रेलमार्गको अध्ययन गर्न भारतीय टोली आएन

बाँके,फागुन,२९-

रुपैढिाहादेखि कोहलपुरसम्मको रेलमार्ग निर्माण अध्ययनका लागि आउने भनिएको भारतीय रेल विभागका कर्मचारी सोमबार साँझसम्म नेपालगञ्ज आएका छैनन् ।

भारतीय रेल विभागका कर्मचारीले जिल्ला प्रशासन कार्यालय बाँकेलाई पत्र पठाएर १२ मार्चका दिन रेलमार्ग अध्ययनका लागि नेपालगन्ज आउने जानकारी गराएका थिए । आजको नयाँ पत्रिकामा खबर छ ।