मानव बेचविखन विरुद्धको दुइदिने कार्यशाल नेपालगंजमा शुरु

मधुपौडेल

नेपालगंज पुस ३-   मानव बेचविखन कसरी रोक्न सकिन्छ भन्ने विषयको कार्यशाला नेपालगंजमा सुरु भएको छ । युनिसेफ, माइती नेपाल नेपालगंज, मानव बेचविखन विरुद्धको जिल्ला कार्य समिति बाके , र सिओ को सयुक्त सहकार्यमा भैरहेको कार्यशालामा नेपाल तथा भारतबाट जो चेलीबेटि बेच विखनको विरुद्धमा लागेका प्रतिनिधिहरुको उपस्थिति रहने कुरा माइती नेपाल नेपालगंज का क्षेत्रीय संयोजक केशव कोइरालले बताउने भयो ।  दुई दिन सम्म चल्ने उक्त कार्यशालको उदघाटन सत्रको जिल्ला प्रशासन कार्यलयका प्रमुख तथा मानव बेचविखन विरुद्ध  जिल्ला कार्य समितिका संयोजक  रविलाल पन्त रहनु भएको थियो भने बाके जिल्ला अदालतका न्यायधिश विष्णु प्रसाद कोइराला  प्रमुख अतिथिको रुपमा रहनु भएको थियो ।

कार्यशालामा   बहराइच इन्स्पेन्टर मेवालाल सुमन , रुपैडिया का पत्रकार एस के मदेसिया , राजेश कुमार सिंह ,लगाएत रहनु भएको थियो भने नेपालका तर्फबाट जिल्ला प्रशासन बाकेका प्रमुख रविलाल पन्त  बाकेका जिल्ला न्यायधिश विष्णु प्रसाद कोइराला ,बाके जिल्ला प्रहरी प्रमुख टेक प्रसाद राई , नेपालगंज उपमहानगरपालिका प्रमुख गिरीराज ज्ञवाली , मानव अधिकार आयोग का टंक खनाल , प्रकारमहासंघका अध्यक्ष रुद्ध सुवेदी , उच्च अदालत बार एशोशियसन बाकेका अध्यक्ष बलबहादुर चन्द  लगाएतले बोल्नु भएको थियो ।बोल्ने क्रममा जिल्ला प्रसासन कार्यलयका प्रमुख रविला पन्थले  मानव तस्कर विभिन्न प्रयोजनका लागि हुने गर्दछ जसमा स्वास्थ उपचार , शिक्षा दिक्षाको बहाना हुने कुरा बताउनु भयो ।  पन्थ भन्नु हुन्छ ,“ शिक्षाको बहाना पनि बेचिने हुदा शिक्षीत पनि बेचिन सक्ने कुरा छ र कतिपय अवस्थामा आफ्ना महत्वकाक्षाहरु को गर्दा पनि विचिएको अवस्था छ , यो वर्षमा २४ जनाको उद्धार गरीय र २ जना भरतिय लाई उद्धार गरीएको थियो , हामीले गरेको काम सानो भए पनि यसको सन्देश राम्रो हुने र भारत र नेपालको सम्वन्ध राम्रो बनाउनु पर्दछ  ”।

मानव बेचविखन विरुद्धको दुइदिे कार्यशाल नेपालगंजमा शुरु यसैगरि बाके  जिल्ला न्यायधिश विष्णु प्रसाद कोइरालाले रोकथामको लागि कार्यक्रमहरु ल्याउनु पदैछ , सबै कम गर्न नसके पनि न्युनिकरणका लागि प्रयास गर्नु नै ठुलो कुरा हो । यसै गरी जिल्ला बाकेका प्रहरी प्रमुख भन्नु हुन्छ “ महिलाहरुलाई नै यसमा चेतनशिल बनाउनु पर्दछ । तर आज भोलि पुरुष पनि बेचिने गरेको सुन्नमा आउने गरेको छ यसमा प्रहरी प्रसासन सधै लागी रहेको पनि छ । सबैको साथको आवश्यकता पनि पर्दछ ” यसै गरी नेपालगंज उपमहानगर पालिकाका प्रमुख गिरीराज ज्ञवाली भन्नु हुन्छ मानव बेचविखन हुनु हुदैन यसको विरुद्धमा आफुहरु सधैव चलाखो हुनु पर्ने र यो अमानवीय कार्यको घोर विरुद्ध गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो । यसै गरी बहराइच इस्पेक्टर मेवालाल सुमन  भन्नु हुन्छ मानव तस्कर एउटा सामाजिक अपराध हो र समाजिक रुपमा यसको वहिष्कार गरीनु पर्दछ । कसैले पनि यसको बचाउनमा लाग्नु हुदैन यो एउटा क्यासर हो जसलाई जरा बाट नै फेक्नु पर्दछ ।

भारतिय पत्रकार एसके मदेसिया ले सधै भरी माइती नेपाल र भारतीय पत्रकारहरु संग मिलेर जाने गरेको र भारीय प्रहरीले राम्रो संग आफुहरुलाई सहयोग गरे कुरा बताउनु भएको थियो । भने गैसस बाकेका अध्यक्ष प्रमोद रिजाल भन्नु हुन्छ,“ मानव बेच विखन भनेको मानवताको विरुद्ध भएको कार्य हो यस्तो कार्यको विरुद्ध लाग्नु पर्दछ ”। उच्च अदालत वार एशोसिएन बाकेका अध्यक्ष बल बहादुर ले मानव बेचविखन विरुद्धको अभियानमा  नागरीक समाज र पत्रकारको ठुलो भुमिका हुने कुरामा जोड दिएका थिए । उसै गरी पत्रकार महासंघ बाके का अध्यक्षले समाजिका सञ्जालका विषयमा छलफल गरीनु पर्ने तथा यो पनि एउटा मानव तस्करहरुले प्रयोग गर्ने माध्यमको रुपमा हुन कुरा औलाउनु भएको थियो ।

यसैगरी इन्डोनेपाल जोइन्ट फोरमका तेस सिंह भण्डारीले आफुहरुले मानव विचविखनको विरुद्धमा माइती नेपाल संग सहकार्य गर्दै आएको र आफ्नो तर्फबाट लागीरहेका कुरा बताउनु भयो भने मानव अधिकार का टंक खनालले आफु निकै गम्भिर भएको तथा मानव बेचविखन मानव अधिकार विरुद्धको कार्य भएको कुरा बताउनु भयो ।  नागरीक समाजका अगुवा , बकिल , पत्रकार , विभिन्न संघसस्थाका प्रतिनिधि लगाएको उपस्थिति रहेको कार्यशालामा माइती नेपाल नेपालगंजका क्षेत्रिय संयोजक केशव कोइरालाले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो भने कार्यक्रमको बारेमा प्रकाश माइती नेपाल नेपालका कार्यक्रम संयोजक रविन गुरुङले पार्नु भएको थियो । महिला तथा बालबालिका कार्यलय बाके प्रमुख सुनिता केसीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्र आज र भोलि गरेर दुइदिन को हुने कुरा आयोजकले जानकारी गराए  ।