प्रधानमन्त्री महिला कप भलिवलमा रेल्वे र एपिएफको विजयी शुरुवात

 बाँके,फागुन, १५-प्रधानमन्त्री कप महिला भलिबल प्रतीयोगिताको चोथौं संस्करण शनीबार देखी नेपालगंजमा शुरु भएको छ  । बाँके जिल्ला भलिवल संङघको आयोजनामा शुरु भएको प्रतीयोगितामा भारतका राष्ट्रियस्तरका सहित ६ टोलीको सहभासिगता रहेको छ ।

भारतबाट रेल्वे टिम र्यण्डियाको सहभागिता रहेको छ । भारतबाट रेल्वे टिम ईण्डियाको सहभागिता रहेको छ । नेपालबाट भने नेपाल पुलीस क्लव,सशस्त्र प्रहरीको एपिएफ ,नेपाली सेनाको त्रिभुवन आर्मी क्लव,बरसात एशोसिएसन क्लव र मध्यपश्चिमको टोली सहभागिता रहेको बाँके जिल्ला भलिबल सङ्ले जनाएको छ ।

उद्घाटनको पहिलो खेल रेल्वे टिम ईण्डिया र नेपाल पुलिस क्लवबिच भएको छ । पहिलो खेलमा पाहुना टोली रेल्वेले नेपाल पुलीस क्लवलाई पराजित गरेको हो । यसैगरि दोस्रोखेलमा सशस्त्र प्रहरीको एपिएफले बरसात एशोसिएसन ईण्डियालाई पराजित गरेको छ ।

प्रतीयोगिता अन्तर्गत आज पहिलो खेल नेपालगंज रंगशालामा दिउसो १२ः३० बजे रेल्वे टिम र मध्यपश्चिम तथा दास्रो खेल दिउँसो २ बजे बरसात एशोसिएसन र त्रिभुवन आर्मी क्लवबीच हुने भएको छ । नेपालगंज रंगशाला कभर्डहलमा जारी प्रतीयोगीता फागुन १८ गते सम्म चल्ने छ ।