पत्रकार महासंघ बाँकेमा मुस्लिम पत्रकारको उत्साहजन प्रतिनिधित्व कादरी र खान भारी मतले विजय

सिमा खान
बाँके,फागुन १५-  नेपाल पत्रकार महासंघको जारी निर्वाचनबाट मुस्लिम बहुल जिल्लामा मुस्लिम पत्रकारको प्रतिनिधित्व उत्साहजनक रहेको देखिएको छ । अहिलेसम्म आएको परिणामअनुसार महासंघको केन्द्रीय पार्षद, प्रदेश पार्षद, जिल्ला नेतृत्वदेखि पदाधिकारी र सदस्यसम्म मुस्लिम पत्रकारको सहभागिता राम्रो देखिएको छ ।

आलम खान प्राप्त मत १६१ प्रतिद्धन्दी रुबी साईले प्राप्त मत ८८ यसअघि कास्की जिल्लामा भएको निर्वाचनमा जैनब खातुन निर्बिरोध हुनु भएको थियो । यस्तै सकिल अहमद कादरी प्राप्त मत १४७ प्रतिद्धन्दी भिष्म लोधको मत ११६ फागुन १२ गते मंगलबार बाँकेमा सम्पन्न महासंघको निर्वाचनबाट सहचिव सकिल अहमद कादरी भारी मतले निर्वाचित हुनुभएको छ । प्रगतिशील संयुक्त प्यानलको सहयोगमा कादरी निर्वाचित हुनुभएको हो ।

Kadari Khan यस्तै, बाँकेबाट कार्यसमिति सदस्यमा आलम खान भारी मत प्राप्त गरी निर्वाचित हुनु भएको छ । मुस्लिम समूदायको बहुल रहेको बाँके जिल्लामा पछिल्लो समयमा मुस्लिमहरुको सहभागिता औलामा गन्न सक्ने रहेको थियो । हाल आएर मुस्लिमहरुको एकता र सक्रियातका कारण महासंघको जिम्मेवारी सम्हाल्न सफल भएका छन् ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहम्मद हारुन हल्वाईको नेतृत्वमा प्रगतिशील प्यानल अगाडि आए पछि पत्रकारहरु प्रतिबद्ध भएर आफनो प्यानलका सबैलाई जिताएर देखाउने प्रतिबद्धता अनुसार नै पुरै प्यानल बिजय हुन सफल भयो ।

यस्तै महासंघमा मोहम्मद हारुन हल्वाई,सिराज खान केन्द्रीय पार्सदमा निर्वाचित हुनुभएको छ । त्यस्तै प्रदेश पार्षदमा लियकत अली,मेराज सल्मानी,बब्लु खान,गुलाम हुसेन कादरी निर्वाचित हुनुभएको छ । बाँकेबाट ८ जना मुस्लिम निर्वाचित हुनुभएको छ ।मुस्लिम पत्रकारको बहुल जिल्लाकोरुपमा चिनिने अन्य जिल्लामा पनि मुस्लिमको प्रतिनिधित्वको ठूलो आशा गरिएको छ ।