एनपीएलमा आज दुई महत्वपुर्ण खेल हुँदै

सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स भिड्दा अर्को खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् ।

काठमाडौँ,मंसिर,२०-नेपालमा जारी दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई महत्वपुर्ण खेल हुने भएका छन् ।

त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ११:१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स भिड्दै छन्।

यस्तै अर्को खेल भने दिउँसो ३:३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन्।

सुदूरपश्चिम अपराजित रहेर छ खेलबाट १२ अङ्क जोडेर पहिलो क्वालिफायरमा पुगिसकेकाले उसलाई कुनै दबाब हुने छैन।

त्यसैगरी : आठ अङ्कसहित प्लेअफमा सुरक्षित भएको विराटनगरलाई भने पहिलो क्वालिफायर खेल्न आजको जित आवश्यक छ।

विराटनगरले राम्रो रनरेटका साथ जित निकाले सुदूरपश्चिमसँगै नै पहिलो क्वालिफायरमा खेल्नेछ।अन्यथा लुम्बिनी लायन्ससँग इलिमिलेटर खेल्नेछ।त्यसपछि पहिलो क्वालिफायरमा सुदूरपश्चिमकाठमाडौँ गोर्खाज भिड्नेछन्।

यसैबिच : दिउँसो हुने खेलमा प्लेअफ दौडबाट बाहिरिसकेका चितवन र पोखराबीच प्रतिष्ठाको लडाइँ मात्रै हुनेछ।दुवै टोलीको छ खेलबाट चार/चार अङ्क मात्रै रहेको छ।