पत्रकार जैशी माथी भएको आक्रमणको विरोधमा बैनियामा विरोध सभा

पवन मुडभरी/

बौनिया,मङसीर,५-
नेपाल पत्रकार महांसंघका सदस्य तथा प्रेस चौतारी नेपालका कैलाली जिल्ला संगठन सदस्य एवम जनता टेलीभिजनका कैलाली संवाददाता लक्ष्मी प्रसाद जैशी माथी भएको आक्रमण यहांको शुरक्षा निकायका लागी चुनौतीको विषय बनेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन ।

पत्रकार महांसंघ कैलाली शाखा र बौनीयां बजार व्यवस्थापन समितीको संयुक्त आयोजनामा भएको विरोध सभामा बोल्दै नागरिक समाजका अगुवा खेमराज भट्टले शुरक्षाको चौघेरामा रहेको बौनीया बजार भित्रै राती सुतीरहेका बेला पत्रकार माथी सांघातिक आक्रण हुनु निन्दनिय कार्य भएको बताउनु भयो । आक्रमण भएको ३ दिन बितिसक्दा पनि आक्रमणकारी पत्ता नलाग्नुले शुरक्षा निकायप्रती प्रश्नचिन्ह खडा भएको भट्टले बताउनुभएको छ ।

बिरोध सभामा बौनिया बजार व्यबस्थापन समीतीका अध्यक्ष रुपक सुनार,नेपाल पत्रकार महासंघ नेपालका प्रदेश ७ का सभासद लिलाजंग शाही, प्रेस चौतारी नेपालका जिल्ला सचिव प्रकाश मिश्र ,महासंघका जील्ला सदस्य देवानन्द न्यौपाने, होटल व्यवसायी संघकाजिल्ला सदस्य टेक बहादुर थापा,नागरीक समाजका खेमराज भट्ट लगायतकाले बोलेका थिए ।

कार्यक्रममा बोल्ने सबै वक्ताहरुले जोशीमाथी आक्रमण गर्नेहरुको तत्काल खोजी गरी कार्वाहीको दायरामा ल्याउन प्रसासन समक्ष जोरदार माग गरेका छन् । यदी ३ दीनमा आक्रमणकारी प्रक्राउ नपरे थप शसक्त आन्दोलन गर्ने होटल व्यवसायी संघका जिल्ला सदस्य टेक बहादुर थापाले चेतावनी दिनुभएको छ ।

यस्तै विरोध सभालाई सम्बोधन गर्दै बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष रुपक सनारले दोषिलाई यदि कार्वााहीको दायरामा ल्याउन नसकेमा कैलाली जिल्ला बन्द गर्र्नेे बताउनुभएको छ । साथै सुनारले ३ तिन बितिसक्दा पनि असिहले सम्म दोषिको खोजिकार्य नहुनु प्रहरी प्रशासनको लापारबाही भएको आरोप लगाउनु भयो ।

गयको मङसीर २ गते राती घरमै सुतीरहेको अवस्थामा जोशीमाथी ५ जनाको अज्ञात समुहले आक्रमण गरेको थियो । आक्रमण बाट उहां लगाएत उहांकी आमा गम्भीर घाईते हुनुभएको छ । उनीहरुको पश्चिम क्षेत्रीय शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।