प्रकाश दाहालको निधनप्रति संयुक्तबाम गठबन्धन ओखलढुगांद्धारा शोक बक्तव्य जारी

सिर्जना बर्देवा/
ओखलढुंगा मंसिर ५-

नेकपा माओवादी केन्द्रका नेता प्रकाश दाहालको निधनप्रति संयुक्तबाम गठबन्धन ओखलढुगांले दुःख व्यक्त गरेको छ । नेकपा एमाले तथा माओवादी केन्द्रको संयुक्त बामगठबन्धनले सोमबार एक शोक बक्तव्य जारी गरी दुःख व्यक्त गरेको हो ।

प्रकाश दाहाल

आइतबार आकस्मिक हृद्यघातका कारण दाहालको ३६ वर्षको उमेरमा निधन भएको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र समेत रहेका प्रकाशको निधनले बामगठबन्धन ओखलढुंगा शोकाकुल भएको बक्तव्यमा उल्लेख गरिएको छ ।

स्वर्गीय दाहालले समग्र कम्युनिष्ट आन्दोलन र मुलुकको लागी गर्नुभएको योगदानको उच्च कदर गर्दै शोकलाई शक्तिमा बदलेर अगि बड्न बामगठ्बन्धनले सम्पुर्ण समर्थकहरुमा आग्रह समेत गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्ड, शोकाकुल परिवार र नेकपा माओवादी केन्द्रप्रति पनि बामगठबन्धन, ओखलढुंगाले बक्तव्य मार्फत् समवेदना प्रकट गरेको छ ।