छ।

प्रवासमा रहेका नेपाली मगर समुदाय लगायत गैर नेपालीजनलाई समेट्दै हाम्रो भाषा,भेषभुषा, कला , संस्कृतिको पहिचानलाई संरक्षण र सम्बर्धन गर्दै सामाजिक न्याय, एकता र सद्भावलाई कायम राख्ने उद्देश्यका साथ नेपाल मगर संघ जापानको केन्द्रिय समितीले आज टोकियो स्थित नाकानो जिरो हलमा माघे संक्रान्ति विशेष साँस्कृतिक साँझ कार्यक्रमको आयोजना गरी मनाउन लागेको नेपाल मगर संघ जापानका अध्यक्ष भिक्टर ठाडा मगरले बिहानी अनलाईनलाई जानकारी दिनुभयो।

उहाँका अनुसार जापानभरी नै रहेका नेपाल मगर संघ क्षेत्रीय समिती जापानका अध्यक्ष र प्रतिनिधी ज्यूहरुको पनि कार्यक्रममा उपस्थित हुने बताउनुभयो।

यसैबिच : आज टोकियोमा हुने माघि विशेष साँस्कृतिक साँझ कार्यक्रममा नेपालबाट आउनु भएका चर्चीत कलाकार देविराम राना मगर, जापानमा रहेका चर्चीत लोक तथा दोहोरी गायक चेतन घर्ती मगर, लोक तथा दोहोरी गायीका रचना राना मगर, पवित्रा मगर, दिपन मगर, युवराज मगर डान्सर कामना फगामी मगर र नेपाल मगर संघ जापानको सांस्कृतिक समुहको विजोड प्रस्तुती रहने नेपाल मगर संघ केन्द्रिय समिति जापानका महासचिव सागर थापाले जानकारी दिनुभयो।

उहाँका अनुसार प्रवासमा रहेका नेपाली मगर समुदाय लगायत नेपालीजनलाई समेट्दै यो सांगीतीक कार्यक्रम गर्न लागेको बताउनुभयो।मगर समुदायले माघे संक्रान्ती पर्वलाई हरेक वर्ष राष्ट्रिय पर्वको रुपमा मनाउदै आएको छ।

आज टोकियोमा हुने माघे संक्रान्ती विशेष साँगितिक साँझ कार्यक्रममा जापानभरी रहेका सम्पुर्ण नेपाली समुदायलाई उपस्थीतीको लागि नेपाल मगर संघ केन्द्रिय समितिले आग्रह समेत गरेको छ।कार्यक्रम बेलुकि ५ देखी ९:३० बजे सम्म संञ्चालन हुनेछ।