रमित बि.क.
बाजुरा,असार,१८-
बाजुराको बडिमालिका नगरपालिका वडा नं.८ मा नेपाली काँग्रेसका कान्छा उम्मेदवार प्रकाश रावल विजयी हुनुभएको छ । रावलले ४८० मत प्राप्त गदैँ नेकपा एमालेका तर्फबाट वडा नं.८ कै उम्मेदवार दल बहादुर थापालाई ४०३ मत अन्तरले पराजित गर्नुभएको छ ।

थापा मालिका माविका शिक्षक समेत हुनुहुन्छ उहाँले शिक्षक पेशाबाट राजिनाम दिएर वडा अध्यक्षको टिकट लिनुभएको थियो । तर उहाँले मालिका उमाविमा अध्ययन गरेर अहिले स्नातक पढ्दैँ गर्नुभएका २१ बर्षका प्रकाश रावलले पराजित गर्नुभएको हो ।
विजयपछि रावलले राजनितिक शिक्षक पदबाट नआई राजनितिक मै जीवन त्याग गरेको हुनुपर्ने बताउनुभएको छ । उहाँले आफुलाई विजय गराउने बडिमालिकाबासी सबैमा धन्यवाद दिनुभएको छ । जनताले मलाई यत्रो जिम्मेवारी दिएको बताउँदै रावलले सधैँ जनताको सेवा र समर्पण लाग्ने बताउनुभएको छ ।