जोखिममा यात्रा गर्न बाध्य यात्रु

बझाङ, पुस ३ – बझाङको चैनपुरबाट कैलालीको अत्तरियासम्म जोखिम मोलेर  यात्रा गर्नु परेको यात्रुले बताएका छन् । बझाङबाट खोड्पेसम्मको यात्रा कहाली लाग्दो भएको यात्रुको भनाई छ ।एक लेनको घुमाउरो सडक र ठाउँठाउँमा मोड भएकाले यो खण्डमा यात्रा गर्न निकै कठिन छ । साँघुरो र घुमाउरो सडकका ठाउँठाउँमा खाल्डाखुल्डी मर्मतमा समेत सम्बन्धित निकायले ध्यान नदिँदा दुर्घटनाको जोखिम बढेको बझाङका धर्मजंगबहादुर सिंहले बताउनुभयो ।यातायात व्यवसायी समितिबिचको प्रतिस्पर्धाका कारण पनि दुर्घटना हुने गरेको यात्रुले बताएका छन् ।

बझाङबाट बिहान सुदूरपश्चिम र कर्णाली यातायातको बस कैलालीको धनगढीका लागि छुट्छ भने साइपाल डिलक्स काठमाडौंका लागि ।त्यस्तै, बेलुका महाकाली यातायात, सुदूरपश्चिम, कर्णाली र पवनदूत लगायत यातायातका बस चल्छन् । सबै बसमा यात्रुको चाप बढी छ भने जोखिपूर्ण बाटोका कारण दुर्घटनाको खरा रहेकाले सम्बन्धित निकायले चाँडै नै ध्यान दिनुपर्नेमा यात्रुले जोड दिएका छन् । साभार उज्यालोबाट