
काठमाडौं,मंसिर,६-प्रधानमन्त्री बालेन्द्र शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ।प्रधानमन्त्री बनेपछि उहाँको यो पहिलो औपचारिक विदेश भ्रमण हो।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुहुनेछ।द्विपक्षीय वार्तामा व्यापार, पारवहन, ऊर्जा, लगानी, पूर्वाधार तथा आपसी सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा शिक्षा, स्वास्थ्य, कृषि र विपद् व्यवस्थापन लगायतका क्षेत्रमा समझदारीपत्र आदानप्रदान गर्ने तयारी छ।
यसैबीच : भ्रमणअघि राजनीतिक दलहरूसँग पर्याप्त परामर्श नभएको भन्दै केही दलले असन्तुष्टि जनाएका छन्।निजी क्षेत्रले भने भ्रमणलाई व्यापार, लगानी र हवाई रुटसम्बन्धी समस्या समाधान गर्ने अवसरका रूपमा लिनुपर्ने सुझाव दिएका छन्।
दुईदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह पर्सि सोमबार बेलुका स्वदेश फर्कने कार्यक्रम रहेको छ।






